विज्ञान प्रविधि

  • विधि विज्ञानमा बिषालु पदार्थको पहिचान

    विधि विज्ञानमा बिषालु पदार्थको पहिचान

    विधि विज्ञानमा कुनै पनि मृतक ब्यक्तिको मृत्यु विष सेवनवाट भएको हो कि होइन भनी गर्नुपर्ने अपराध अनुसन्धान तब मात्र सफल हुन्छ जब मृतकको भिषेरामा विषालु पदार्थ परिक्षण गरिन्छ । तसर्थ समाजमा घटीरहने विषको प्रयोग गरी गरिने हत्या, आत्महत्या आदि जस्ता अपराधिक घटनाको अपराध अनुसन्धान एवं न्याय सम्पादनमा भिषेरामा विषालु पदार्थको परिक्षणको भुमिका निकै महत्वपूर्ण हुन्छ […]

  • माइकल फाराडे

    माइकल फाराडेको विज्ञान क्षेत्रमा योगदान

    माइकल फाराडे विश्व प्रसिद्ध बेलायती बैज्ञानिक, भौतिकशास्त्री तथा आविष्कारक हुन् । उनले वैज्ञानिक अध्ययन अनुसन्धानमा उल्लेखनीय काम गरेका थिए । उनले विज्ञानको क्षेत्रमा दिएका योगदानहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ । (क) विद्युत चुम्बकीय उपपादनको सिद्धान्त (Faraday’s Laws of Electromagnetic Induction) यस सिद्धान्त अनुसार चुम्बकीय क्षेत्र वा शक्ति परिवर्तनशील भएमा त्यो परिवर्तनको मात्रा विद्युतमा परिणत हुन्छ । […]

  • apps

    कुन च्याट एप्स चलाउने?

    फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको ‘एप एक्सपिरियन्स’ खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर […]

  • अप्टिकल फाइबर र नेपालमा यसको प्रयोग

    परिचय अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबर को प्रचलन नेपालमा पनि शुरू भएको छ। ग्लासलाई मेशिनद्वारा मसिनो फाइबर तारको रुपमा विकास गरिन्छ । त्यसमा हाम्रो सूचनालाई लाइटमा कन्भट गरेर लाइट ट्रान्समिटर गर्ने हो । एक पटक अप्टिकल फाइबर बिच्छ्याएपछि त्यसमा धेरै डाटा एकै पटकमा पठाउन सकिन्छ । यो जमिनमुनि र माथिबाट प्रयोग गर्न […]

  • हाइड्रोजन बम

    के हो हाइड्रोजन बम (Hydrogen Bomb)?

    परिचय हाइड्रोजन बम मानव जातिले अहिलेसम्म निर्माण गरेको सबैभन्दा शक्तिशाली अत्याधुनिक हतियार हो । हाइड्रोजन बमलाई थर्मोन्युक्लियर बम वा एच–बम पनि भनिन्छ । यो आणविक बमभन्दा धेरै गुणा शक्तिशाली हतियार हो । आणविक बम परमाणुको विखण्डनबाट बनेको हुन्छ भने हाइड्रोजन बम संयोजन (फ्युजन) बाट। हाइड्रोजन बममा दोस्रो तहको परमाणु प्रतिक्रिया गराइन्छ, जसका कारण आणविक विस्फोटको शक्तिमा […]

  • स्टेफन हकिङ्ग

     स्टेफन हकिङ्गको विज्ञान क्षेत्रमा योगदान

    स्टेफन हकिङ्ग विश्व प्रसिद्ध बेलायती महान बैज्ञानिक, भौतिकशास्त्री तथा लेखक हुन् । उनले भौतिकशास्त्र र ब्रह्माण्डमा विज्ञानमा उल्लेखनीय काम गरेका थिए । उनको १४ मार्च, २०१८ क्याम्ब्रिज, बेलायतको आफ्नै घरमा ७६ वर्षको उमेरमा निधन भएको थियो। उनले अक्सफोर्ड विश्वविद्यालयबाट नेचुरल साइन्समा स्नातक र क्याम्ब्रीज विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान […]

  • विद्युतीय शासन

    विद्युतीय शासन र नेपालमा यसको प्रयोग

    नयाँ सूचना तथा सञ्चार प्रविधिहरू (आईसीटी) को आगमनसंगै हाम्रो सूचना सङ्कलन गर्ने प्रक्रिया र वितरण क्षमता बढाएको छ । आफ्नो राष्ट्रिय विकास योजना तयार गर्दा लगभग सबै विकासोन्मुख देशहरूले सूचना तथा सञ्चार प्रविधिहरू (आईसीटी)लाई महत्व दिने गरेका छन् । बिशेषगरी सु-शासनको खोजमा आईसीटीको प्रयोगले महत्वपुर्ण स्थान प्राप्त गरेको छ, जसलाई सामान्यतया विद्युतीय-शासन भनिन्छ । विद्युतीय-शासन […]

  • अल्वर्ट आइन्स्टाइन

    अल्वर्ट आइन्स्टाइनको विज्ञान क्षेत्रमा योगदान

    विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा परिचित महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसम्म ल्याएका छैनन् । उनले विज्ञानको क्षेत्रमा मात्र नभई […]

  • अल्फ्रेड नोबेल

    अल्फ्रेड नोबेलको विज्ञान क्षेत्रमा योगदान

    अल्फ्रेड नोबेल स्वीडेन निवासी रसायनशास्त्री तथा इन्जिनियर थिए । उनले डाइनामाइट नामक बिस्फोटक पदार्थको आविष्कार गरेका थिए । उनले विश्व प्रसिद्ध नोबेल पुरस्कार स्थापना गरॆका थिए । विश्वमा लाखौं डलर धनराशीको सवैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार हो नोवेल पुरस्कार । सन् १९०१ देखि विश्व समुदायको हितका लागि समुचित मानव सभ्यताको विकास र प्रगतिका लागि प्रयत्नरत […]

  • जनै कानमा

    जनैलार्इ कानमा सिउरिनुको बैज्ञानिक कारण

    हिन्दूका सोह्र संस्कारमध्ये एक ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै भनिन्छ । हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्र अनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म […]

  • टुप्पी

    टुप्पी पाल्नुको बैज्ञानिक कारण

    हिन्दूका संस्कार अनुसार शिरको केन्द्रस्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले टुप्पी राख्ने चलन छ । व्रतबन्ध गरेपछि हरेक बैदिक हिन्दु धर्मालम्बीहरुले टुप्पी राख्नुपर्ने शास्त्रीय मान्यता छ । पहिला-पहिला भनिन्थ्यो टुप्पी ब्राह्मणको पहिचान हो । प्राय: ब्राह्मण परिवारमा जन्मिएको मानिसको टाउकोमा लामो ‘टुप्पी’ हुने गर्थ्यो । धर्मशास्त्रका […]

  • विश्वव्यापीकरण

    विश्वव्यापीकरण (Globalization) र यसको असर

    विश्वव्यापीकरण विकासको पछिल्लो परिभाषा हो । जसलाई अर्को शब्दमा नेपालीमा भूमण्डलीकरण पनि भनिन्छ । विश्वव्यापीकरण निरन्तर चलिरहने गतिशील प्रकिया हो । विश्वव्यापीकरणको चर्चा पश्चिमी देशहरुबाट भएको हो । विश्वव्यापीकरण १९ औं शताब्दीपछि मात्र परिभाषित भएको हो । विश्वव्यापीकरण खास गरी आर्थिक विकासको परिष्कृत परिभाषा हो । यसको उत्पत्ति आर्थिक विकासकै सन्दर्भमा भएको हो । यद्यपि पछिल्लो […]

  • राष्ट्रिय विधि विज्ञान प्रयोशाला

    नेपालमा डीएनए परीक्षण र यसको अवस्था

    DNA (डीएनए) भनेको सबै जीवहरु र बनस्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । डीएनए कोषको न्युक्लियसमा रहेको हुन्छ, तर सानो मात्रामा यो माईट्रोकोन्डृयामा पनि पाउन सकिन्छ । साँचो, झूटो छुट्याउने सवभन्दा बलियो बैज्ञानिक आधारलाई डीएनए […]

  • डीएनए परीक्षण

    डीएनए परीक्षण (DNA Test) र डीएनए परीक्षण बिधि

    DNA (डीएनए) भनेको सबै जीवहरु, बनस्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । डीएनए कोषको न्युक्लियसमा रहेको हुन्छ, तर सानो मात्रामा यो माईट्रोकोन्डृयामा पनि पाउन सकिन्छ । साँचो, झूटो छुट्याउने सवभन्दा बलियो बैज्ञानिक आधारलाई डीएनए परीक्षण […]

  • विधि विज्ञान

    विधि विज्ञान र डिजिटल फरेन्सिक

    विधि विज्ञान (Forensic Science) विधि विज्ञान भौतिक सवूत प्रमाणहरुको परीक्षण, विश्लेषण, तुलना, पहिचान आदिसँग सम्वन्धीत विज्ञान हो र यसको प्रयोजन खास गरी अपराध अनुसन्धान तथा न्याय सम्पादनमा गर्ने गरिन्छ । भौतिक सवूत प्रमाणले झुठो नबोल्ने, पक्ष विपक्षको आधारमा बयान नदिने, अदालत समक्ष प्रत्यक्ष साक्षीको रुपमा पेश गर्न सकिने र आवश्यकता परे पुनः परीक्षणको लागि संरक्षण […]