अर्थ-वाणिज्य

  • Mbl Bank logo

    माछापुच्छ्रे बैंकद्वारा ग्राहकहरुलाई क्यास ब्याक अफर

    २६ चैत, काठमाण्डौ । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा रु.१,००० ग्राहकको खातामा फिर्ता हुनेछ […]

  • IPO

    नाडेप लघुवित्तले ४.८ करोडको आइपीओ ल्याउँदै

    २६ चैत, काठमाण्डौ । इक्रा नेपालले नाडेप लघुवित्त बित्तीय संस्थाले जारी गर्न लागेको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)लाई आइपीओ ग्रेड फोर प्लसको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको बित्तीय अवस्था औसत भन्दा तल भन्ने हो । यो कम्पनीले निकट भविष्यमै ४ करोड ८० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्न लागेको छ । इक्रा […]

  • Nepse office

    बोनस समायोजनपछि एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य कति !

    २६ चैत, काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले सोमबार कम्पनीको १० प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बोनस समायोजनपछि एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य १ हजार ३ सय १४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १ हजार ३ सय ५२ रुपैयाँ ८२ पैसा लिइएको […]

  • Bullish trend share-market

    नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम अर्ब नजिक

    २५ चैत, काठमाण्डौ । आइतबार सेयरबजारमा उछाल आउँदा १६ कम्पनीका लगानीकर्ताले झण्डै दश प्रतिशतका हाराहारीमा कमाएका छन् । १७६ कम्पनीको कारोबार भएको बजारमा १४ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ । आज बजार उतारचढावका बीच ४४ दशमलव २६ अंकले बढेर १ हजार २ सय ९४ दशमलव ६५ को बिन्दुमा पुगेको छ । परिसुचक बढेसँगै आज […]

  • IPO

    हिमालय उर्जाले २४.७५ करोडको आइपीओ जारी गर्ने

    २५ चैत, काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ करोड ९० लाख बराबरको आइपीओ निश्कासन गर्नेछ । कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ […]

  • Century-Reliance

    सेञ्चुरी बैंक र रिलायंस लाइफबीच बैंकास्योरेन्स सम्झौता

    २५ चैत, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र […]

  • Bullish trend share-market

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्यो

    २२ चैत, काठमाण्डौ । बिहीबार नेपाल स्टक एक्सचेञ्जको कारोबार सूचक(नेप्से परिसूचक)मा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल देखिएको छ । बुधबार पनि बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको थियो । परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) एकसाथ बढ्नु बजारको भविष्यका लागि सुखद संकेत हो । यो प्रवृति जारी रहेको खण्डमा भविष्यमा बजारले उछालको गति लिने […]

  • RBB and Sanskrit University

    राष्ट्रिय वाणिज्य बैंक र संस्कृत विश्वविद्यालयबीच सम्झौता

    २२ चैत, काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । बिहीबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले हस्ताक्षर गरे । सम्झौता समारोहमा उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक […]

  • Nepse office

    नेप्सेको वेबसाइटमा समस्या, लागानीकर्ता अन्यौलमा

    २१ चैत, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् । सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन । तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको छ । समस्या समाधान गर्नका लागि पहल भइरहेको नेप्सले जानकारी दिएको छ । बजारका सूचना […]

  • bullness trend

    नेप्सेमा सामान्य वृद्धि, कारोबार २१ करोडमाथि

    २० चैत, काठमाण्डौ । आज बजार खुलेको एक घण्टा नबित्दै घटेको नेप्से पुर्ण रुपमा उकालो लागेर १ हजार १ सय ९९ अंकको विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्से ६ दशमलव ०४ प्रतिशतले बढेको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ सय ५५ दशमलव ९९ अंकमा पुगेको छ । धेरै […]

  • अमेरिकी अर्थतन्त्रमा प्रभाव पर्नेगरी चीनको निर्णय

    एजेन्सी, २० चैत ।  चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पर्नेगरी सीमा शुल्क बढाउने निर्णय गरेको छ । आफ्ना सामानको सीमा शुल्क बढाउने अमेरिकी निर्णयलाई उस्तै जवाफ दिएको छ । अमेरीकामा निर्यात हुने चिनीयाँ सामानमा अमेरिकाले सीमा शुल्क बढाएपछि चीनले पनि आफ्नो देशमा भित्रिने अमेरिकी सामानमा २५ प्रतिशतसम्म शुल्क बढाउने निर्णय गरेको छ । चीनले चीनमा निर्यात हुने […]

  • Nepal Dhitopatra Board

    गैरकानुनी ढंगवाट सेयर निष्काशन नगर्न बोर्डको निर्देशन

    २० चैत, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कतिपय जलविद्युत कम्पनीहरुले बोर्डको अनुमति विना शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाउदै त्यसो नगर्न निर्देशन दिएको छ । साथै बोर्डले बोर्डको अनुमति विना निष्काशन भएका सेयरमा लगानी नगर्न लगानीकर्तालाई सुझाब समेत दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कतिपय जलविद्युत […]

  • Just listed

    दुर्इ बाणिज्य बैंक सहित ५ कम्पनीको दुर्इ करोड ३८ लाख कित्ता सूचीकृत

    २० चैत, काठमाण्डौ ।  नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सिटिजन्स् बैंक इन्टरनेशनल सहित  नेपाल बंगलादेश बैंक, सहयोगी विकास बैंक र स्वावलम्बन लघुवित्तको बोनस  तथा हकप्रद सूचीकृत भएको छ । चार वटै कम्पनीकाे गरि कूल दुर्इ करोड ३७ लाख ९९ हजार ३२४ दशमलव ४३ कित्ता बोनस तथा हकप्रद सूचीकरण भएका छन् । मंगलबार सूचीकृत गराउने कम्पनीमध्ये सिटिजन्स् बैंकको […]

  • Nepal-Clearing-House

    क्लियरिङ्ग हाउसको अध्यक्षमा झलक शर्मा

    २० चैत, काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो ११० औं सञ्चालक समितिको बैठकबाट झलक शर्मा आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन र हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक हुन् । कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्रबैंक लगायत, वाणिज्य बैंकबाट […]

  • Sanjen IPO

    साञ्जेन जलविद्युत्तमा एक लाख ५६ हजार ६४५ आवेदकले पाए ४० कित्ता सेयर

    १८ चैत, काठमाण्डौ । साञ्जेन जलविद्युत्त कम्पनीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरेको सेयर आइतबार बाँडफाँड भएको छ । साञ्जेनले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेकोमा एक लाख ८५ हजार ३५ जना आवेदकले चार करोड २० लाख ३१ हजार २०० कित्ता सेयर माग गरेका थिए […]