राष्ट्रिय समाचार

  • Nepalpatra

    शहीद कोइरालाको प्रतिमास्थल खण्डहर बन्दै

    ६ माघ, बर्दिवास । महोत्तरी जिल्लाको मटिहानीस्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहर बनेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शहीद कोइरालाको मटिहानी नगरपालिका–७ स्थित स्मारकस्थलको संरक्षण र मर्मत सम्भार नपाएपछि खण्डहर बनेको हो । नेपाली काङ्ग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा पञ्चायतकालमा विसं २०३१ साउन ३१ गते राति मटिहानीमा प्रहरीले गोली हानी कोइरालाको हत्या […]

  • Nepalpatra

    मुआब्जा माग्दै जिल्ला बन्द

    ६ माघ, बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् । आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सङ्घर्षको कार्यक्रमअन्तर्गत […]

  • Nepalpatra

    किराती राजाको छोराको सामूहिक चौतारा निर्माण

    ६ माघ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा किराती राजा होलैसुङको दश भाइ छोराको सामूहिक चौतारा बनाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको होलेसुङगढी जाने बाटोमा होलेसुङ समूहले सङ्कलन गरेको चन्दाबाट सामूहिक चौतारा निर्माण गरिएको हो । चौतारामा होलैसुङ राजाका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, […]

  • Nepalpatra

    जब पत्रकार ध्यानमा बसे…

    ६ माघ, बागलुङ । सधैँ समाचारको खोजीमा दौडिरहने यहाँका पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे । पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो […]

  • Nepalpatra

    खानेपानी जागरण अभियान

    ६ माघ, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा खानेपानी व्यवस्थापन गर्न स्थानीय युवाद्वारा जागरण अभियान थालिएको छ । पाँचखाल नपाको सबै वडामा खानेपानी पु¥याउने उद्देश्यले सञ्चालित सुनकोशी पाँचखाल वृहत् खानेपानी परियोजना सफल बनाउन स्थानीय युवाले जागरण अभियान थालेका हुन् । जागरण अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको ¥याली गर्दै […]

  • crime

    भरुवा बन्दुकसहित एक पक्राउ

    ६ माघ, लमही । दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थानसहित उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, […]

  • nepal journalist

    ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

    ६ माघ, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ्घ हत्याको भत्र्सना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानूनी […]

  • fire

    आगलगीबाट अठार लाखभन्दा बढीको क्षति

    ६ माघ, सर्लाही । घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ । आगलगीबाट […]

  • Nepalpatra

    चेपाङलाई न्यानो कपडा वितरण

    ६ माघ, मुग्लिन । इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा(सिलिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो । नेपाल आदिवासी महासङ्घका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरीब चेपाङलाई सहयोगका […]

  • Nepalpatra

    विमानस्थल सञ्चालन गर्न काटिएका चार सय रुख अलपत्र

    ६ माघ, पर्वत । साढे दुई दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत एक वर्षअघि काटिएका रूख अलपत्र परेका छन् । सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजश्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन् । […]

  • cc-camara

    उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

    ६ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री […]

  • death of

    दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

    ६ माघ, धनगढी । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको […]

  • Mahendra Bahadur shahi

    कर्णाली प्रदेश निर्माणको डिजाइन दिनुहोस् : मुख्यमन्त्री शाही

    ६ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो । “पैसा नभएर कर्णाली विकास नभएको […]

  • mahotsab maghesakranti

    माघ १० गते विजयोत्सव आयोजना गरिने

    ५ माघ, हेटौँडा । गोर्खाली सेनाले मुसलमान वंशका मिरकासिमको फौजलाई हराएको उपलक्ष्यमा यही माघ १० गते मकवानपुरगढीमा विजयोत्सव आगोजना गरिने भएको छ । बङ्गालबाट आएका मुसलमान मिरकासिम नेतृत्वको फौजलाई विसं १८१९ माघ १० गते गर्खाली सेनाले हराएको उपलक्ष्यमा प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लाको हाल गढी गाउँपालिका–२ स्थित मकवानपुरगढी दरबार परिसरमा यही माघ १० गते […]

  • Nepalpatra

    मिथिलामा लाईको प्रयोग

    ५ माघ, बर्दिवास । ‘खाजा खाउँ…लाई, सनेस (कोसेली) पनि पठाउँ लाई नै ।’ अहिले महोत्तरीसहितको मिथिला क्षेत्रमा तील, चिउरा र मुरीबाट बनेका लाई(लड्डू) को प्रयोग बढ्दो छ । तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै घरमा आउने आफन्तको स्वागतमा लाई नै प्रयोग हुने गरेको छ । मिथिलामा माघ महिनाभर लाई बनाएर सनेस पठाउने परम्परा नै बनिसकेको छ […]