अन्तराष्ट्रिय समाचार

  • Donald Trump

    राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    २७ पुस, म्याकएलेन, अमेरिका । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिनुभएको छ । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि सङ्घीय सरकारी कार्यालयहरु लगातार बन्द भएको २१ दिन पुगिसकेको छ । राष्ट्रपति ट्रम्पले पर्खालका लागि संसदले बजेट पारित नगरे आफूले बजेट स्वीकृत […]

  • Nepalpatra

    यमन सैन्य शिविरमा मानवरहित विमान आक्रमण

    २७ पुस, अल अनाद एयर बेस, यमन । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भईरहेको स्थानमा आत्रमण गरेको बताइएको छ । संयुक्त राष्ट्र संघको उपस्थितिमा स्वडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारकोबीच […]

  • south africa

    अफ्रिकी युनियनको चुनावी प्रचार शुरु, एएनसीका लागि फलामको च्यूरा

    २७ पुस, डर्बान, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी)ले चुनावी अभियान शनिबारदेखि शुरु गर्ने भएको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा चुनाव हुँदैछ । पार्टीभित्रको आन्तरिक विभाजन, सुस्त अर्थतन्त्र तथा घट्दो जनमतबीच एएनसीले चुनावी अभियान शुरु गर्न लागेको छ । रङ्गभेद नीतिको अन्त्य भएपछि २५ वर्षदेखि एएनसीले दक्षिण अफ्रिकामा […]

  • mun jun

    प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक – राष्ट्रपति मून

    २६ पुस, सियोल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढङ्गबाट आणविक निःशस्त्रीकरणलाई […]

  • Flag France

    आगलागीमा परी १९ जना घाइते

    २६ पुस, टोलुुज, फ्रान्स । फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ । यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका कारण सो अपार्टमेन्टको केही भाग भत्किएको छ । आगलागी भएको यस भवनको नजिकै रहेको एक होटेलका […]

  • feliks

    कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

    २६ पुस, किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ […]

  • israel

    इजरायलका पूर्व मन्त्रीलाई जासूसको आरोपमा जेल सजाय

    २६ पुस, जेरुसेलम । इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ । गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई दिएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । जेल सजाय आगामी फेब्रुअरी ११ दिनमा सुनाइने प्रकाशित समाचारमा […]

  • Nepalpatra

    सुडानमा सरकारविरुद्ध प्रदर्शन जारी, बिहीबार तीनको मृत्यु

    २६ पुस, खार्तुम । सुडानमा सरकारको विरोधमा शुरु भएको प्रर्दशनको क्रममा तीन व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । सरकारले पाउरोटीको मूल्य तेब्बर गरेको भन्दै सुडानको राजधानी खार्तुम करिब एक महिनादेखि विरोध प्रदर्शन जारी रहेको छ । […]

  • belayat

    जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

    २६ पुस, लन्डन । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो । बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा हाल ४० हजारभन्दा बढी बेलायती कार्यरत छन् […]

  • donald-trump

    अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो : राष्ट्रपति ट्रम्प

    २५ पुस, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताउनुभएको छ । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । अमेरिकी संसदले पर्खाल निर्माण कार्य “अनावश्यक र […]

  • South Korea Flag

    कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

    २५ पुस, सियोल । दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे । “बुझ्नु भो, यो रेष्टुराँले नगद लिन छाडिसकेको छ । तपाइँले भुक्तानीका लागि क्रेडिट कार्ड, डेबिट कार्ड वा हाम्रो मोबाइल […]

  • train accident

    रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते

    २५ पुस, जोहानेस्बर्ग । दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ । दुबै रेल राज्यद्धारा सञ्चालित रहेको […]

  • american flag

    पहिलो चरणको व्यापार वार्ता सकारात्मक भयो : अमेरिकी प्रतिनिधि

    २५ पुस, बेइजिङ । संयुक्तराज्य अमेरिका र चिनीया अधिकारीबीच बेइजिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् । व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी […]

  • kim-jong-un

    उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

    २५ पुस, बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । उत्तर कोरियाली नेता किम […]

  • kim-jong-un

    उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

    २४ पुस, बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा […]