अन्तराष्ट्रिय समाचार

  • cricket

    विश्वकप छनोटको सुपरसिक्स समिकरण रोमाञ्चक मोडमा

    एजेन्सी, ६ चैत । आईसीसी विश्वकप छनोटको सुपरसिक्स अन्तर्गत वेष्ट इन्डिजले तेस्रो जित निकालेको छ । वेष्ट इन्डिजको जितपछि विश्वकपमा छनोट हुने शीर्ष दुई टिमको टुङगो रोमाञ्चक मोडमा पुगेको छ । जिम्बावेको हरारे मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टिम ५० ओभरमा दुई सय ८९ रनमा अलआउट भयो । उसका लागि ब्रान्डन टेलरले एक सय […]

  • FA_Cup_logo

    एफए कप : सेमिफाइनलको ड्र सार्वजनिक

    ५ चैत, काठमाण्डौ ।   इंग्लिस फुटबल प्रतियोगिता एफए कपको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । सेमिफाइनल समिकरण पुरा भएसँगै गरिएको ड्र अनुसार पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडले टोटनह्यामसँग वेम्ले मैदानमा खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले गएराति लेस्टर सिटीलाई हराएको थियो भने साउथह्याम्टनले विगान एथ्लेटिकलाई पराजित गरेको थियो । त्यसअघि […]

  • bhladimir putin

    रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

    एजेन्सी, ५ चैत । रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन धेरै मतअन्तरले विजयी भएका छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचन भएको थियो । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले लेखेको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ […]

  • Chelsea willian-goal

    लेस्टर सिटीलाई हराउँदै चेल्सी एफ ए कपको सेमिफाइनलमा

    एजेन्सी, ५ चैत । लेस्टर सिटीलाई हराउँदै चेल्सी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वार्टरफाइनलमा चेल्सीले लेस्टरलाई अतिरिक्त समयमा दुई एक गोलले हरायो । लेस्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा एल्भारो मोराटा र पेद्रोले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा विलियमको पासमा मोराटाले गोल गर्दै चेल्सीलाई […]

  • Manchester United

    म्यानचेस्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा

    एजेन्सी, ४ चैत ।  म्यान्चेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा पुगेको छ । ब्राइटनलाई २-० ले हराउँदै म्यानचेष्टर युनाइटेड प्रतियोगिताको सेमिफाइनल पुगेको हो । म्यान यू लाई जिताउन रामेलु लुकाकु र निमाञ्जा म्याटिकले गोल गरे । यससँगै लुकाकुले च्याम्पियन्स लिगका ११ खेलमा १२ गोल गरेका छन् । च्याम्यिन्स लिगबाट बाहिरिएको म्यान यू को यो जितले […]

  • Liverpool Fc

    इंग्लिस प्रिमियर लिग : लिभरपुल वाटफोर्डसँग विजयी

    एजेन्सी, ४ चैत । मोहम्मद सालाहको अदभुत प्रदर्शनपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डमाथि ५–० गोलअन्तरको जित रच्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि सालाहले ४ गोल गरे भने १ गोलका लागि पास उपलब्ध गराए । वाटफोर्डको रक्षापंक्ति ध्वस्त पार्दै खेल सुरु भए लगत्तै सालाहले गोल गरेका थिए । एण्डी रोवट्सनको त्रस सदुपयोग गरी […]

  • एफबीआइका उपनिर्देशक एड्रियू म्याकेब बर्खास्त

    एजेन्सी, ३ चैत । महान्यायधिवक्ता जीफ सेसिवनले अमेरिकाको जासुसी संस्था (फेडेरल ब्यूरो अफ इन्भेटिगेसन) एफबीआइका उप–निर्देशक एड्रियू म्याकेबलाई बर्खास्त गरेका छन् । उनी चुनावका बेला हिलारीको इमेल काण्डमा मुछिएका र राष्ट्रपतिको चुनावमा रसियाको भूमिकाको सहयोगी रहेको आरोप लाग्दै आएको छ । ५० वर्षको उमेर हुनुभन्दा २ दिन अगाडि उनलाई बर्खास्त गरिएको हो । उनी २ दिनपछि […]

  • नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ९० रनको लक्ष्य

    ३ चैत, जिम्बावे । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पाएको छ । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १ सय ८९ रन बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । १० ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै […]

  • china-president-xi-jinping

    सी जिनपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा अनुमोदित

    एजेन्सी, ३ चैत । चिनियाँ संसदले राष्ट्रपति सी जिनपिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतिले राष्ट्रपतिमा अनुमोदन गरेको छ । संसदले भ्रष्टाचारविरोधी निकायका पूर्वअधिकारी वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त गरेको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा भएको मतदानमा राष्ट्रपति दोस्रो पाँचवर्षे कार्यकालका लागि सर्वसम्मत हुनुभएको हो । गएको हप्ता चिनियाँ संसदले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाएर […]

  • टस हारेर नेदरल्याण्ड्स विरुद्ध नेपाल बलिङ गर्दै, नेपालको राम्रो सुरुवात

    ३ चैत, जिम्बावे । क्रिकेट इतिहासमै पहिलो पटक एक दिवशीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बावेमा भइरहेकाे प्रतियोगितामा अहिले नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको छ । अब नेपाल फिल्डिङका लागि मैदानमा प्रवेश गर्नेछ । टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो । नेपालका लागि […]

  • cricket

    सुपरसिक्सको खेलमा जित हात पार्दै जिम्बावे लिगको शीर्ष स्थानमा

    ३ चैत, जिम्बावे । आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सुपरसिक्सको खेलमा जित हात पार्दै जिम्बावे लिगको शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावेले आयरल्याण्डलाई १०७ रनको अन्तरले हराउँदै तालिकामा ५ अंक बनाएको छ । सुपर सिक्समा पुग्ने सबै टिमले ३–३ खेल खेल्दा जिम्बावे र स्कटल्याण्ड ५ अंकसहित अग्रस्थानमा छन् । समान अंक भएपनि रनरेटका आधारमा जिम्बावे […]

  • accidend

    अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त

    एजेन्सी, २ चैत । अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ‘विमानमा सात सैनिक थिए, ती सबैको मृत्यु भएको विश्वास गरिएको छ,’ अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने । इराकवाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा […]

  • cricket

    सातौं स्थानका लागि भोलि नेपाल र नेदरल्याण्ड खेल्ने

    २ चैत, काठमाण्डाै । आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाकाे लागि हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्सलाई पराजित गर्न सके नेपालले सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउनेछ । नेपालले विश्व […]

  • च्याम्पियन्स लिग क्वार्टर फाइनलकाे ड्र सार्वजनिक

    एजेन्सी, २ चैत । च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेलको ड्र सार्वजनिक भएको छ । आज सार्वजनिक भएको ड्र अन्तर्गत स्पेनिस क्लब बार्सिलाना इटलियन क्लब रोमासँग खेल्ने भएको छ । अर्को स्पेनिस क्लब सेभिल्ला जर्मन क्लब बार्यन म्युनिखसँग भिडदा इटलियन क्लब जुभेन्ट स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ । त्यस्तै इंग्लिस क्लब म्यान्चेस्टर सिटीले अर्को इंग्लिस क्लब […]

  • cricket

    अफगानिस्तानले वेष्टइन्डिजलाई तीन विकेटले हरायो

    एजेन्सी, २ चैत । आईसीसी विश्वकप छनोटको सुपर सिक्स अन्तर्गतकाे खेलमा अफगानिस्तानले वेष्टइन्डिजलाई ३ विकेटले हराएको छ । विश्वकप छनोट अन्र्तगत समूह ‘ए’ को शीर्ष स्थानमा रहेको वेष्टइन्डिजलाई समूह ‘बी’ को तेस्रो स्थानमा रहेको अफगानिस्तानले हराएको हो । वेष्टइन्डिजका एसडी होपले सर्वाधिक ४३, एमन स्यामुएलले ३६, जो होल्डरले २८, इलवीसले २७, काम्पाउलले नटआउट रहँदै १६ […]