अन्तराष्ट्रिय समाचार

  • death of people cold

    आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु

    लखनउ, २४ जेठ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त […]

  • theresamay

    बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

    लण्डन, २४ जेठ । बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । […]

  • Nepalpatra

    अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

    नैरोबी, २३ जेठ । संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ । राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गरिने बताउनुभयो । अफ्रिकाका यी देशका कतिपय भेगमा सुख्खाका कारण खाद्यान्नको चरम सङ्कट […]

  • arrested_crime

    अमेरिकी सीमामा आप्रवासी पक्राउ

    वासिङ्टन, २३ जेठ । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका […]

  • बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, पन्ध्रको मृत्यु

    बुडापेस्ट, २३ जेठ । हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले थप जानकारी दिएको छ । हंगेरीको राजधानी […]

  • death of people cold

    इजिप्टमा १४ जना आतङ्की मारिए

    कायरो, २३ जेठ । इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त घर खानतलासी गर्नेक्रममा सुरक्षाफौज र […]

  • cricket

    विश्वकप क्रिकेट, अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

    नटिङ्घम, २३ जेठ । इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ । नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले क्षेत्र रक्षण गर्ने निर्णय गरेको छ । यसअघिका खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई र अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेका छन् । वेस्ट इन्डिजको टिममा जेसन होल्डर (कप्तान), […]

  • indonesia-1 (1)

    बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

    जाकार्ता, २३ । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ । गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका […]

  • सुडानमा १०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

    खार्तुम, २३ जेठ । सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले वार्तालाई अस्वीकार गरेका हुन् । बुधबारसम्मा सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरुले बताएका थिए । परिषद्ले […]

  • पान्डाले बच्चा जन्मायो

    चेङ्दु, २३ जेठ । चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पान्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ । स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पान्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो घटना भएको बताएका छन् । चेङ्दुस्थित जाइन्ट पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रमा बुधबार १६६.८ ग्रामको पोथी पान्डाको जन्म भएको हो । जी ली नाम दिइएको आमा […]

  • ब्राजिलसँग कतार २–० ले पराजित, नेइमार घाइते हुँदा ब्राजिललाई पिडा

    एजेन्सी, २३ जेठ । कोपा अमेरिकाको तयारीका लागि बिहिबार बिहान भएको मैत्रीपुर्ण खेलमा ब्राजिलसँग कतार २–० ले पराजित भएको छ । उक्त खेलमा ब्राजिलले सहज जित हात पारेपनि नेइमार घाइते भएका छन् । यसअघि घुँडामा लागेको चोट पुनः बल्जिएपछि नेइमारले २२औं मिनेटमा मैदान छाडेका थिए । ब्राजिलले एसियन कप च्याम्पियन कतारसँग मैत्रीपुर्ण म्याच खेलेको थियो […]

  • विश्वकप क्रिकेट, भारतको पहिलो खेल आज

    साउथह्याम्प्टन, २२ जेठ । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यस प्रतियोगितामा भारतको यो पहिलो खेल हो । विश्वकप जित्ने दाबेदार मानिएको भारतको टोली विराट कोहलीको कप्तानीमा रहेको छ । साउथह्याम्प्टनको खेल मैदानमा दक्षिण अफ्रिकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ब्याटिङका […]

  • Nepalpatra

    जि २०’ मा मेक्सिकोमा राष्ट्रपति नजाने

    मेक्सिको सिटी, २२ जेठ । मेक्सिकोका राष्ट्रपति आन्डे«स् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गर्नुभएको छ । आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । राष्ट्रपति आन्ड्रेस्ले आफूले जि२० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका […]

  • american flag

    अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

    वासिङ्टन, २२ जेठ । ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख […]

  • Sudan

    सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

    खार्तुम, २२ जेठ । सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन […]