राष्ट्रिय समाचार

  • सांसद विकास कोष खारेज गर्न माग

    खस्यौली, १९ जेठ । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत रु ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गर्नुभयो । “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उहाँले भन्नुभयो । […]

  • देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लवमा लागेको: पदम राई(भिडियोसहित)

    १९ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका पोलिटब्युरो सदस्य पदम राई आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रवेश गर्नुभएको छ । आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश कार्यक्रममा बोल्दै नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही […]

  • रानीमहल बचाउन आग्रह

    पवित्रा घिमिरे, रामपुर, १९ जेठ । ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी […]

  • निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिरमा रोक

    तनहुँ १९ जेठ । तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो । ‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र […]

  • विद्युतीय नागरिक बडापत्र सञ्चालनमा

    कैलाली, १९ जेठ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय (डिजिटल) नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायतका सूचना राखिएका छन् । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विद्युतीय नागरिक वडापत्रको उद्घाटन गर्दै कुनै कुरा बुझ्नका लागि […]

  • Nepali-congress

    पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड

    परासी, १९ जेठ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ । राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताले यस्तो बताएका हुन् । नेता डा शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा […]

  • Nepalpatra

    सुरक्षित आवास नहुँदा विपद्मा आपत्

    प्रकाश सिलवाल, काठमाडौँ, १८ जेठ । गरीब र विपन्न परिवार प्रायः जोखिमपूर्ण ठाउँमा बसोवास गर्ने भएकाले प्राकृतिक प्रकोपबाट तिनै परिवार बढी मारमा पर्दै आएका छन् । जनसङ्ख्या वृद्धि, अव्यवस्थित शहरीकरण र जोखिम असंवेदनशील विकास कार्यले विपद् सङ्कटासन्नतामा वृद्धि हुँदा पुर्नलाभ एवं पुनःस्थापनामा समेत उनीहरुले पर्याप्त पहुँच पाउँदैनन् । विपद् जोखिमका दृष्टिले २०औँ मा पर्ने नेपालमा […]

  • Nepali-congress

    पार्टी विधानअनुसार चल्न सकेन

    काठमाडौँ, १८ जेठ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् । काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताउनुभयो । “जागरण अभियानले काङ्ग्रेसलाई […]

  • Briddha Bhatta

    वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली

    – सुशीला रेग्मी सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि उनीहरुमा उत्साह छाएको हो । यसभन्दा अगाडि बुझ्दै आएको रकममा उनीहरुको रु एक हजार भत्ता […]

  • Water supply

    हटेन खानेपानीको सङ्कट

    भूपेन्द्रसिंह विष्ट, परशुरामधाम, १७ जेठ । डडेल्धुरामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको ‘जर्किन’ राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेका छन् । उनीहरुले त्यो जर्किन भारतबाट किनेर ल्याएका हुन् । सुनकोट गाउँमा दलित समुदाय […]

  • tulasipur

    गाडी खरीदमा रु साढे तीन करोड खर्च

    दीपक बोहरा, लमही, १७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद […]

  • Nepalpatra

    राष्ट्रिय काष्ठकला कार्यशाला सम्पन्न

    लुम्बिनी, १७ जेठ । ‘पार्कलाई कलाले सजाऔँ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔँ’ भन्ने मूल नाराका साथ एक हप्तादेखि देवदहमा सञ्चालित राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहको संयुक्त आयोजनामा सञ्चालित काष्ठकलाले बुद्ध मावलीको गरिमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा अझै बढाएको समापन समारोहमा प्रदेश नं ५ का […]

  • सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

    काठमाडौँ, १७ जेठ । पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् […]

  • नयाँ सीमा स्तम्भ निर्माणमा समस्या

    सिद्धराज भट्ट, धनगढी, १७ जेठ । नेपाल–भारत सीमा क्षेत्र कैलालीको खक्रौला, फूलबारी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा स्थानीयवासीको विरोधका कारण नयाँ सीमा स्तम्भ निर्माणमा समस्या सिर्जना भएको छ । खक्रौलामा नयाँ स्तम्भ निर्माण गर्नका लागि गरिएको सर्भेक्षणका क्रममा साबिक ठाउँमा रहेको स्तम्भभन्दा करीब डेढ मिटर दक्षिण पश्चिममा निर्माण गर्नुपर्ने देखिएको भए पनि स्थानीयवासीको विरोधका कारण नयाँ […]

  • कठिन जीवनयापन गर्दै ज्येष्ठ नागरिक

    उमा केसी, रोल्पा, १७ जेठ । रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका । अहिले उहाँ कान्छो छोरासँग बस्दै आउनुभएको छ । छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल छन् त कोही शिक्षक । छोराछोरी सबै आ–आफ्नै काममा व्यस्त, उहाँ साँझबिहान परिवारसँगै खाना खाने समयबाहेक अरु बेला बस्दैनन् । […]