, कृषि

कृषि

  • चिनियाँ प्याज

    नेपाल अब कृषिप्रधान देश रहेन

    हामी नेपाली गरीब होइनौं धनी छौं, अरूको उत्पादनमा रमाउछौं । न स्वयम् गर्छौं नत अरूलाई गर्न नै प्रेरणा दिन सक्छौं । जाबो एउटा प्याजसम्म पनि विदेशी उत्पादन खान्छौं । नेपाल अब कृषिप्रधान देश रहेन । यहाँ न सरकारले उदाहरण पेश गर्न सक्छ नत जनताले नै हेर्दा दिक्क लागेर आउछ । देशको विकासमा पहिलो उदाहरण सरकारले नागरिकलाई […]

  • गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र

    १९ मंसिर, काठमाडौं । जुम्लाको कृषि उत्पादन बढाउने, जीविकोपार्जनमा सुधार ल्याउने लगायतका उद्देश्यसहित २०२७ सालमै भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना भएको थियो । व्यावसायिक भेडाबाख्रा पालका लागि उन्नत जातका भेडाबाख्रा पालनका लागि उन्नत जातका भेडाबाख्रा उत्पादन गर्ने लक्ष्यका साथ गुठीचौर गाउँपालिका २ मा स्थापना भएको यो केन्द्र पाँच दशक बितिसक्यो । तर यो अनुसन्धान […]

  • japan

    कृषि क्षेत्रमा पनि कामदार लैजान जापान इच्छुक

    २६ कात्तिक, काठमाडौं । नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा त्यस्तो प्रस्ताव गरेको हो । जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको […]

  • कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत

    १९ कात्तिक, काठमाडौं । एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो । नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ […]

  • ३४८ हेक्टरमा गरिमा जातको धान फलेन

    ४ कात्तिक, काठमाडौं । नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन । कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए । धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस […]

  • Bhuikatar

    भूईंकटहर खेती गर्ने तरिका

    भूईंहटहर रसिलो हुन्छ । यो संतोष प्रदायक हुन्छ । यो स्वादिलो पनि हुन्छ । पाकेको, सुनौलो, रसिलो अनि स्वादिलो यो फललाई दाँतहरुले चपाइरहुँ जस्तो लाग्छ किनकि यसमा विशेष प्रकारको आकर्षण हुन्छ जसले कसैको पनि मन लोभ्याउन सक्छ । भूईंकटहरमा आबद्ध स्वादिलो गुण र मीठोपनाका कारण यो फललाई अनौठो देनको रुपमा लिइन्छ । यो अचम्मको फल […]

  • Katar

    रुखकटहर खेती गर्ने तरिका

    रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । यस्को गुदी कोया सुगर र भिटामीनहरूको मूख्य श्रोत हो । यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यस्को […]

  • बेनी बजारमा फस्टाउँदै कौसी खेती : घरको छतमा लटरम्म तरकारी

    गलेश्वर, २५ भदौ । म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागि समेत जमीन नभएपछि स्थानीयवासीले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतला माथि डल्ले खुर्सानी फलाउनुभएको छ […]

  • kivi

    किवीमा किसानको जाँगर

    किरण पौड्याल, इलाम, २५ भदौ । केही वर्ष अघिदेखि सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका तारामणि खतिवडाको बारीमा मकै र कोदो खेती घटेको छ । वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत खेती बालीले लागत आम्दानी नदिएपछि तारामणिले वाक्क भएर खेतीको विकल्प खोज्नुभएको हो । लेकको बारी भएकाले पराम्परागत खेती चट्ट छाड्न पनि उहाँलाई गा¥हो छ । “उहिल्यैदेखि […]

  • फौजी कीराको प्रकोपले किसान चिन्तित

    सुरुङ्गा, १७ भदौ । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् । गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताउनुभयो । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको […]

  • डोरमणि पौडेल

    कृषिमा क्रान्ति ल्याउने गरी काम गर्न मुख्यमन्त्रीको जोड

    हेटौँडा, १४ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । बिरूवा रोप्दा भविष्यमा आम्दानी दिने खालका फलफूलका […]

