, कोरोना विशेष

कोरोना विशेष

  • उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम– अनुसन्धान

    अनुसन्धानको निष्कर्ष : उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम

    वासिङ्टन, १९ जेठ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनका अनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो […]

  • डिस्चार्ज

    २५ संक्रमित अस्पतालबाट डिस्चार्ज

    रुपन्देही, १९ जेठ । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँचपाँच, सिद्धार्थनगर नगरपालिकाका एक, नवलपरासीका तीन जना र भारतका एक जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ का सामाजिक […]

  • कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि

    भद्रपुर, १९ जेठ । झापाको कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालको सबैभन्दा होचो स्थानका रुपमा रहेको सो गाउँपालिका यतिखेर कोभिड–१९ महामारीको सङ्कटसँग जुधिरहेको छ । कूल ४२ हजार जनसङ्ख्या रहेको दक्षिणी सीमास्थित सो गाउँपालिकामा प्रदेश नं. १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । तर महामारीसँग हार नखाएको गाउँपालिकाका […]

  • कोरोना सङ्क्रमितलाई निःशुल्क पौष्टिक खाना

    जनकपुरधाम, १९ जेठ । कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो बढ्दै गएपछि गैरसरकारी सामुदायिक संस्था सानो पाइलाले जेठ १४ गतेदेखि पोषिलो खाना तथा खाजा खुवाउन […]

  • भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

    भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

    १९ जेठ, भैरहवा । भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस (कोभिड-१९) संंक्रमित आज सोमबार बिहान डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेहरुमा ४ वर्षिया र १० वर्षिया बालिका सहित २२ जना पुरुषहरु र ३ जना महिलाहरु रहेका छन् । अस्पतालका अनुसार आज डिस्चार्ज हुनेहरुमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५ जना, लुम्बिनी […]

  • आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

    चितवन, १९ जेठ । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताउनुभएको छ । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी […]

  • कोरोना भाइरस (कोभिड-१९)

    कर्णाली प्रदेशमा आज ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९८ जना पुग्यो

    १९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । डा. तिवारीका अनुसार […]

  • कोरोना वार्ड

    आइसोलेसन कक्षको अभाव

    जलेश्वर, १९ जेठ । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० […]

  • कोरोना भाइरस

    कर्णाली प्रदेशमा थप ४३ जनामा देखियो कोरोना संक्रमण

    १९ जेठ, सुर्खेत । कर्णाली प्रदेशको थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ जना र दैलेखका २४ जना रहेका छन् । जुम्ला जिल्लाका संक्रमितहरुमध्ये २ जना प्रहरीहरु पनि रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ल्याब इन्चार्ज बिबेक पुन मगरका अनुसार गरिएको पीसीआर परीक्षणमा ४३ […]

  • स्कुल

    रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

    जुम्ला, १९ जेठ । फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती […]

  • क्वारेन्टिन

    क्वारेन्टिनबाट गोठमा राखेपछि …

    दुल्लू, १९ जेठ । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् […]

  • कोरोना भाइरस (कोभिड-१९)

    पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    १९ जेठ, काठमाडौं । पूर्वी नवलपरासीमा बिहान थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका २ जना र विनयत्रिवेणी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो […]

  • डा. विकास देवकोटा

    नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो, आज थपिए कोरोनाका नयाँ १६६ संक्रमित

    १८ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १६६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । जसमध्ये १४५० जना पुरुषहरु र ११७ जना महिलाहरु छन् […]

  • मृत्यु-निधन

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

    बाजुरा, जेठ १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्दा […]

  • कोरोना जितेर डिस्चार्ज भई घर फर्किए

    नेपालमा २२० जनाले जिते कोरोना, थप १ जना घर फर्किए

    १८ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएकी हुन् । मकवानपुरकी […]

  • मृत्यु-निधन

    बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकामा देखियो कोरोना संक्रमण

    बाजुरा, जेठ १८ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।  साथै उनको पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएकोमा नतिजा पोजेटिभ देखिएको हो । साथै उनकी २३ वर्षीया आमामा पनि कोरोन संक्रमण देखिएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । […]

  • स्वाब संकलन

    परीक्षणको दायरा बढाउन माग

    काठमाडौँ, १८ जेठ । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले रासससितको कुराकानीमा बताउनुहुन्छ । उहाँका अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने […]

  • कोरोना भाइरस

    प्रदेश २ मा थप ६० जनामा देखियो कोरोना संक्रमण

    १८ जेठ, वीरगञ्ज । प्रदेश २ का ३ वटा जिल्लामा आज आइतबार बिहान थप ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको गरिएको स्वाब परीक्षणमा आज धनुषा, रौतहट र सर्लाहीमा गरी थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी ३ जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण […]

  • भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

    परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए एक हजार

    बैतडी, १८ जेठ । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । यस्तै तीन भारतीय पनि भारत गएका उहाँले बताउनुभयो । […]

  • लक्ष्मी भट्टचन

    कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

    काठमाडौँ, १८ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक […]