१३ आश्विन २०८१, आइतबार
समाचार

चट्याङ लागेर सुनसरीमा २ जनाको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।