  • hate-tactor

    कृषकलाई हाते ट्र्याक्टर वितरण

    डोटी २९ जेठ । जिल्लाको जोरायल गाउँपालिकाले वडा नं २ मा रहेको जनचेतना कृषक समूहलाई खेत जोत्न हाते ट्र्याक्टर वितरण गरेको छ । कृषकलाई खेत जोत्नमा सजिलो होस भन्ने उद्देश्यका साथ गाउँपालिकाको रु चार लाख तीन हजारको अनुदानमा उक्त कृषक समूहलाई ट्रली जडान सहितका दुई वटा हाते ट्र्याक्टर वितरण गरिएको वडा सदस्य महेन्द्र थापाले बताउनुभयो […]

  • hate-tactor

    कृषक समूहलाई हाते ट्र्याक्टर

    दमौली, २८ जेठ । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्र्याक्टर वितरण गरेको हो । मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा रु दुई लाख […]

  • alaichi

    अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित

    खेमराज गौतम, गलकोट, २३ जेठ । बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन् । दमेकका कृषक बलिभद्र सापकोटाले अलैँचीले उचित मूल्य नपाउँदा किसानको दुःख खेर […]

  • सामूहिक फूल खेतीतर्फ आमा समूह

    पोखरा, २२ जेठ । गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरीद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित […]

  • tarkari

    विषादीको प्रयोग घटाउने अभियानमा कृषक

    दुर्गा देवकोटा, लम्की, १९ जेठ । कैलालीका कृषकहरु मानव स्वास्थ्यका लागि खतरनार्का मानिएको रासायनिक विषादीको प्रयोग कम गर्न थालेका छन् । उनीहरुले रासायनिक विषादीको सट्टा जैविक (घरेलु) विषादी तथा झोल मलको प्रयोग गर्न थालेका हुन् । रासायनिक विषादी र मलको प्रयोगमा न्यूनीकरण, शत्रुजीव नियन्त्रण तथा मित्रजीव संरक्षण गरी स्वस्थ बाली उत्पादन गर्न उनीहरु लागिपरेका हुन् […]

  • alaichi

    भाउ कुर्दै अलैँची किसान

    टीका खतिवडा, फिक्कल, १७ वैशाख । इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेच्नुभएको छैन । करीव चार मन अलैँची उत्पादन गर्नुभएका उहाँले भाउ बढ्ने आशामा अलैँची नबेच्नुभएको हो । अलैँची रोप्दाको समयमा पाँच वर्ष अघि प्रतिमन अलैँचीको मूल्य करीव एक लाख रुपैयाँ थियो । “के के न होला भनेर […]

  • खडेरीले मकैको बोट सुकेः किसान चिन्तित

    पेमा लामा, बनेपा, १६ जेठ । खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् । मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलिएको छ । अहिले सो गाउँपालिकाको वडा नं १, ६, ७ र ८ लगायतका […]

  • Nepalpatra

    विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह

    काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, विद्युत् […]

  • Tea

    चियाखेती सिक्न पाखा पाखामा किसान

    इलाम, ३० वैशाख । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग […]

  • धान फल्ने खेतमा केरा खेती

    गलेश्वर, २९ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने […]

  • Nepalpatra

    कृषिलाई प्राथमिकता दिने गरी बजेट ल्याउन सुझाव

    काठमाडौँ, २६ वैशाख । प्रतिनिधिसभाअन्तर्गत विभिन्न समितिका सदस्यले कृषि क्षेत्रलाई पहिलो प्राथमितामा राखेर सन्तुलित विकास गर्ने गरी बजेट ल्याउन सुझाव दिनुभएका छन् । उहाँहरुले कृषिले मात्रै आर्थिक समृद्धिमा छिटो टेवा दिने भएकाले अनुदान र सहुलियतका कार्यक्रमसहित वैज्ञानिक कृषि प्रणाली, यन्त्रीकरण र आधुनिकीकरणमा बजेट जानुपर्नेमा जोड दिनुभएको थियो । सङ्घीय संसद्, प्रतिनिधिसभा अर्थसमितिद्वारा आज काठमाडौँमा आयोजना […]

  • dhan_khabarbreak

    धान, मकै र गहुँको उत्पादन वृद्धि

    ललितपुर, २४ वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कुषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा […]

  • Nepalpatra

    काभ्रेपलाञ्चोकमा कृषि उपजलाई प्राङ्गारिक बनाइने

    काभ्रेपलाञ्चोक, २० वैशाख । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले कृषि उत्पादनलाई प्राङ्गारिकतर्फ लैजाने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्र, युवा कृषि मञ्च र समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीद्वारा संयुक्तरूपमा बिहीबार धुलिखेलमा आयोजित प्राङ्गारिक कृषि उत्पादन र बजारीकरण विषयक गोष्ठीमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले भन्नुभयो, “कृषि उपजमा विषादीलाई न्यूनीकरण गर्दै प्राङ्गारिक उत्पादनतर्फ लाग्नेछौँ […]

  • Nepalpatra

    किसानसंँग कृषि ज्ञान केन्द्रको सम्झौता

    ४ वैशाख, बनेपा । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो । प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई […]

  • tarkari

    तरकारी खेतीमा व्यस्त महिला

    २१ चैत, बाजुरा । जिल्लाको विकट हिमाली गाउँपालिका–४ फैतीका महिला यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला व्यावसायिक तरकारी खेतीमा लागेका वडाध्यक्ष रमेश विकले बताउनुभयो । यहाँका पुरुष प्रायः रोजगारीका लागि भारततिर जाने र गाउँमा महिलामात्रै रहेका उहाँले जानकारी गराउनुभयो । “गाउँपालिका सुख्खा ठाउँ भएका कारण […]

  • Nepalpatra

    कृषिबाटै नाम, दाम र इज्जत

    १४ चैत, घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढ्नुभएका रमेश चौधरी भने व्यावसायिक किसान […]

  • Nepalpatra

    पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम

    १७ फागुन, नारायणपुर । मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए । विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै तामाङ जनमुक्ति सेनाको सदस्य बनेर युद्धमा होमिए । “समाज बदल्ने कुरा निकै कठिन कुरा रहेछ”, तामाङ भन्नुहुन्छ, “तर आफूलाई परिवर्तन गर्न केही हदसम्म […]

  • hate-tactor

    कृषक समूहलाई हाते ट्याक्टर

    २२ माघ, खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मकै जोन)को कार्यालय खोटाङले जिल्लाका अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा आधुनिकीकरण गर्नका लागि परियोजनाले सोमबार १५ हाते ट्याक्टर प्रदान गरेको हो । प्रोत्साहन अनुदानअन्तर्गत नौ कृषक समूहलाई शतप्रतिशत अनुदानमा र व्यावसायिक रूपमा कृषि पेशा अपनाइरहेका छ किसानलाई मागका […]

  • chakramani khanal

    कृषिलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउन आवश्यक : कृषिमन्त्री

    २८ पुस, कृष्णनगर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक […]

  • potato

    सहकारीमार्फत सामूहिक आलु र प्याजखेती

    २७ पुस, दमौली । बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् । भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र […]

  • Orange

    सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण

    ४ पुस, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख […]

  • mauripalan

    मौरीपालेर वार्षिक पाँच लाख आम्दानी

    १७ असोज, गोरखा ।  गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो । स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । देवकोटा […]

  • banana

    लाखौँ मूल्यको केराखेती नष्ट

    १२ असोज, राजविराज । सप्तकोशी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोशी पुल क्षे त्रमा करीब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीयवासी दिनेश राउतले बताउनुभयो । सप्तशोशीको बाढी खेतमा पसेपछि केराखेती नष्ट भएको हो […]

  • timthumb

    अलैँची खेतीमा रम्दै कृषक

    ९ असोज, भोजपुर  । भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्नुहुन्छ । एकसय रोपनी जमिनमा अलैंँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रू एकलाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । कृषक पाण्डे भन्नुहुन्छ, “पहिलो पटक मैले अलैँंची […]

  • pradesh4

    कृषिका कार्यक्रम परिणाममुखी बनाइने

    ५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषि मन्त्रालयअन्तर्गतका ७५ प्रतिशत कार्यक्रम परिणाममुखी बनाउने बताउनुभएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित समापन कार्यक्रममा सहकारीमन्त्री केसीले गत वर्ष सो मन्त्रालयले अन्यभन्दा अपेक्षित काम गरेको बताउनुभयो । मन्त्री केसीले भन्नुभयो, “ […]

  • kauli

    काउली खेती गर्ने तरिका

    काउलीको फूल (Cauliflower)को सतहमा पानीले भिजे जस्तो खैरो हुने (Browning) के कारणले हो? यस्तो समस्याबाट कसरी वच्न सकिन्छ ? यस्ता विकृति/लक्षणहरु वोरन सुक्ष्म तत्वको कमीले गर्दा हुन्छ । शुरुमा कोपीको सतहमा पानीले भिजे जस्तो दाग देखिन्छ।पछि खैरो भई विक्री/खानयोग्य हुँदैन।यसको निराकरणको लागि जमीनको तयारीको समयमा ५००–७०० ग्राम वोरयाक्स वा सोडियम वोरेट प्रति रोपनी अथाव ०.२५–०.५०% […]

  • tea bagan

    चिया मजदूर पारिश्रमिकबाट वञ्चित

    १८ भदौ, बनियानी, झापा । यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र […]

  • Tomato

    विचौलियाका कारण किसान मारमा

    १४ भदौ, चितवन । किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई […]

  • Chemical fertilizer

    मलको अभावले किसान प्रभावित

    ११ भदौ, रत्ननगर । चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्काे मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल […]

  • agricuteral-equipment

    सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

    ६ भदौ, बनियानी, झापा ।  झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि आंैजारको प्रयोग गर्न थालेका छन् […]

  • Alaichi-kheti

    अलैंची खेती गर्ने तरिका

    अलैंची खेतीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ? अलैंची छायाँप्रिय तथा चिसो वातावरण मन पराउने बाली हो। यसको खेतीको लागि सबैभन्दा उपयुक्त तापक्रम ८ देखि २० डिग्री सेल्सियस सम्म हो। ४ डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा बिरुवाको बढ्ने गति कम हुन्छ। अलैंची खेती समुद्र सतह देखि कति उचाईसम्म गर्न सकिन्छ? यसको खेती समुद्र सतहबाट […]

  • Aru Bakhada

    आरुबखडा खेती गर्ने तरिका

    आरुबखडा(PLUM)लाई कस्तो हावापानी उपयुक्त हुन्छ? आरुबखडाको लागि हिउँदमा आर्द्र चिसो तथा वर्षातमा ठीक्क खालको गरम हावापानीको जरुरत हुन्छ। धेरै चिसो रुचाउने यूरोपियन जातहरुलाई १००० घण्टा भन्दा बढी चिसोको आवश्यकता पर्दछ भने कम चिसो रुचाउनेजापनीज जातहरुलाई ४०० घण्टा भन्दा कम ठण्डा/चिसो भएपनि पुग्दछ। यसको खेती समुद्र सतहबाट कति उचाईसम्म राम्रो हुन्छ ? यसको खेती समुद्र सतहबाट […]

  • Lemon

    कागती खेती फस्टाउँदै

    ४ भदौ, भद्रपुर । पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको […]

  • Chauree

    खर्कको अभावमा चौँरीपालन घट्दो

    ३१ साउन, मनाङ । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको हो । असी वर्षीय ओंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो […]

  • karnali-pradesh

    कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

    २८ साउन, सुर्खेत । गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै […]

  • Kheti

    तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

    २४ साउन, तेह्रथुम । तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अहिले बजेट र कार्यक्रम नहुँदा भूमिकाबिहीन भएको कार्यालयले यो तथ्यांक पनि अनुमान मात्रै गरिएको […]

  • Jaladhar

    जलाधार संरक्षणको अभावमा कृषि योग्य उपयोगविहीन

    २२ साउन, पोखरा । कास्की, तनहुँ र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ । कृषि योग्य खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेका हुन् । कृषिका अतिरिक्त जल पर्यटनको सम्भावना रहेको यस क्षेत्रको संरक्षण हुन नसक्दा वर्षेनी कटान तथा भूक्षय […]

  • ropai

    शतप्रतिशत रोपाइँ सम्पन्न

    २१ साउन, डडेल्धुरा । खेती लाग्ने शतप्रतिशत स्थानमा रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लामा रोपाइँ हुने कूल छ हजार २३६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरी सकेपछि यो वर्ष जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । डडेल्धुरा जिल्लाको भित्री मधेश […]

  • dhan

    ९३ प्रतिशत धान रोपाइँ सकियो

    २० साउन, फलेवास, पर्वत । जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ । सात प्रतिशत खेत अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१ हेक्टरमध्ये करीब ६३१ हेक्टर खेतमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास […]

  • Agriculture-ministry-of-nepal

    लगानीअनुरुप प्रतिफल स्थिर

    १९ साउन, काठमाडौँ । कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१ […]

  • Dhan-kheti

    देशभर नब्बे प्रतिशत धान रोपाइँ

    १९ साउन, काठमाडौँ । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँ सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँँँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म […]

  • Meeting

    वन संरक्षणका लागि छलफल

    १८ साउन, जाजरकोट ।  स्थानीय बारेकोट र कुशे गाउँपालिकाको वनक्षेत्र तथा वन्यजन्तु संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग छलफल गरिएको छ । जिल्लामै पर्याप्त वनजंगल रहेका यी दुई गाउँपालिकामा पछिल्लो समय वन विनास, चोरी शिकारीलगायतका कार्य बढ्न थालेपछि यी गाउँपालिकाका विभिन्न जंगललाई समेटेर संरक्षित क्षेत्र बनाउने विषयमा बहस तीव्र हुन थालेको हो । यहाँको पर्यटनलाई […]

  • chiuri-nh

    चरनक्षेत्र जोगाउन चिउरी रोप्दै किसान

    १८ साउन, रत्ननगर । मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानले चिउरीका विरुवा रोप्न थालेका छन् । भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको विरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार चिउरीका विरुवा लगिसकेका छन् । किसानले दाङमा १० हजार चितवनमा पाँच हजार, मकवानपुरमा पाँच हजार, […]

  • dhan_khabarbreak

    नार्कमा भन्दा किसानका खेतमा आधा उत्पादन

    १५ साउन, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले अनुसन्धान गर्दा आफूले फलाए भन्दा किसानका खेतमा आधा परिमाणमा धान फल्ने गरेको छ ।  किसानका खेतमा गर्नुपर्ने काम समयमा नहुने, मलखादको व्यवस्था नहुने र सिँचाइको उपलब्धता राम्रो नहुँदा नार्कले अध्ययनका लागि फलाएको भन्दा कम उत्पादन हुने गरेको हो । नार्कको आफ्नो खेतमा भन्दा किसानको खेतमा झण्डै […]

  • fertilizers

    डिएपी मलको माग बढ्दो

    १५ साउन, लहान ।  जिल्लाको कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी मलको आपूर्ति घट्दै गएको छ । अन्य रासायनिक मलको तुलनामा डिएपी मलको माग बढेपनि आपूर्ति घटदै गएकाले अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो । गत आर्थिक वर्ष ०७३÷७४ मा चार हजार ७६६ मेट्रिक टन अर्थात ९५ हजार ३२० बोरा डिएपी मल आपूर्ति भएकामा […]

  • Commercial Agriculture

    व्यावसायिक कृषिमा अधिकारी परिवार

    १५ साउन, पोखरा । कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ । आव२०३९÷४० सालतिर गोलभेँडा खेतीबाट व्यावसायिक रूपले कृषिमा लाग्नुभएका खगेन्द्रले सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे एवं वर्षे तरकारी खेतीसमेत गर्नाका साथै नयाँनयाँ जातका बोट बिरुवाको नर्सरीसमेत गर्नुभएको छ । कृषिकै […]

  • Rudrakshya

    रुद्राक्षका बिरुवा वितरण

    ११ साउन, दाङ । लमही नगरपालिकाले वडा नंंं ३ का स्थानीय तथा संघसंस्थालाई निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण गरेको छ । इलाका वन कार्यालय लमहीको सहयोगमा तथा लमही नगरपालिकाको आयोजनामा सो बिरुवा वितरण गरिएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिनुभयो । प्रत्येक घर परिवारलाई दुईवटा र शैक्षिक संघसंस्थालाई पाँच वटाका दरले बिरुवा वितरण […]

  • Nepalpatra

    एकथरी रोगको अर्काेथरी उपचार

    ९ साउन, ललितपुर । बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्काेथरी उपचार गर्दै आएका छन् । अधिकांश किसानमा प्राविधिक कसैलाई पनि बिरुवा नदेखाई सिधै एग्रोभेटबाट विषादी किन्ने बानी रहेको बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर बताउनुहुन्छ । एग्रोभेटले समस्या सुनेकै भरमा किसानलाई विषादी सिफारिश गर्दै आएका छन् । […]

  • tarkari

    व्यावसायिक बन्दै किसान

    ७ साउन, ललितपुर । एक दशक अघि जीविकोपार्जनका लागि कतारमा पसिना बगाउनुभएका बाँकेका लालबाबु सुनारले अहिले आफ्नै ठाउँमा १७ जनालाई रोजगारी दिनुभएको छ । परिवारको आर्थिक अवस्था कमजोर हुँदा कलिलो अवस्थामा पहिले भारत र पछि कतार पुग्नुभएका उहाँ अहिले नेपालगञ्ज र आसपासका क्षेत्रमा कृषि पेशाबाट पर्याप्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण नै बन्नुभएको छ । […]

  • fertilizers

    डिएपी मलको अभाव

    ७ साउन, लहान । किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका […]

  • Jhapa

    झापामा ६२ प्रतिशत रोपाइँ

    ६ साउन, भद्रपुर ।  धानखेतीका लागि उर्वरभूमि मानिने झापा मा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन । किसानले धानको बीउ राख्न ढिलो […]

  • Nepalpatra

    दुई दशकदेखि तरकारीखेती

    ६ साउन, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् । गाउँमा ‘संगत तरकारीबाली कृषक समूह’ गठन गरेर तरकारीखेतीका लागि ऋण प्रवाहसमेत गर्दै आएका उनीहरू तरकारीका विक्रीका लागि बजारको समस्या रहेको बताउँछन् । समूहका पूर्व अध्यक्ष परदेशी डगौँराले २०५२ सालमा समूह गठन गरेर गाउँका किसान एकबद्धरूपमा तरकारीखेतीमा लागिरहेको बताउनुहुन्छ […]

  • Jadibuti

    कृषक जडीबुटी खेतितर्फ आकर्षित

    २ साउन, सल्यान ।  जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् । कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा […]

  • Strawberry

    स्ट्रबेरी / भूईंकाफल खेती गर्ने तरिका

    स्ट्रबेरी / भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । भूईंकाफल ( Strawberry)कस्तो हावापानीमा […]

  • apple

    स्याउ खेती गर्ने तरिका

    स्याउ खानुका स्वास्थ्य फाइदाहरू अनगिन्ती छन्। स्वस्थ फाइबर, भिटामीन अनि कार्बोहाइड्रेटले भरिएको स्याउ दैनिक सेवन गर्न विश्वका सबै चिकित्सकहरू सल्लाह दिन्छन्। भोक लागेको बेलामा पनि स्याउ खाँदा केहि बेरको लागि भएपनि भोकलाई टाढा राख्दछ। तथापी, सबै खानेकुराजस्तै स्याउ पनि धेरै खाएमा फाइदा भन्दा बेफाइदा गर्ने चिकित्सकहरू बताउँछन् ।  स्याउ खेती गर्दा अपनाउनुपर्ने केहि कुराहरु : स्याउ […]

  • Sankhekira

    बाह्र क्विन्टल शंखेकीरा संकलन

    ३१ असार, सल्यान । सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पु¥याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २०देखि २५ हेक्टरमा रहेको शंखेकीरा नियन्त्रण […]

  • agricuteral-equipment

    कृषकलाई रु २४ लाखको कृषि उपकरण

    २९ असार, सुर्खेत । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ । व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि संस्थालाई कृषिजन्य उपकरण र प्रशोधन यन्त्र सहयोग गरिएको हो । कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि […]

  • dhankheti_paddy_farming

    धान लाग्ने रोगका कारण किसान हैरान

    २८ असार, ललितपुर । नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले किसान हैरान छन् । धानबालीमा मुख्य गरेर मरुवा, फेद कुहिने रोग, खैरोथोप्ला र पातेफेद डढुवाको प्रभाव देखिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले जनाएको छ । बालीमा ब्याक्टेरिया ढुसी र जुकाको आक्रमणले रोग लाग्ने निर्देशनालयमा कार्यरत वैज्ञानिक चेतना मानन्धरले […]

  • power-tailor

    अनुदानमा यान्त्रिक हलो

    २८ असार, बागलुङ । कृषिमा यान्त्रिकीकरण बढाउन जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो (मिनिटिलर) प्रदान गरेको छ । यान्त्रिक हलो पाउनेमा नगरपालिका भित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालु आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो । वडा नं ७ को […]

  • Dang_local_Level

    बिरुवा मरे सय रुपैयाँ जरिवाना

    २९ असार, तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ । कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो । अझै ११ हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा छ । […]

  • Nepalpatra

    फोहोरबाट मोहर बनाउँदै महिला

    २८ असार, लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक […]

  • paddy grain

    स्थानीय बीउ जोगाउँदै किसान

    २६ असार, ललितपुर । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने साँगाका किसान रामकृष्ण ढकाल समय–समयमा आफूसँग भएका वा गाउँघरमा भेटिएका स्थानीय जातका बाली बोकेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पुग्नुहुन्छ । आफूसँग भएको कुनै बाली गाउँघरमा कम देखिएपछि उहाँ नार्कअन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रलाई उपलब्ध गराउनुहुन्छ । बालीमा कुनैखालका रोगले बीउ नै नष्ट हुन सक्छ […]

  • Anar

    अनार(दारिम) खेती गर्ने तरिका

    अनार एक वहुवर्षिय, वहुउपयोगि पुनीकेसि(एगलष्अबअभबभ)परिवार अन्तरगतको फल हो । यो अति उपयोगि पौष्टिक तत्वयुक्त फलफूल मानिन्छ । विश्वका विभिन्न उष्ण तथा उपोष्ण प्रदेशिय देशहरुमा अनारको व्यवसायिक खेती हुदै आएको पाईन्छ । युरोपको स्पेन, अफ्रिकाको मोरक्को, ईजिप्ट,  एशियाको अफगानिस्थान वेलाचिस्थान,चीन, जापान, तथा संयूक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा व्यवसायिक रुपमा खेती गरेको पाईन्छ । यस्को इतिहाँसलाई हेर्दा अनारको उत्तपत्ति इरानमा […]

  • Goat Farm

    बाख्रा पाल्ने तरिका

    बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जात हरु मा जमुनापारि, बारबारी, […]

  • Naspati

    नास्पाती खेती गर्ने तरिका

    नास्पाती वा नासपाती (nashi pear), नेपालमा पाइने एक किसिमको फल हो। यसको उदगम पूर्वी एसिया मानिएको छ| नेपाली नाम नास्पाती ‘जापानी’ नाम बाट आयात गरिएको विश्वास गरिन्छ| नास्पाती (Pyrus pyrifolia/ Pear)कस्तो किसिमको हावापानीमा फस्टाउने फलफूल वाली हो ? यो एक समशितोष्ण पतझड फलफूल हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल […]

  • Nepalpatra

    मुखियालाई राष्ट्रपति कृषक पुरस्कार

    २२ असार, महेन्द्रनगर, धनुषा । माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका धनुषाका बौएलाल मुखिया राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । कृषिमन्त्री चक्रपाणि खनालले मुखियालाई बुधबार उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी रु एक लाख रहेको छ । बौएलालले माछापालनबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दैआउनुभएको छ । धनुषा सहिदनगर नगरपालिका–४ नन्नुपट्टीका ७० वर्षीय मुखियाले […]

  • Tomato

    गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

    २२ असार, बनियानी, झापा । गोलभँेडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिनुभएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो रु […]

  • mewaaa

    मेवा खेती गर्ने तरिका

    मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा छालाका […]

  • Dhan-kheti

    तीस प्रतिशत धान रोपाइँ

    २२ असार, विराटनगर । मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका थिए । जिल्लाको ३१ हजार ६१० हेक्टरमा वर्षभरि र ३७ हजार ७७८ हेक्टरमा मौसमी सिँचाइ सुविधा रहेको छ । “विगतको […]

  • tarkari

    तीन लाखको तरकारी नष्ट

    २२ असार, उर्लाबारी, मोरङ । लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा […]

  • orangeseed

    सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

    २१ असार, म्याग्दी ।  अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री भर्नुभएको छ । रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र […]

  • Planting

    बाह्र हजार फलफूलका बिरुवा वितरण

    १९ असार, रसुवा ।  जिल्लामा विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार पहिलो चरणमा बाढी पहिरोपीडित कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका ३०८ परिवारलाई १२ हजार ७०० फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ । कागती, सुन्तला, अम्बा र अलैँचीका बिरुवा वितरण गरिएको हो । […]

  • Tea

    चिया खेती गर्ने तरिका

    नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिव करिव विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ । दार्जिलिङकै […]

  • Orange

    सुन्तला खेती गर्ने तरिका

    सुन्तला नेपालमा पाइने एक प्रकारको फल हो । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ । सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तला को नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ । यसले अस्टियोस्पोरोसिसको […]

  • mangoes

    आँप खेती गर्ने तरिका

    आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ ।आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले […]

  • Community Forest

    आयस्रोत र समुदाय परिवर्तनको आधार बन्दै वन

    १७ असार, नुवाकोट ।  समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनका रुपमा रहेका सामुदायिक वन नुवाकोटमा अब्बल बन्दै गएका छन् । वन विभागले चालू आर्थिक वर्षको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ मार्फत मुलुकभरका सामुदायिक वनमा नुवाकोटको छापगैरा सामुदायिक वन ककनीलाई प्रदान गरेसँगै समुदायमार्फत सञ्चालनमा रहेका यहाँका सामुदायिक वनको व्यवस्थापन समेत […]

  • Dhan-kheti

    दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

    १५ असार, दाङ । पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ […]

  • Paddy

    रैथाने जात लोप हुँदै जाँदा परम्परागत धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

    १५ असार, पोखरा । “झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए । हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।” पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २०७५ का सन्दर्भमा रच्नुभएको असारे गीत हो यो । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै गर्दा पाखेले भने जस्तै परम्परागत खेती प्रणालीका साथै रैथाने धानका बीउहरू लोप हुँदै […]

  • seed-plantation

    एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

    १५ असार, चितवन ।  सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको हो । एक कर्मचारी एक फलफूलको बिरुवा रोपनका नामबाट प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले श्रीखण्डको बिरुवा रोपेर […]

  • Nepalpatra

    समन्वय समितिद्वारा योजनाको अनुगमन

    १४ असार, नेपालगन्ज ।  बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका नआएपछि समिति बैठकले आप्mनो छुट्टै निर्देशिका बनाएर अनुगमन शुरु गरेको हो । समितिले जिल्लामा सञ्चालित साना तथा ठूला विकासका योजनाको अनुगमन गर्ने र काममा ढिलासुस्ती, अनियमितता भएको पाइए […]

  • Onion

    प्याज खेती गर्ने तरिका, एकपटक पढ्नुस

    प्याज तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ । नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ। आव […]

  • Litchi

    लिची खेती गर्ने तरिका

    कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भन्छन, जेनस लिचीको एकमात्र सदस्य हो। यो ऊष्णकटिबन्धीय फल हो, जसको मूल निवास चीन हो । यो सामान्यतः मैडागास्कर, भारत, बंगलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण अफ्रीका र नेपालमा पाइन्छ। स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची। यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो। राम्रोसँग […]