अर्थ-वाणिज्य

  • दुई तहका संसदको प्रशासनिक खर्च नै सवा चार अर्व

    कार्तिक १६, काठमाडौँ | संघीय र प्रादेशिक संसद् सचिवालय गठनका लागि राज्यले वार्षिक सवा चार अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । संघीय संसद्, संसद् सचिवालय, सातवटा प्रदेश सभा, प्रदेश सभाका समिति र सचिवालय सञ्चालनका लागि वार्षिक चार अर्ब २५ करोड रुपैयाँ खर्च हुने भएको हो । संसद् सचिवालयको संघीय संसद् एवं सचिवालय र प्रदेश […]

  • लगानीकर्ताले गुमाए ७ अर्ब ९४ करोड

    कार्तिक १६, काठमाडौँ | बुधबार नेप्से परिसूचक ७ दशमलव शून्य २ अंक घटेको छ । नेप्से ओरालो लागेसँगै यस दिन लगानीकर्ताहरूले रू. ७ अर्ब ९४ करोड गुमाएका छन् । लगानीकर्ताको सम्पत्ति यस दिन घटेर रू. १७ खर्ब ७२ अर्बमा सीमित भएको छ । सूचीकृत कम्पनीहरू वित्तीय विवरण प्रकाशित गर्ने क्रममा रहेका छन् । हालसम्म प्रकाशित […]

  • खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

    कार्तिक १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ । त्यसैगरी डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । अब […]

  • कास्कीको सिक्लेस जलविद्युत् आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने

    कार्तिक १५, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो । कूल रु दुई अर्ब पाँच करोडको लागतमा […]

  • नेपाल र अष्ट्रियाबीच दुइ पक्षिय सम्झौतापत्रमा हस्ताक्षर

    कात्तिक १४, काठमाडौँ । नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र ‘अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बर’बीच द्विपक्षीय सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गरे । सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका […]

  • ह्याक गरेर चोरिएका एनआइसी एशिया बैंकको अधिकांश रकम फिर्ता

    कार्तिक १३, काठमाडौँ | एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता भएको हो । बैंकको कारोबार प्रणालीमा ह्याक (स्विफ्ट ह्याक ) गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले समाचारमा विभिन्न […]

  • प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २५ अर्ब खर्च हुने आँकलन

    कार्तिक १२, काठमाडौँ |  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि २५ अर्ब खर्च हुने आँकलन निर्वाचन आयोगले गरेको छ । यद्धपि चुनावमा खर्च अभाव नहोस भनेर अर्थमन्त्रालयले भने ३० अर्वको बजेट विनियोजन गरेको छ । गत स्थानीय तहको निर्वाचनमा ६ अर्ब ५० करोड खर्च भएको थियो । सरकारले उक्त […]

  • बाढी प्रभावितलाई घर बनाउन जापानबाट सहयोग

    कार्तिक १२ , चितवन | पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले शनिबार यहाँ एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरेको हो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा भएको […]

  • टनकपुर नाकाबाट थप विद्युत ल्याउने सम्झौता

    कार्तिक १०, काठमाडौँ |  गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।सो टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रवक्ता अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला हुनुहुन्छ । विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक […]

  • तीन महिनामा ५० करोडको सिमेन्ट बिक्री

    कात्तिक ९, कार्तिक । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र रु ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए । गैंडाछाप सिमेन्टको […]

  • तिहारको अवसरमा पोखरामा मात्र एक करोडको फुलको कारोबार हुँदै

    कार्तिक १, कास्की | ८० प्रतिशत स्थानीय उत्पादन पोखरा क्षेत्रमा यस बर्षको तिहार पर्वको अवसरमा स्थानिय स्तरमा उत्पादन भएको धेरै फुलले बजार पाउने भएको छ । पछिल्लो समयमा विभिन्न नर्सरी व्यवसायि तथा केहि कृषकहरुले समेत व्यवसायिक रुपमा फुलको खेति गर्न लागेकोले स्थानिय स्तरमा करिब पोखराको माग अनुसार ८० प्रतिशत जसो यही उत्पादन हुने गरेको छ […]

  • दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

    कार्तिक १, काठमाडौँ | तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र सडक मर्मतपछि यहाँ आउने पर्यटक बढेका हुन् । कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित नेपालको ताजमहल […]

  • झिलिमिली बत्तीमा झन्डै एक अर्ब खर्च

    असोज ३१, चितवन । दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलोमात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफैले कातेको बत्ती बालेर हर्षोल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झन्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ […]

  • एउटै गाउँबाट तीन करोडको माला बिक्री

    असोज ३१, काठमाडौँ | तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुरयाउन व्यस्त छन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको […]

  • चितवनमा अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण हुँदै

    असोज ३०, चितवन | जिल्लामा निर्माण गर्न लागिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्योग संघ चितवनको पहलमा भरतपुर महानगरपालिका–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा भाडामा लिएर केन्द्र निर्माण थालिएको हो । गत जेठ अन्तिम साताबाट निर्माण थालिएको प्रदर्शनी केन्द्रमा आगामी कात्तिक १७ गतेबाट अन्तरराष्ट्रियस्तरको पोल्ट्री एक्स्पो हुने भएपछि कामलाई […]