अन्तर्राष्ट्रिय समाचार Archives - Nepalpatra

अन्तर्राष्ट्रिय समाचार

  • सान्ना मरिन

    सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री

    मंसिर २४, हेलसिन्की (एजेन्सी) । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएकी छन् । ३४ वर्षीया मरिनलाई सोसल डेमोक्र्याटिक पार्टीले सरकारको नेतृत्व गर्न चयन गरेको थियो । प्रधानमन्त्री एन्टी रिन्नेले पदबाट राजीनामा दिएपछि यातायात तथा सञ्चारमन्त्री मरिनलाई उनको पार्टीले प्रधानमन्त्री बनाउन लागेको हो । उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिने छिन् । उनी […]

  • कारखानामा भीषण आगलागी हुँदा ३५ को मृत्यु, ५० बढीको उद्धार

    एजेन्सी, मंसिर २२ । भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आगलागी हुँदा ३५ को मृत्यु भएको छ । आइबार बिहान आगलागी हुँदा ५० बढी व्यक्तिलाई बाहिर निकालिएको दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले जानकारी दिए । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए । आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको हो । यो […]

  • खानीभित्र ग्यास विस्फोट हुँदा १५ को मृत्यु, ९ घाइते

    एजेन्सी ३ मंसिर । चीनको एक खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार सोमबार दिउँसो प्रान्तमा रहेको खानीमा ग्यास विस्फोटन हुँदा अरु नौ जना घाइते भएका छन् । घटनास्लथमा ३५ जना कार्यरत मध्ये ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको […]

  • गौतम बुद्धको जन्मस्थल नेपाल श्रीलंकाको मुटुमा छ : नवनिर्वाचित राष्ट्रपति राजापाक्ष

    ३ मंसिर, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै ओलीसँग भेट हुने अपेक्षा गरेका छन् । राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड […]

  • भारतको प्रधानन्यायाधीश बोबडेले लिए सपथ

    एजेन्सी, २ मंसिर । भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले भारतका ४७औं प्रधानन्यायाधीशका रूपमा राष्ट्रपति रामनाथ कोविन्दसँग शपथ लिएका छन् । प्रधानन्यायाधीशका रूपमा बोबडेले १८ महिना काम गर्नेछन् । १९५६ को अप्रिल २४ मा नागपुरमा जन्मिएका उनले नागपुर विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।

  • आगलागीवाट ५ जनाको मृत्यु, ३ घाइते

    एजेन्सी, २९ कात्तिक । पूर्वी चीनको आन्हुइ प्रान्तमा आगलागी भएको छ शुक्रबार बिहान भएको आगलागीवाट ५ जनाको मृत्यु र ३ घाइते भएका छन् । शुक्रबार बिहान ५ बजेर ५७ मिनेटमा यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो ।

  • १० वर्षीया बहिनीको पेटमा आफ्नै १५ वर्षीय दाजुको गर्भ, सजाय हजुरआमालाई

    एजेन्सी, अर्जेन्टीनाको पसोडास क्षेत्रको यस्तो घट्ना घरेको छ जुन सोच्दा पनि अचम्म लाग्छ पसोडास क्षेत्रको एक दश वर्षीया बालिकाको पेट दुखेपछि आफन्तले अस्पताल पुर्याएर चेक गर्दा अस्पतालले बालिका ८ महिनाको गर्भवती भएको जानकारी दियो । अनुसन्धानबाट खुल्यो उनका १५ वर्षीय दाजुले बलात्कार गरेका थिए । अर्जेन्टीनाको पसोडास क्षेत्रको यो घटनाका बारेमा डेलीमेलले लामो रिपोर्ट सार्वजनिक […]

  • २३ वर्षीया क्याट १४ हप्ताकी गर्भवती हुँदा हुँदै आगोसँग लड्न तयार

    एजेन्सी, अष्ट्रेलियाकी २३ वर्षीया क्याट रोबिन्सन विलियम्स १४ हप्ताकी गर्भवती हुँदा हुँदै पनि आगोसँग लड्नका लागि अग्नि नियन्त्रकको रुपमा काम गरेकी छिन् । तर अग्नि नियन्त्रक (फायर फाइटर) को भूमिकामा अष्ट्रेलियाको जंगलमा फैलिएको भयानक आगोसँग उनी बहादुरीका साथ लडिरहेकी छिन् । विलियम्सका अनुसार उनका थुप्रै साथीहरु उनको यो निर्णयका कारण चिन्तित छन् र उनलाई यस्तो […]

  • दुर्घटना

    बस र टेम्पो ठोक्किँदा ७ जनाको मृत्यु, १२ घाइते

    एजेन्सी, २८ कात्तिक । भारतको राजस्थान राज्यमा दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बुधबार राती यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु १२ घाइते भएका छन् ।

  • Donald Trump

    भारतको फोहोर अमेरिकामा आइरहेको छ : राष्ट्रपति ट्रम्प

    एजेन्सी, २८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः प्रदुषणका लागि भारतलाई निशानामा पारेका छन् । राष्ट्रपति ट्रम्पले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको बताएका छन् । इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको फोहोर लस एन्जेलिससम्म पुगिरहेको छ । तपाईंलाई थाहै छ कि यहाँ समस्या छ । तुलनात्मक […]

  • सोमालियामा बाढीवाट २५ जनाको मृत्यु

    २२ कात्तिक, एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीवाट अरु ४७ जना घाइते भएका छन् ।

  • Donald Trump

    राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव स्वीकृत

    १५ कात्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले औपचारिक रुपमा सुरु स्वीकृत भएको छ । बीबीसीका अनुसार महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी प्राप्त भएको होइन, बरु यसबाट ट्रम्पविरुद्धको जाँच सार्वजनिक चरणमा पुगेको छ । डेमोक्रेट्सको बहुमत […]

  • जापानी न्याय मन्त्री कावाईद्वारा राजीनामा

    १५ कात्तिक, काठमाडौं । जापानका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन् । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले सार्वजनिक गरेको तथ्यांक अनुसार कावाईले आफ्ना १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् […]

  • गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४२ घाइते

    १४ कात्तिक, एजेन्सी । पाकिस्तानको राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु र ४२ घाइते भएका छन् । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । घाइतेहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ […]

  • Imran-Khan-Pakistan

    पाकिस्तानका प्रधानमन्त्री खानको राजीनामा माग्दै प्रदर्शन

    १४ कात्तिक, एजेन्सी । पाकिस्तानका विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई)ले प्रधानमन्त्री इमरान खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको छ । जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत समर्थन गरेका छन् । जेयूआईले राजनीतिक शाखा अन्सार उल इस्लामको स्वतन्त्रताको माग गर्दै देशव्यापी मार्च […]