अन्तराष्ट्रिय समाचार

  • china

    खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

    नैरोबी, २८ जेठ । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो । राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक […]

  • Satellite

    स्याटेलाइट खरिदः भ्रष्टाचारको आरोप लागेको कम्पनीसँग सम्झौताको तयारी

    २७ जेठ, काठमाडौं । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणकाक्रममा सम्झौता गर्ने तयारी छ । हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पान गर्ने थेल्स […]

  • death of people cold

    हवाई दुर्घटनामा दुई जनाको मृत्यु

    न्यूयोर्क, २६ जेठ । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ । विमानमा सवार एक […]

  • Nepalpatra

    पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

    कोलकाता, २६ जेठ । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले […]

  • सात प्रहरी अधिकारीको मृत्यु

    अफगानिस्तानको फराहमा भिडन्त

    फराह, २६ जेठ । अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् । सुरक्षाकर्मीतर्फको क्षतिका […]

  • si jinping

    चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने

    बेइजिङ, २६ जेठ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सीले किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुनुहुनेछ । उक्त बैठकमा संगठनमा आबद्ध मुलुकका सरकार एवं राष्ट्र प्रमुखहरुको […]

  • Nigeria map

    नाइजेरियामा भिषण सडक दुर्घटना

    लेगोस, २६ जेठ । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो । उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण […]

  • Narendramodi

    भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा

    कोलम्बो, २६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आउनु भएको छ । श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो । प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उहाँ आइतबार श्रीलङ्का आउनु भएको […]

  • death of people cold

    ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

    मनिला, २६ जेठ । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको […]

  • विश्वकप क्रिकेट: आज अस्ट्रेलिया र भारतवीच प्रतिस्पर्धा

    एजेन्सी, २७ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज साँझ दी ओभल स्टेडियममा दिउँसो ३ः१५ बजे  साविक विजेता अस्ट्रेलिया र भारत भिड्दै छन् । विश्वकप उपाधि दाबेदार दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् । साविक विजेता अस्ट्रेलिया सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्ने दाउमा छ । भारतको योजना पनि […]

  • विश्वकप क्रिकेट: न्युजिल्यान्डसँग अफगानिस्तान ७ विकेटले पराजित

    एकदिवसिय विश्वकप क्रिकेटमा शनिबार राति भएको खेलमा न्युजिल्यान्डसँग अफगानिस्तान ७ विकेटले पराजित भएको छ । उक्त ल्खेलमा एक सय ७३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ७९ रन बनाए । रोस टेलरले ४८, कोलिन मुन्रोले २२ र टम लाथमले अविजित १३ रन जोडे । […]

  • si jinping

    चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

    सेन्ट पिटस्बर्ग, २४ जेठ । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उहाँले […]

  • सात प्रहरी अधिकारीको मृत्यु

    पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

    काबुल, २४ जेठ । अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान […]

  • Nepalpatra

    कलेजको प्रवेश परीक्षामा एक करोड सहभागी

    बेइजिङ, २४ जेठ । चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ । चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतबारसम्म पनि हुनेछ । प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको यो संख्या सन् २०१० यताकै […]

  • मलावीमा सडक दुर्घटना बढ्यो

    लिलोङ्वे, २४ जेठ । मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । मलावीका प्रहरी प्रवक्ता थोमेक न्याउडेले सन् २०१९ को पहिलो तीन महिनामा मुलुकभर दुई हजार ३५० वटा सडक दुर्घटना […]