अर्थ-वाणिज्य

  • Nepalpatra

    टिम्बर कर्पाेरेशनद्वारा ३२७ प्रतिशत बोनस सेयर प्रदान

    ३० पुस, काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पाेरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको टिम्बर कर्पाेरेशनमा हाल […]

  • share

    शेयर बजार दोहोरो अङ्कले बढ्यो

    ३० पुस, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा […]

  • NIC Asia

    उदयपुरमा एनआईसी बैंककाे शाखारहित बैंकिङ

    ३० पुस, उदयपुर । एनआईसी एसिया बैंकले उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका वडा नं–५, देउरीमा २३औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्रियुगा नगरपालिका–५, का वडा अध्यक्ष उद्धब थापाले शनिबार उक्त सेवाको उद्घाटन गर्नुभएको हो । सेवाका प्रतिनिधिको रुपमा श्रीहरि श्रेष्ठलाई नियुक्त गरिएको बैंकले जनाएको छ । यस सेवाबाट स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत […]

  • tamakosi

    पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

    ३० पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो । आइतबारदेखि दोस्रो बजारमा कम्पनीको […]

  • dhitoboard

    शेयर बजार घट्यो

    २९ पुस, काठमाडौँ । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ […]

  • chyau

    बलम्बु च्याउको मुनाफा ६१ लाख

    २८ पुस, काठमाण्डौ । बलम्बु च्याउ सहकारी संस्था लिमिटेडले गत आवमा कूल रु ६१ लाख २२ हजार ५९६ खुद नाफा आर्जन गरेको छ । आव २०७४÷०७५ मा रु दुई करोड एक लाख ६१ हजार ७४० निक्षेप सङ्कलन र रु तीन करोड ३० लाख ८२ हजार ९०१ कर्जा प्रवाह गरेको आज सम्पन्न १० औँ साधारणसभामा सहकारीका […]

  • agriculture bank

    कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

    २७ पुस, काठमाडौँ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार […]

  • money

    सहकारीमा तीन खर्ब दुई अर्ब बचत

    २७ पुस, काठमाडौँ । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले […]

  • Kumari Bank

    कुमारी बैंकले आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने

    २६ पुस, काठमाडौँ । कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको […]

  • dhitoboard

    शेयर बजारमा सामान्य सुधार

    २६ पुस, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्दुले बढेर २५० दशमलव ६५ विन्दुमा […]

  • bank

    एनआईसी बैंकको नयाँ शाखा जाजरकोटमा

    २७ पुस, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका डल्लीमा संचालनमा आएको छ । शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले उद्घाटन गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

  • Nic-Asia Bank

    एनआईसी बैंक र वर्ल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

    २६ पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वर्ल्ड रेमिट यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । उक्त सम्झौता अनुसार वर्ल्ड रेमिट मार्फत कतार, साउदी अरेविया, […]

  • nic

    एनआईसी बैंकद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

    २६ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले ५ लाखको बिमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्ने स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति बापत स्वर्गीय […]

  • money

    साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार

    २५ पुस, पोखरा । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा रु आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराउनुभयो । सोमध्ये सबैभन्दा धेरै नूनको […]

  • nic bank

    एनआईसी बैंकले पायो आईएसओ प्रमाणपत्र

    २४ पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पुनः अर्को अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । यस्तो अवार्ड युनाइटेड रजिष्टर सिष्टम इूकेएस–यूकेले प्रदान गर्ने गर्दछ । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार […]