, कोरोना विशेष

कोरोना विशेष

  • डा. विकास देवकोटा

    नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ९ संक्रमित

    ८ जेठ, काठमाडौं । नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता डा. देवकोटाका अनुसार झापा र रुपन्देही जिल्लामा […]

  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

    नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए

    काठमाडौँ, जेठ ८ । नेपालमा आज ४ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । आज घर फर्किनेमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा […]

  • कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

    बुद्धमार्गका सबैको रिपोर्र्ट नेगेटिभ

    काठमाडौँ, ८ जेठ । कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिनुभयो । नगरपालिकाभित्रका तरकारी तथा फलफूल, […]

  • स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

    लकडाउनमा यस कारण कोरोनाको जोखिम बढ्दै

    जेठ ८, जनकपुरधाम । यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूकोे भनाइ छ । लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट […]

  • कोरोना भाइरस

    झापामा कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

    भद्रपुर, ८ जेठ । झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको […]

  • क्रिमसन अस्पताल

    नेपालमा कोरोना संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु

    रूपन्देही, जेठ ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूमा उपचाररत गुल्मीका कोरोना भाइरस संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ का स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले पुष्टि गरेका छन् । डा. चौधरीले उनको आज बिहान ७ बजेर १० मिनेटमा […]

  • कोरोना भाइरस (कोभिड-१९)

    नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ १७ संक्रमित

    ८ जेठ, काठमाडौं । नेपालमा आज बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयले बिहिवार बिहान ६:५० बजे सार्वजनिक गरेको […]

  • कोरोना भाइरस (कोभिड-१९)

    आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित

    ७ जेठ, काठमाडौं । नेपालमा आज साँझ फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७ जनामा पुष्टि भएको छ । यसको बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि भने गर्न बाँकी छ । प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना […]

  • बच्चालाई निमोनिया कोरोना भाइरस

    ३ बालिकासहित आज २५ जनामा सङ्क्रमण

    काठमाडौँ, ७ जेठ । आज २५ जनामा कोभिड १९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी (पश्चिम) जिल्लामा नयाँ २५ जना सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । नयाँ थपिएकासँगै कुल सङ्क्रमित ४२७ जना पुगेका छन् । थपिएका सङ्क्रमित […]

  • स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

    भारतबाट आएका थिए नवलपरासी सुस्ताका कोरोना सङ्क्रमित

    परासी, ७ जेठ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ । सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ […]

  • कोरोना भाइरस

    कपिलवस्तुमा १३ मा कोरोना संक्रमण पुष्टि

    ७ जेठ, काठमाडौं । बुधबार कपिलवस्तु जिल्लामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो […]

  • हलेसीमा सङ्क्रमित भेटिएपछि च्यास्मिटारमा उच्च सतर्कता

    खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरस सङ्क्रमित व्यक्ति फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा सङ्क्रमण देखिएपछि वडा नं ३ च्यास्मिटारस्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण वडास्तरीय समन्वय समितिले एक टोलबाट अर्को टोलमा जान रोक लगाएको छ । एक टोलबाट अर्को टोलमा […]

  • डा. विकास देवकोटा

    नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५ संक्रमित

    ७ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार धनकुटा, बाँके, कपिलवस्तु, नवलपरासी […]

  • नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए

    विराटनगर, जेठ ७ । नेपालमा आज ८ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । आज घर फर्किनेमा विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ८ जना रहेका […]

  • स्वाब संकलन

    पोखरामा आरडिटी परीक्षणः चार जनामा पोजेटिभ

    पोखरा, ७ जेठ । पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ व्यक्तिको मङ्गलबार आइडिटीबाट कोरोना परीक्षण गरिएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी […]

  • अस्पताल सिल

    गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु नभएको क्रिमसन अस्पतालको दावी

    जेष्ठ ७, रूपन्देही । कोरोना भाइरस संक्रमण पुष्टि भएका शिक्षकको मृत्यु नभएको बताएको छ । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ । बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार […]

  • कोरोना सङ्क्रमणबाटआमाको मृत्यु भएपछि शिशुको लागि आर्थिक सहयोग

    काठमाडौँ, ७ जेठ । कोरोना भाइरको सङ्क्रमणबाटआमाको मृत्यु भएपछि शिशुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले जिल्लावासी दिनेश खतिवडाले रु ५१ हजार सहयोग गर्नुभएको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका खतिवडाले आज मृतकका श्रीमान्को बैंक खातामा उक्त रकम जम्मा गरिदिनुभएको हो । मृतकका श्रीमान्ले आफ्नो पारिवारिक अवस्था अत्यन्त कमजोर भएकाले […]

  • कोरोना रिपोर्ट नेगेटिभ1

    आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

    रोल्पा, ७ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो । दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ । टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार […]

  • गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित

    काठमाडौँ, ७ जेठ । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताउनुभयो […]

  • क्वारेन्टाइन

    कपिलवस्तुको क्वारेन्टिनबाट भागे एघार जना

    कपिलवस्तु, ७ जेठ । यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिनुभयो । पन्ध्र दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव […]