राष्ट्रिय समाचार

  • Nepalpatra

    पुल निर्माण सम्पन्न

    ७ माघ, तेह्रथुम । म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना […]

  • akasepul

    पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने

    ७ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाको योजना चालु आवमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी दुई […]

  • foodball

    एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

    ७ माघ, काठमाडौँ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी […]

  • accident

    त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

    ७ माघ, रत्ननगर । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर […]

  • Nepalpatra

    क्षतिपूर्तिको आशमा पीडित परिवार

    ७ माघ, बागलुङ । दुर्घटनाका कारण भारतको नयाँ दिल्लीमा मृत्युवरण गर्नुभएका गलकोट नगरपालिका–७ मल्मका जीतबहादुर बस्नेतको परिवारले क्षतिपूर्तिको याचना गरेका छन् । रोजगारीका लागि दिल्ली पुग्नुभएका ५० वर्षीय बस्नेतको गत कात्तिक १६ गते दिल्लीको एक पुनःस्थापना गृहमा निधन भएको थियो । विसं २०६६ असारमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक सरकारी गाडीले ठक्कर दिँदा बस्नेत गम्भीर घाइते […]

  • Nepalpatra

    नेपाली युवा अनुपलाई अन्तर्राष्ट्रिय पुरस्कार

    ७ माघ, परासी । शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’ बाट सम्मान गरेको छ । युवा तथा शान्ति स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बङ्गलादेशको युवा तथा खेलकूद मन्त्रालयले नेपालका २२ वर्षीय न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको हो । बङ्गलादेशले यो पुरस्कार युवा तथा शान्तिको […]

  • Nepalpatra

    तीन जनप्रतिनिधिको सराहनीय कार्य

    ७ माघ, गलेश्वर । विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् । म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च […]

  • मृत्यु

    केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

    ७ माघ, काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिनुभयो । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका […]

  • विद्यालय

    दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

    ७ माघ, डडेल्धुरा । डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा भर्ना भएकी छन् । उनी मात्रै नभई उनका छिमेकी २० […]

  • Nepalpatra

    स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

    ७ माघ, डोटी । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन् । जिल्लाका बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुन सकेका छैनन् । स्थानीयतहमा […]

  • durghatana

    सडक दुर्घटना बढ्दै

    ७ माघ, रोल्पा । रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको यात्रुवाहक जीप दुर्घटना हुँदा जीपमा सवार दुईको ज्यान गयो । २० यात्रु लिएर सवार लु १ ज ३३३२ नम्बरको उक्त जीप सडकबाट करीब १०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका थिए । केही दिन अघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको आशिरवाद प्रालिको ग १ […]

  • crime

    बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार पक्राउ

    ७ माघ, डोल्पा । डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको […]

  • arrested_crime

    चितुवाको छालासहित युवक पक्राउ

    ७ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र सो अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली […]

  • Hospital

    प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव

    ७ माघ, लमही । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ । सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताउनुभयो । आफूसहित डा. जनार्दन पन्थी, डा. विनोद सिंह, . मीनचन्द्र अधिकारी, डा. पदमराज अधिकारी, डा. प्रशङ्सा सिंह […]

  • college

    नेपाल इञ्जिनीयरिङ कलेज विवाद : डिनको अध्यक्षतामा समिति बनाउन सिफारिश

    ६ माघ, काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन पोखरा विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डिनको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कार्यदलले सिफारिश गरेको छ । कार्यदलले चाँगुनारायण नगरपालिका प्रमुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल इञ्जिनीयरिङ कलेजका प्रिन्सिपलसहितको पाँच सदस्यीय समिति गठन गरी […]