अन्तराष्ट्रिय समाचार

  • North Korea Flag

    उत्तर कोरियाद्वारा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

    सियोल, १५ साउन । उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । संयुक्त राज्य अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गर्न लागेकोप्रति असन्तोष प्रकट गरेको उत्तर कोरियाले पछिल्ला केही महिनादेखि चरणबद्ध रुपमा हातहतियारको परीक्षण गरिरहेको छ । […]

  • China Usa Trade War And American Tariffs As Two Opposing Cargo F

    अमेरिका–चीन व्यापार वार्ता शाङ्घाईमा शुरु

    शाङ्घाई, १५ साउन । एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका […]

  • mexico

    मेक्सिकोमा पत्रकारको हत्या

    मेक्सिको सिटी, १५ साउन । मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको छ । उनको […]

  • Japan

    जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो

    टोकियो, १५ साउन । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । अप्रिल–जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो […]

  • american flag

    अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

    वासिङटन, १५ साउन । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् । पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ । त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई […]

  • Afganistan1

    अफगानिस्तानमा बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या बढ्यो

    १५ साउन, फराह । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ । शु्रुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् […]

  • Brazil

    ब्राजिलको कारागारमा हिंसात्मक झडप रोकिएन, एकै दिन ५७ जना मारिए

    रियो डि जेनेरो, १४ साउन । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ । यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने […]

  • Nigeria map

    राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा

    संयुक्त राष्ट्रसंघ, १४ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गर्नुभएको छ । हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उहाँले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताउनुभएको छ । उहाँका उपप्रवक्ता फहरान […]

  • death of people cold

    दुई अमेरिकी सेना मारिए

    काबुल, १४ साउन । एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो । अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ । तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन । अफगानिस्तानको दक्षिणी […]

  • Afgansthan

    अफगानिस्तानमा छ महिनामा तेह्र सय बढी सर्वसाधारण मारिए

    काबुल १४ साउन । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ । तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको […]

  • Nepalpatra

    प्लास्टिकबाट इँटा, युनिसेफको सहयोगमा कारखाना निर्माण

    राष्ट्रसंघ, १४ साउन । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ । बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिनुभयो । प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ । […]

  • Afganistan1

    अफगानिस्तानको आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

    ९ साउन । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ । पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार बिहान […]

  • North Korea Flag

    उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

    सियोल, ९ साउन । उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो । दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताउनुभएको छ । दक्षिण कोरियाली र अमेरिकी […]

  • malesia

    मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु

    क्वालालम्पुर, ९ साउन । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गर्नुभएको थियो । तर रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब […]

  • death of people cold

    पहिरोमा परी १५ को मृत्यु

    ९ साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ । अझै ३० जना वेपत्ता रहेका छन् । मङ्गलबार राती ९ः२० बजे सो क्षेत्रमा […]