हेटौँडा उपमहानगरपालिकाको ४ वडाको मतगणना जारी Nepalpatra हेटौँडा उपमहानगरपालिकाको ४ वडाको मतगणना जारी
७ जेष्ठ २०७९, शनिबार

हेटौँडा उपमहानगरपालिकाको ४ वडाको मतगणना जारी


हेटौँडा उपमहानगरपालिका

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि जारी रहेको भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा जारी रहेको हो । उनका अनुसार हेटौँडाको चार वडाको मतगणना एकैपटक जारी रहेको छ । ती वडा नं १, २, १८ र १९ छन् । मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उनले जानकारी दिए ।

निर्वाचनअन्तर्गत शुक्रबार जिल्लाको १६५ स्थानमा ३५६ मतदान केन्द्र÷उपकेन्द्रबाट मतदाताले मतदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !