राष्ट्रिय समाचार

  • transformer

    ट्रान्समिटर पड्किँदा छ जना घाइते

    ९ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको […]

  • Nepalpatra

    सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

    ८ साउन, काठमाडौँ । सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, […]

  • Nepalpatra

    काष्ठमाण्डप पुनःनिर्माणका लागि त्रुटि हेरिँदै

    ८ साउन, काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको नमूनामा त्रुटि भए–नभएकामा विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसअघि नै काष्ठमाण्डप पुनःनिर्माणको नक्सा तयार भइसकेपनि त्यसमा हुनसक्ने कमी कमजोरीबारे विज्ञहरुले अध्ययन गरिरहेका हुन् । अहिले पनि केही आन्तरिक काम भइरहेको छ, “अबको एक महिनामा पूर्णरुपमा काष्ठमाण्डप पुनःनिर्माणको काम जनताले देख्नेगरी नै शुरु हुन्छ” काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले […]

  • Nepalpatra

    रासस समाचार प्रभाव : बाबुआमा गुमाएका टुहुरा एसओएसको जिम्मामा

    ८ साउन, पोखरा । बाबुआमा दुवै गुमाएका रोल्पाको थवाङ गाउँपालिका वडा नं १ फुर्तीवाङ स्थायी बसोबास भई हाल पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका नाबालकद्वय विवश र विशेषनले पोखराको रामबजारस्थित एसओएसको अविभावकत्व पाएका छन् । गत असार २२ गते शुक्रबार मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको टिपर दुर्घटनामा परी मौषम घर्ती मगर र उनकी […]

  • Nepalpatra

    पानीमा डुबेर मृत्यु

    ८ साउन, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ६ कन्समडान नजीकै नालीको पानीमा डुबेर स्थानीयवासी राजकुमार उराँवका डेढवर्षीय छोरा आर्यनको मृत्यु भएको छ । घर नजीकै सडकको पेटीमा रहेको नालीमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको बताइएको छ । (रासस)

  • renu dahal

    भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

    ८ साउन, चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताउनुभयो । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको […]

  • tarkari

    अन्नबाली छाडेर तरकारीखेती

    ८ साउन, ललितपुर । कृषि पेशामा व्यावसायिक बन्दै जाँदा अन्नबाली लगाउन छाडेर तरकारीबालीमा आकर्षित हुने किसानको संख्या बढ्न थालेको छ । अन्नबालीमा भन्दा तरकारी बालीमा समय कम लाग्ने र उत्पादन धेरै पाउने हुँदा किसान तरकारी बालीतर्फ आकर्षित भएका हुन् । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)अन्तर्गतको राष्ट्रियबाली विज्ञान महाशाखाका प्राविधिक अतित पराजुलीका अनुसार व्यावसायिक किसानले छोटो समयमा […]

  • alaichi

    मराङमा व्यावसायिक अलैँचीखेती

    ८ साउन, म्याग्दी । धौलागिरि गाउँपालिका–६ मराङमा व्यावसायिक रुपमा अलैँचीखेती शुरु भएको छ । गाउँपालिकाको सहयोगमा मराङको हाङ्बाङमा गठन भएको मालिका कृषक समूहले अलैँचीखेती शुरु गरेको हो । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत दुई हेक्टर जमीनमा अलैँचीका बिरुवा रोपेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । त्रिचालीसजना कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले […]

  • Line

    नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध

    ८ साउन, बाजुरा । बडिमालिका नगरपालिका–८ स्थित त्रिवेणी साना जलविद्युत् केन्द्रको सोमबार राति आएको अविरल वर्षाका कारण नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध बनेको छ । त्रिवेणी सहकारीद्वारा सञ्चालन हँुदै आएको उक्त जलविद्युत् केन्द्रको पटक पटक नहर तथा पहिरो पुरिन थालेपछि जिल्लावासी अँध्यारोमा बस्न बाध्य भएका छन् । राति ९ः०० बजेको वर्षाका कारण नहरको तलपट्टिबाट पहिरो […]

  • Nepaljung

    नेपालगञ्ज राजपत्र सार्वजनिक

    ८ साउन, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले आज राजपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज र नन्दलाल रोकाय, जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा धवलशम्शेर जबराले संयुक्त रुपमा राजपत्र सार्वजनिक गर्नुभयो । त्यस अवसरमा सांसद गहतराजले संघीय पुनसंरचनामा अधिकारसम्पन्न तीन सरकारका कानून र प्रक्रिया फरक भए पनि नेपालको मूल कानूनअनुसार […]

  • school

    सामुदायिक विद्यालय प्रविधिमैत्री बनाइने

    ८ साउन, जाजरकोट । यहाँको नलगाड नगरपालिकाका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड (विद्युतीय पाटी) र कम्प्युटरमार्फत पढाइन लागेको हो । पठनपाठनदेखि अन्य व्यवस्थापनको काम पनि प्रविधिको माध्यमबाटै गर्ने गरी कार्ययोजना बनाइएको छ  । अहिले पहिलो चरणमा यहाँका १४ विद्यालयमा कार्ययोजनाअनुसार काम सम्पन्न भइसकेको र बाँकी विद्यालयमा योजना कार्यान्वयनमा लैजाने विषयमा अन्तिम […]

  • house

    सम्पदा क्षेत्रको मापदण्ड उल्लङ्घन गर्दै घर निर्माण

    ८ साउन, ललितपुर । पाटनका दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ । ‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४’ मा यस क्षेत्रमा घरको अधिकतम उचाइ ३५ फिट र चार तलाभन्दा बढी हुन नहुने उल्लेख छ । भूकम्पका समयमा क्षतिग्रस्त घर पुनःनिर्माण गर्दा घरधनीले उचाइलगायतका […]

  • Tax

    चौबीस करोड राजश्व संकलन

    ८ साउन, इनरुवा । सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९।६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिनुभयो । गत आवमा रु १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले रु २४ करोड […]

  • child-death

    अपहृत बालकको शव फेला

    ८ साउन, वीरगञ्ज । करीब डेढ महीनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौवर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ । भारत विहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएकोसोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले […]

  • pradesh 1

    विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड

    ८ साउन, विराटनगर । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ […]