७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना


अष्टलक्ष्मी शाक्य

बागमती । हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तीज नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वका रुपमा मनाउँदै आएको मुख्यमन्त्री शाक्यद्वारा आज जारी सन्देशमा उल्लेख छ । “तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु”, सन्देशमा उल्लेख छ ।

यस्ता सांस्कृतिक पर्वले सबै नेपालीका बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने विश्वास रहेको मुख्यमन्त्री शाक्यले उल्लेख गर्नुभएको छ ।

यसैबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले हरितालिका अवसरमा शुभकामना दिँदै धार्मिक दृष्टिले मात्र नभई शारीरिक र मानसिक रुपमा पनि तीज महत्वपूर्ण पर्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले हिन्दू महिलाको धार्मिक पर्व तीज नेपाली आमा, दिदीबहिनीका लागि महत्वपूर्ण रहिआएको बताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !