, घटना

घटना

  • fire

    विप्लवका कार्यकर्ताद्वारा ट्याक्टरमा आगजनी

    ११ चैत, संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी विप्लवका बन्दकर्ताले संखुवासभाको चैनपुर नगरपालिका ४ दोभानेमा को २ त ४६६३ नम्बरको ट्याक्टरमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्द गर्दै हिँडेका ५ जनाको समूहले ट्याक्टरमा आगजनी गरेका हुन् । चैनपुरवाट पाँचखपन नगरपालिकातर्फ गएको ट्याक्टरमा आइतबार बिहान ८ बजे आगजनी गरिएको हो । ट्याक्टर जलेर पूर्ण […]

  • हत्यारा

    भण्डारी दम्पत्ती हत्याका सुटर अर्जुन गौतम ७ बर्षपछि पक्राउ

    ११ चैत, बुटवल । बुटवलका व्यापारी दम्पत्ती हत्याकाण्डका मुख्य सुटरलाई रुपन्देही प्रहरीले ७ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिकाको दुधराक्ष रामापुल कलौनीका २७ बर्षे अर्जुन गौतम छन् । हत्याका अर्का सुटर अर्जुनका सहोदर दाजु कृष्ण गौतमलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । दम्पत्ती हत्या लगत्तै भागेर भारतको दिल्ली पुगेका गौतमलाई […]

  • jiwan-ghimire

    सामाजिक विकासमन्त्री घिमिरेलाई लक्षित गरी बम प्रहार

    ११ चैत, सुनसरी । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ । विराटनगरवाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक आइतबार बिहान बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । पूर्वपश्चिम राजमार्गस्थित पथरीको हरियाली सामुदायिक वननजिकको सडकमा मन्त्री […]

  • crimes

    बलात्कार आरोपमा टयांकर चालक पक्राउ

    ९ चैत, तेह्रथुम । किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । तेह्रथुमको आठराई गाउँपालिकाका एक सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलवाट घर फर्किदै गरेकी किशोरीलाई ट्यांकरमा घर पु¥याइदिने आश्वसन दिएर […]

  • Jabi Alonso

    अलान्सोमाथि कर छलेको आरोपमा मुद्दा दायर, प्रमाणित भए ५ वर्षको जेल सजाय हुने

    एजेन्सी, ८ चैत ।  रियल मड्रिड तथा लिभरपुलका पूर्व खेलाडी जावी अलान्सोमाथि कर छलीको आरोप लागेको छ । आरोप प्रमाणित भए अलान्सोलाई ५ वर्षको जेल सजाय हुनसक्नेछ । स्पेनको राजश्व कार्यालयले अलोन्सोले सन् २०१० देखि २०१२ सम्म २४ लाख अमेरिकी डलर छलेको दावी गर्दै मुद्दा दायर गरेको हो । उनले आफ्नो इमेज राइट्सबाट पाएको रकमको […]

  • Rape Sign

    बलात्कार राज्यविरुद्धको अपराध हो

    कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनसम्पर्कलाई भनिन्छ । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार नै मानिन्छ । यस अर्थमा नावालकसँग सहमतिमा नै भएको यौनसम्पर्क पनि बलात्कार हो । बलात्कार अपराध हो  । अपराध मात्र होइन बलात्कार राज्यविरुद्धको अपराध नै  हो  । पछिल्लो समयमा […]

  • Afghanistan Blast

    काबुलमा आत्मघाती बम विस्फोटमा २५ जनाको मृत्यु

    एजेन्सी, ७ चैत । अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको अात्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । […]

  • sirial kiler

    ‘मस्ट वान्टेड’ सूचीमा रहेका पासवान पक्राउ

    ७ चैत, सर्लाही । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सर्लाहीका उमेश पासवान पक्राउ परेका छन् । ज्यान मार्नेदेखि लुटपाट घटनाका मुख्य अभियुक्त सर्लाही लालबन्दीका ४५ वर्षीय पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिपुरको सयुक्त टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको छ । […]

  • crimes

    बलात्कार प्रयास गर्ने शिक्षक शर्मा पक्राउ

    ७ चैत, सुर्खेत । बलात्कारको प्रयास गर्ने शिक्षक युवराज शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक शर्मालाई पक्राउ गरेको हो । उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि आफूहरुले […]

  • इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

    एजेन्सी, ७ चैत । सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस […]

  • Gold

    सुन तस्करी आरोपमा तीन जनालाई पक्राउ

    ७ चैत, काठमाण्डाै ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुन तस्करी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चावहिलमा रहेको गेष्टहाउसबाट तीन जनालाई सुनसहित पक्राउ गरेको हो । प्रहरीले स्याङ्जाका २३ वर्षीय चामबहादुर केसी र २५ वर्षीय नारायण कुमार र नवलपरासीका ३० वर्षीय खुमप्रसाद न्यौपानेलाई सुनको […]

  • शैलेस कार्की

    दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त कार्की पक्राउ

    ६ चैत, काठमाण्डौ । रबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन् । रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोमबार राति दरबारमार्गवाटै पक्राउ परेको हो । शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए तर, घटना मिलापत्रमा लुकाइएको थियो । यो सूचना बाहिर आएपछि प्रहरी […]

  • crimes

    भरुवा बन्दुक र चितुवाको छाला सहित गुरुङ पक्राउ

    ६ चैत, कास्की । भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा र खाली खोका १० थान तथा चितुवाको छाला १ थान सहित गमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका–२ च्याङ्लुङ बस्ने गुरुङलाई चितुवा मारी राख्न दिने सोही ठाउँ बस्ने ३१ बर्षीय चन्द्र बहादुर पौडेललाई समेत प्रहरीले पक्राउ गरेको छ । गुरुङले घरमा अबैध […]

  • crime

    चितावाटै शव बरामद

    ६ चैत, रौतहट । प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमानको कुुटाइवाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले […]

  • sunrise bank

    सनराइज बैंकको काउन्टरमा चोरी

    ५ चैत, सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ । काउण्टरमा राखिएको सीसीक्यामेरा फुटाएर १० लाख रुपैयाँ चोरी भएको बैंकका सहायक मेनेजर दिनेश अधिकारीले बताए । सोमबार कार्यालय समयमा कर्मचारी आउँदा काउण्टरको ढोका फोडेर चोरी भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको बीपी कोइराला […]

  • भारतीय सुरक्षाकर्मीद्वारा गर्भवती महिलामाथि कुटपिट

    ५ चैत, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–३ सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले आइतवार एक गर्भवती महिला र युवकमाथि कुटपिट गरेका छन् । पूर्णागिरी टोलका ३१ वर्षीय दिनेश जोशी र उनकी पत्नी ३० वर्षीया सपना जोशीलाई हतियार र लाठीसहित आएको भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले कुटपिट गरेका हुन् । एसएसबीले प्रहार गरेको लाठीवाट दिनेश जोशीको […]

  • दीपक मनाङ्गे

    दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी

    ४ चैत, काठमाण्डौ । प्रदेशसभावाट निर्वाचित सांसद दिपक मनाङ्गे बिरुद्ध नेपाल प्रहरीले ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । मनाङ्गे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेडक कर्नर नोटिस जारी गरेको हो । ‘गुण्डा नाईके’को रुपमा चिनिएका मनाङ्गेको नेपाल भित्र मात्रै नभएर विदेशमा समेत खोजी भईरहेको जानकारी दिँदै प्रहरी प्रवक्ता (डिआईजी) मनोज न्यौपानेले भने, […]

  • crimes

    छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ

    ३ चैत, काठमाण्डौ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्की पक्राउ परेका छन् । होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले बताए ।

  • Kailali

    मेयर चौधरी माथि गोली प्रहार गर्ने चार आरोपी सार्वजनिक

    १ चैत, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ […]

  • मेयर चौधरीमाथि गोली प्रहार

    २८ फागुन, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार राति करिब ८ बजेतिर आक्रमण भएको बताइएको छ । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ र अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको […]