४ बैशाख २०८१, मंगलबार

प्रदेश सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको शाक्यको आरोप


अष्टलक्ष्मी शाक्य

मकवानपुर । बागमती प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले वर्तमान सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको बताएकी छन् ।

पुर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले सरकारले कर्मचारीहरुमा प्रतिशोध राखेर विभेदपूर्ण ढंगबाट एकै पटक ४०० जना कर्मचारीहरुको अव्यवस्थित रुपमा सरुवा गरेको बताइन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै शाक्यले आफ्ना मान्छेहरूलाई पायक पर्ने गरी सरकारले कर्मचारी चलाएकाले प्रदेशमा थप समस्या निम्तिएको बताइन् । सरकारको यस्तो कार्यले बेथिति सृजना गर्ने भएकाले तत्काल ती योजनाहरु रोक्न आग्रह गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !