, कोरोना विशेष

कोरोना विशेष

  • कोभिड-१९

    तेह्रथुममा पनि देखियो कोरोना संक्रमण

      तेह्रथुम, २२ जेठ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो । उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब […]

  • कोरोना भाइरस

    कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१४ पुग्यो

    कपिलबस्तु, जेठ २२ । कपिलवस्तु जिल्लामा आज बिहान थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १२ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४१४ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । आज बिहान कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा बाणगंगा नगरपालिका-१ का २१ का वर्षीय १ पुरुष जना, वाड न. २ […]

  • सलह

    भारतवाट नेपाल छिर्दै गरेको सलह के हो ?

    जेठ २२, काठमाडौं । सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । हाल देखिएको […]

  • कोरोना भाइरस

    गण्डकी प्रदेशमा आज बिहानै १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

    २२ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस […]

  • ६ वर्षकी बालिकाले जितिन् कोरोना

    शिक्षण अस्पतालमा उपचाररत ६ वर्षकी बालिकाले जितिन् कोरोना

    काठमाडौँ, २१ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार […]

  • कोरोना भाइरस

    कपिलबस्तुमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको ४०२ संख्या पुग्यो

    कपिलबस्तु, जेठ २१ । कपिलवस्तु जिल्लामा आज दिउसो थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ७ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । आज दिउसो कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा बुद्धभूमि नगरपालिका- ५ का १४, १७, २०, ४०, ४१, ४३ वर्षीय पुरुषहरु […]

  • कोरोना रिपोर्ट नेगेटिभ1

    सञ्चारकर्मीसहित १५० को रिपोर्ट नेगेटिभ

    जीतपुर, २१ जेठ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका १५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ । यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक सातापछि आज सार्वजनिक गरिएको हो । दुई दिनअघि वडा नं ११ का दुईमा सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरुको अहिले […]

  • मृत्यु-निधन

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

    काठमाडौँ, जेठ २१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते काठमाडौं मेडिकल […]

  • डा. विकास देवकोटा

    नेपालमा संक्रमितको संख्या २३०० पुग्यो, आज थपिए कोरोनाका नयाँ २०१ संक्रमित

    काठमाडौँ, जेठ २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । आज २०१ कोरोना संक्रमितहरुमध्ये १७९ जना पुरुषहरु र २२ जना […]

  • कोरोना संक्रमण मुक्त

    नेपालमा २७८ जनाले जिते कोरोना, थप १२ जना घर फर्किए

    २१ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका अनुसार कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालबाट १९ औँ दिनमा निको भएर घर […]

  • कोरोना संक्रमितलाई निमोनिया, स्वास्थ्य अवस्था गम्भीर

    जेष्ठ २१, रुपन्देही । दाङको बेलझुण्डी अस्पतालमा उपचारत कोरोना संक्रमित एक युवालाई निमोनिया भएको छ । दाङको बबई गाउँपालिका–६ का ३० वर्षीय युवा जेठ १७ गतेदेखि उपचार गराइरहेका छन् । संक्रमित युवालाई बेलझुण्डीबाट मंगलबार बुटवलस्थित कोरोना अस्पताल रिफर गरिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको एक चिकित्सकले बताए ।

  • कोरोना भाइरस (कोभिड-१९)

    कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

    २१ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । डा. तिवारीका […]

  • कोरोना सङ्क्रमण

    कोरोना भाइरस कहिले रोकिन्छ र सामान्य अवस्था कहिले हुन्छ ?

    बीबीसी । कोरोना भाइरसको प्रकोपको अन्त्य कहिले हुन्छ? हामी सामान्य जीवनमा कहिलेसम्म फर्कन सक्छौँ ? ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनले कोरोनाभाइरसको प्रभावलाई आगामी १२ हप्ताभित्र ‘बदल्न सक्ने’ विश्वास व्यक्त गरेका छन्। तर आगामी तीन महिनामा सङ्क्रमणको सङ्ख्यामा कमी आउन थाले पनि हामी त्यसको अन्त्यभन्दा निकै टाढा हुने छौँ।यसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न […]

  • नमस्कार गर्ने

    कोरोनाको प्रभाव: हात मिलाउने दिन फेरि कहिल्यै आउला ?

    बिबिसी । विश्वभरीका मानिसहरू एक अर्कालाई नछुन र हजारौँ वर्षदेखि चल्दै आएको जैविक र सामाजिक चलनबाट टाढा रहन सङ्घर्षरत छन् । एउटा निकै प्रचलित हात मिलाउने चलन महामारीपछि हराउन सक्छ तर विकल्पहरू पनि छन् । जेम्स जेफ्री लेख्छन: सामान्यदेखि ठूलाबडाहरूले विनम्रतापूर्ण रूपले हात मिलाउँछन्। भविष्यमा कहिल्यै भेट नहुने मानिससँग देखि अर्वौँ डलरको व्यापार सम्झौताका क्रममा […]

  • कोरोना भाइरस

    पर्साका थप ६ जनामा देखियो कोरोना संक्रमण

    पर्सा, जेठ २१ । पर्सा जिल्लामा आज बुधबार थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । आज संक्रमित हुनेहरुमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षीय पुरूषहरू ४ जना […]

  • कोरोना संक्रमण मुक्त

    कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना संक्रमण मुक्त

    कपिलबस्तु, जेठ २१ । कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । यससंगै कपिलवस्तुमा कोरोना भाइरस निको हुनेको संख्या ३२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । आज कोरोना भाइरस संक्रमणमुक्त हुनेहरुमा बुद्धभुमी नगरपालिकाका १ जना, यशोधरा गाउँपालिकाका २ जना र कृष्णनगर नगररपालिकाको ५ जना […]

  • कोरोना संक्रमण

    कपिलबस्तुमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि

    कपिलबस्तु, जेठ २१ । कपिलवस्तु जिल्लामा आज थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३९५ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । आज बिहान कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा बाणगंगा नगरपालिका-७ का ३४ वर्षीय पुरुष १ जना र वाड न. ९ का […]

  • आइसोलेशन वार्ड

    आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या

    लम्की, २१ जेठ । कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ । आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ । कैलालीका यी दुवै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको छ । मङ्गलबार कैलालीका १० जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितलाई […]

  • कोरोना संक्रमण

    दैलेखमा संक्रमित बढ्दैः रोकथाममा अन्योल

    दुल्लु, २१ जेठ । कोरोना रोकथामका लागि लगाइएको लकडाउनको ५६औं दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता बित्न लाग्दा दैलेखमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । मंगलबारसम्म संक्रमितको संख्या ९८ पुगेको छ । एक जना संक्रमितको मृत्यु पनि भएको छ । संक्रमण र संक्रमित दिनहुँ बढिरहँदा […]

  • कोरोना वार्ड

    अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

    बलेवा, २१ जेठ । सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ हुन थालेपछि विकल्पको खोजी हुन थालेको हो । भारतबाट आएकामा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि थप आइसोलेसन वार्ड बनाउन जिल्ला कमाण्ड पोष्टसहित सरोकारवाला जुटेको जिल्ला कमाण्ड पोष्ट […]