, अर्थ-वाणिज्य

अर्थ-वाणिज्य

  • बजेट

    आगामी बजेटमा ऊर्जा : नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

    काठमाडौँ, १४ जेठ । आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आवको भन्दा झण्डै रु छ अर्ब कम हुने […]

  • सुन

    तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

    काठमाडौँ, १४ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा आज एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनको कारोवार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो । […]

  • डा. युवराज खतिवडा

    चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौँ, १३ जेठ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको चालू आर्थिक सर्वेक्षण २०७६/७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको सन्दर्भमा नेपालको आर्थिक वृद्धिदर सरकारले तय गरेको भन्दा निक्कै कम हुने बताउनुभएको हो । सरकारले चालू आवमा ८.५ […]

  • तीन करोड

    कोरोना कोषमा सवा २ अर्ब जम्मा, अहिलेसम्म खर्च नै गरिएन

    जेठ १३, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, […]

  • पैसा

    बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग

    फिदिम, १३ जेठ । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायी व्यवसाय बन्द गर्ने […]

  • बजेट

    खाद्य सङ्कट केन्द्रित बजेट ल्याउन सुझाव

    सुर्खेत, १२ जेठ । ‘कोभिड–१९’ नियन्त्रण र खाद्य सङ्कट समाधानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा अधिकांश प्रदेशसभा सदस्यले कोरोना रोग र सम्भावित भोक समाधान गर्ने गरी प्रदेश सरकारले आगामी आव (२०७७÷०७८) को बजेट […]

  • दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’

    भोजपुर, १० जेठ । अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सिल गरेको हो । प्रतिबोरा रु ७८५ मूल्य पर्ने युरिया मल रु दुई हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल […]

  • गण्डकी प्रदेशको बर्खे अधिवेशन : पोखरा सभागृहमा तयारी

    पोखरा, ९ जेठ । गण्डकी प्रदेशसभाको यही जेठ ११ गतेका लागि तय भएको बर्खे अधिवेशनका लागि यहाँको सभागृहमा आवश्यक तयारीको काम तीव्र पारिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सामाजिक दूरी कायम राख्न पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवन साँघुरोे भएपछि सरकारले उक्त सभागृहमा बजेट अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो […]

  • money-return

    श्रमिकको तलब सम्बन्धमा त्रिपक्षीय छलफल : आधा अहिले र आधा पछि ?

    काठमाडौं, ९ जेठ । बन्दाबन्दीको समयमा चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने सरकारले निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको […]

  • बजेट

    यस कारण वृद्धभत्ता र तलब नबढ्ने

    काठमाडौं, ९ जेठ । स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ । अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको बजेट निर्माण गरिरहेको हो । राजस्वको लक्ष्य गत वर्षकै हाराहारीमा राख्ने, आन्तरिक तथा बाह्य ऋण […]

  • २० अर्बको राहत प्याकेज ल्याउन सुझाव

    जेठ ५, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ । कोभिड १९ का कारण पर्यटन क्षेत्रमा परेको असरबाट यस क्षेत्रलाई बचाउन आवश्यक उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोर्डले उक्त सुझावसहितको प्रतिवेदन बुझाएको हो । उक्त राहत प्याकेज […]

  • petrol-pump-700x467

    पेट्रोलियम पदार्थको मूल्य नघटाउन मन्त्रीलाई चिठी लेखिएको खुलासा

    जेठ ५, काठमाडौं । पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ । २ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिएको हो । आजको नयाँ पत्रिका दैनिक लेख्छ–एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प […]

  • बजेट

    बजेटमा शिक्षा, स्वास्थ्य र कृषि प्राथामिकतामा

    चिप्लेढुङ्गा, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०७७/७७ मा शिक्षा स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर बजेट ल्याउने तयारी भएको जानकारी दिनुभएको छ । प्रदेश, अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयबीच आर्थिक वर्ष २०७७/७८को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाबारे विषयको छलफलमा मुख्यमन्त्री गुरुङले वर्तमान अवस्थाले शिक्षा, स्वास्थ्य र […]

  • पेट्रोल

    पेट्रोलियम पदार्थको मूल्य यथावत

    काठमाडौँ, ३ जेठ । नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ५६ पैसा बढेर आएको भए पनि कोभिड–१९ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता विनितमणि […]

  • बैंक

    वालिङ नपा जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु

    वालिङ, ३ जेठ । नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिने र थप ऊर्जा दिनका लागि स्थानीय सरकारको रूपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचको रूपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख दिलीपप्रताप […]

  • तीन करोड

    दश महिनामा ५६८ फर्मलाई जरिवानाः तीन करोड राजश्व

    काठमाडौँ, १ जेठ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ । गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका […]

  • नेप्से

    नेप्सेको ओरालो यात्रा कायमै

    काठमाडौँ, ३१ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०.३२ मा पुगेको छ । परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको […]

  • रकम

    गाउँपालिकाको कोषमा नेकपाको सहयोग

    दमौली, ३१ वैशाख । तनहुँको देवघाट गाउँपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँ कमिटीले रु रु दुई लाख ६९ हजार ५५ सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण र बन्दाबन्दीबाट प्रभावितलाई राहत वितरणका लागि खडा गरिएको कोषमा नेकपाले उक्त सहयोग गरेको हो । पार्टी अध्यक्ष भुवनसिंह गुरुङले […]

  • यस्तो छ सातै प्रदेशको अर्थतन्त्रको आकार

    काठमाडौँ, ३० वैशाख । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मुलुकको सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा रहेको छ । कूल जिडिपीमा सो प्रदेशको योगदान ३५.८४ प्रतिशत रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कूल ग्रार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेश सबल रहेको देखाएको हो । विभागका अनुसार सो प्रदेशको अर्थतन्त्रको […]

  • no petrolium products

    बन्दाबन्दीः पाँच दिनमा बिक्ने तेल ४५ दिनमा

    काठमाडौँ, ३० वैशाख । लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री भएको नेपाल आयल निगमले जनाएको छ । निगमको तथ्यांकानुसार गत चैत ११ गतेदेखि वैशाख २८ गतेसम्म देशैभर उक्त ६८ हजार किलोलिटर डिजेल र १६ हजार […]