राष्ट्रिय समाचार

  • Siraha

    चुहावट नियन्त्रण गर्न स्थानीय तहको प्रतिबद्धता

    २ भदौ, लहान । सिरहामा अत्यधिकरुपमा भइरहेको विद्युत् चुहावट नियन्त्रणमा लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । प्राधिकरणको ३३ औँ वार्षिकोत्सवकको अवसरमा शुक्रबार लहानमा आयोजित अन्तक्र्रियामा सिरहाको विभिन्न स्थानीय तहका प्रमुखले जिल्लामा हुँदै आएको विद्युत् प्राधिकरणको एकल प्रयासबाट चुहावट नियन्त्रण सम्भव नभएकाले त्यसका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका […]

  • chitawan

    गहना खरीद बिक्रीको मापदण्ड नहुँदा उपभोक्ता ठगिए

    २ भदौ, चितवन । सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् । सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २० प्रतिशतसम्म जर्ती लिने गरेको पाइन्छ । नारायणगढस्थित एक बैंकका प्रबन्धकले नाम […]

  • Kanchanpur

    चिनी मिलको क्षमता विस्तार

    २ भदौ, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा रहेको महाकाली चिनी मिलले क्षमता विस्तार गरेको छ । आठ हजार मेट्रिक टन दैनिक उखु क्रसिङ गर्दै आएको मिलको क्षमता विस्तार गरी दैनिक २२ हजार मेट्रिक टन उखु क्रसिङ गर्ने बनाइएको छ । क्षमता विस्तारका लागि आधुनिक उपकरण जडान गरिएको मिलका एससिएम म्यानेजर सिडी पाण्डेले बताउनुभयो […]

  • sarbocha-adalat

    श्रम उजुरीको सङ्ख्या घट्दो

    २ भदौ, काठमाडौँ । आर्थिक वर्ष २०७२÷७३ मा भन्दा गएको आर्थिक वर्षमा श्रम उजुरीको सङ्ख्या घटेको छ । सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा नै उजुरीको व्यवस्था भएको हुँदा अहिले श्रम अदालतमा उजुरीको सङ्ख्या घटेको अदालतका सूचना अधिकारी निधिराम दाहालले जानकारी दिनुभयो । “सङ्घीयता कार्यान्वयनले अदालतमा केही सहजता थपिएको छ,” दाहालले भन्नुभयो, “श्रम कार्यालयले फैसला गरेकोमा […]

  • Nepalpatra

    पहिरोले स्याउ बोकेका कन्टेनर अलपत्र

    २ भदौ, रसुवा । पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ । कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हँुदा केरुङबाट स्याउ बोकी आएका ३०–४० वटा कन्टेनर डिब्बा ठूलो […]

  • Barsaman_Pun

    सरकारको नयाँ योजना सबै नेपालीलाई जलविद्युत्को शेयर

    २ भदौ, काठमाडौँ । सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माण पछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा सामाजिकस्तर उठेको तथ्यलाई मनन गर्दै सरकारले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयर […]

  • Bullish trend share-market

    शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

    २ भदौ, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको […]

  • pahiro

    सदरमुकाममा पाँच स्थानमा पहिरो

    २ भदौ, दैलेख । गत वर्ष वर्षातसँग आएको पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोवास गर्दै आएका नमूना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षात्ले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा पर्न थालेको भन्दै समुदायका […]

  • oli

    प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

    २ भदौ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताउनुभयो । उहाँले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम […]

  • Dormani Poudel

    ‘समृद्ध प्रदेशका रुपमा विकास गर्ने’

    २ भदौ, काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को सरकार जनताले प्रत्यक्ष अनुभूति हुने गरी समृद्ध प्रदेशका रुपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्नेछ, यो हाम्रो […]

  • Nepalpatra

    पत्रकारिताको क्षेत्रमा तुलाधरको योगदानको समीक्षा

    २ भदौ, काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता र समावेशी पत्रकारिताका अगुवा पद्मरत्न तुलाधरले नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानकाबारे आज समीक्षा गरिएको छ । नेपाल पत्रकार राष्ट्रिय दवुःले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले मुलुकमा राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि पत्रकारिताको माध्यमबाट अधिकारकर्मी तुलाधरले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा जोड दिनुभएको छ । […]

  • fohor

    उपत्यकाबाट २९ मेट्रिक टन फोहर व्यवस्थापन

    २ भदौ, काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २७५ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदीमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सशस्त्र […]

  • Nepalpatra

    नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

    २ भदौ, काठमाडौँ । नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौँमा यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको आपसी मान्यता, क्वारेन्टाइन नाकाको विस्तार र […]

  • shasank koirala

    काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने : कोइराला

    २ भदौ, विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने […]

  • tat car

    टाटा मोटर्सको सिजन–६ कार मेला शुरु

    १ भदौ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स कार मेला काठमाण्डौको नक्साल ब्यांक्वेटमा ३ दिनसम्मको लागि सिजन–६, आजबाट सुरु भएको छ । मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुनेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार […]