प्रदेश ४

  • नवनियुक्त सातै प्रदेशका प्रमुखद्वारा शपथ ग्रहण

    १९ कात्तिक, काठमाडौं । नवनियुक्त सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई […]

  • सातै प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस

    १८ कात्तिक, काठमाडौं । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रदेश प्रमुखहरु प्रदेश १ प्रमुख- सोमनाथ अधिकारी प्यासी प्रदेश २ प्रमुख- तिलक परियार प्रदेश ३ प्रमुख- बिष्णु प्रसाई गण्डकी प्रदेश  प्रमुख- अमिक शेरचन प्रदेश ५ प्रमुख- धर्मनाथ यादव कर्णाली प्रदेश प्रमुख- गोविन्द कलौनी प्रदेश ७ प्रमुख- […]

  • कास्की २ मा नेकपावाट रवीन्द्रकी श्रीमती विद्या उम्मेदवार

    ८ कात्तिक, पोखरा । कास्की २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)वाट विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले विद्या भट्टराईको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको […]

  • ८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको लागि काठमाडौँमा अत्याधुनिक आवास

    १३ असोज, काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार […]

  • मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई

    चिप्लेढुङ्गा, २ असोज । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक कर्मचारीको समूहले प्राप्त गरेको छ । बिहीबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकूद सङ्घलाई पराजित गर्दै राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको थियो । राष्ट्रसेवक कर्मचारी समूहको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्याल गर्नुभएको थियो भने खेलकूद सङ्घको नेतृत्व राष्ट्रिय खेलकूद […]

  • Prithivi_Subba

    चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ

    कास्की, १६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले […]

  • pradesh4

    प्रदेशसभाको बैठक आज पनि सूचना टाँसेर स्थगन

    कास्की, ८ असार । गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक तोकिएकामा अर्को सूचना नआएसम्मका लागि भनेर बैठक स्थगन गरिएको छ । आज दिनको १२ बजेका लागि तोकिएको प्रदेशसभाको बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली […]

  • Prithivi_Subba

    विप्लव आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

    १२ चैत, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गर्नुभयो । मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति […]

  • Prithivi_Subba

    सबैको सहकार्यले सुखी नेपाली, समृद्ध नेपाल

    २८ फागुन, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो हुनु आवश्यक रहेको बताउनुभयो । […]

  • gandaki

    समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका : उपसभामुख शर्मा

    २१ फागुन, पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा सोमबार आयोजित छैटौँ महाशिवरात्रि घारीपाटन साँझको उद्घाटन कार्यक्रममा उहाँले शिवरात्रि कुलत, हिंसा र अहङ्काररहित पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । जनअपेक्षाअनुरूप गरिने गतिविधिले […]

  • Prithivi_Subba

    मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

    १६ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ । उहाँद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका […]

  • Prithivi_Subba

    गण्डकी प्रदेश बालमैत्री हुन्छ

    १३ फागुन, चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश बालमैत्री प्रदेश हुने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय दुईदिने बालभेला एवं बालपरिषद् गठन कार्यक्रममा मुख्यमन्त्रीले अब प्रदेशका हरेक संरचना बालमैत्री हुने बताउनुभएको हो । उहाँले बालअधिकारको प्रत्याभूतिका लागि गण्डकी प्रदेश सरकार निकै सर्तक रहेको बताउँदै बालबालिकामाथि […]

  • Prithivi_Subba

    प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँ : मुख्यमन्त्री गुरुङ

    ७ फागुन, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र […]

  • Prithivi_Subba

    शान्तिपूर्ण र सशस्त्र सङ्घर्षबाट सफलता : मुख्यमन्त्री गुरुङ

    १ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र सङ्घर्षको माध्यमबाट सफलता प्राप्त भएको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीले २४ औँ जनयुद्ध दिवसका उपलक्ष्यमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण गर्नमा जनआन्दोलन र जनयुद्धको एकीकृत तथा […]

  • Prithivi_Subba

    मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना

    १६ माघ, चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद दिवसको अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमार्फत देश र जनताका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राणा शासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि जीवनलाई सहजै देशका लागि आहुती दिने चार महान् शहीद तथा […]