, स्वास्थ्य

स्वास्थ्य

  • कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको गरियो दाहसंस्कार

    कोरोना भाइरसका कारण ललितपुरमा १ जनाको मृत्यु, मृतक संख्या ५ पुग्यो

    १४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ बुङमतीका ५७ वर्षीय पुरुषको ललितपुरको किष्ट अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त अस्पतालका अनुसार उनको बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो […]

  • कोरोना भाइरस

    आज थप ११४ नयाँ कोरोना सङ्क्रमण पुुष्टि

    काठमाडौँ, जेठ १४ । आज कूल ११४ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष र ९० महिला रहेको जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन […]

  • nepali army

    सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै सङ्क्रमित फेला परेको हो : सेना

    काठमाडौँ, १४ जेठ । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९ को जोखिम नियन्त्रणमा भइरहेको प्रयास र राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाद्धारा आज यहाँ आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड–१९ […]

  • कोरोना भाइरस

    दैलेखमा कोरोनाका सङ्क्रमित बढ्दै

    दुल्लु, १४ जेठ । कर्णाली प्रदेशका पहिलो कोरोना पोजेटिभ पुष्टि भएका आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवकसँगै दिनहुँ दैलेखका विभिन्न स्थानमा परीक्षणका क्रममा सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । जेठ ५ गते आठबीस नगरपालिका वडा नं १ सत्ताला गाउँका ३५ वर्षीय युवकमा कोरोना पुष्टि भएसँगै मङ्गलबारसम्म यो क्रम बढेको छ । […]

  • प्रहरी उपरीक्षककै गार्ड र चालकलाई कोरोना संक्रमण भएको पुष्टि

    जेठ १४, जनकपुर । प्रहरी उपरीक्षकको सुरक्षामा खटिने सुरक्षा गार्ड र गाडी चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सिरहाका उपरीक्षकको सुरक्षामा खटिने ३० वर्षीय सुरक्षा गार्ड र ३९ वर्षीय एक चालकमा संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले बनाएको आईसोलेशन वार्डमा भर्ना गरिएको छ ।

  • स्वाब संकलन

    राससकर्मीसहित १५२ को स्वाब सङ्कलन

    जीतपुर, १४ जेठ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा १५२ जनाको आज स्वाब सङ्कलन गरिएको छ । स्थानीय सिद्धार्थ क्याम्पसमा १७ सञ्चारकर्मी, १३ जनप्रतिनिधि, २८ कर्मचारी, दुई सुरक्षाकर्मी, ५५ क्वारेन्टिनमा बसेका र ७७ जना नगरवासीकोे स्वाबको नमूना संकलन भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । सञ्चारगृहमा कार्यरत दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि राससकर्मी, सामुदायिक रेडियो तथा टेलिभिजन […]

  • विराटनगरका ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्कने

    कोशी अस्पतालवाट कोरोना जितेर थप ४ जना घर फर्किए

    १४ जेठ, विराटनगर । विराटनगरस्थित कोशी कोभिड-१९ अस्पतालमा उपचाररत थप ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार आज उदयपुर भुल्केका ३ जना महिलाहरु र १ जना पुरुष गरी ४ […]

  • डा. विकास देवकोटा

    नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ११४ संक्रमित

    १४ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार बिपी कोइराला प्रतिष्ठान धरान, कोशी अस्पताल बिराटनगर, […]

  • पर्साबाट थप २१ जना कोरोनालाई जितेर फर्किए घर

    नेपालमा अहिलेसम्म १८३ जनाले कोरोनालाई जितेर घर फर्किए

    १४ जेठ, काठमाडौँ । नेपालमा थप २८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पर्साको बिरगंजमा रहेको नारायणी अस्पतालवाट २१ जना कोरोना निको भएर घर फर्किएका […]

  • विदेशबाट फर्केकाको आरडीटी टेस्टमा पैसा नलिना सर्वोच्च अदालतको आदेश !

    १४ जेठ, काठमाडौं । कोरोना भाइरसले गर्दा सरकारले विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने तयारी गरिरहेको छ। नेपालीहरुलाई नेपाल ल्याउँदा नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिकानिर्देशिकामा आरडीटी टेष्टको खरिद मूल्यमा २० […]

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    ५ लाखको कोरोना परीक्षण गर्ने सरकारको तयारी

    काठमाडौँ, जेठ १४ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण प्रभावित क्षेत्र र संक्रमितको सम्पर्कमा रहेका करिब ५ लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारत लगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आंकलन सहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ । स्वास्थ्य तथा […]

  • कोरोना संक्रमण

    कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

    विराटनगर १४ जेठ । कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ । सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै ४५० श्यया (बेड) को आइसोलेसन उपचार केन्द्र निर्माणकार्यलाई […]

  • कोरोना भाइरस (कोभिड-१९)

    झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    १४ जेठ, विराटनगर । झापा जिल्लामा थप १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कचनकवल गाउँपालिकामा १५ जना र गौरदह नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १७ जना थपिएसंगै झापामा कोरोना […]

  • गर्भवती महिलामा देखियो कोरोना संक्रमण

    हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा देखियो कोरोना संक्रमण

    हेटौंडा, जेठ १४ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौंकी टोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको हेटौंडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएपछि उनलाई भरतपुरस्थित आईसोलेसनमा लगिएको छ । उनका श्रीमानको पनि स्वाब संकलनको तयारी गरिएको छ […]

  • कोरोना भाइरस

    भारतबाट आएका रौतहटका थप ३५ जनामा देखियो कोरोना संक्रमण

    रौतहट, जेठ १४ । रौतहट जिल्लामा आज बुधबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । आज काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २८ जना र हेटौंडामा गरिएको परीक्षणमा ७ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएको हो । जस अनुसार चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका […]

  • कोरोना भाइरस

    भारतवाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण पु्ष्टि

    बागलुङ, जेठ १४ । भारतबाट आएका बागलुङ जिल्लाका ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा. शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थायी ठेगाना भएका सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका […]

  • कोरोना भाइरस परीक्षण

    मृतकको पिसिआर रिपोर्ट नेगेटिभ

    काठमाडौँ, १४ जेठ । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । क्वारेन्टिनबाट निक्लिएपछि उहाँको सोमबार मृत्यु भएको थियो । मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल […]

  • पर्साबाट थप २१ जना कोरोनालाई जितेर फर्किए घर

    पर्साबाट थप २१ जना कोरोनालाई जितेर फर्किए घर

    वीरगन्ज, जेठ १४ । पर्सा जिल्लाबाट थप २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएर घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालका चिकित्सको निगरानीमा संचालन भएको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेकाहरुको चार पटक सम्मको पिपिआर टेस्ट रिर्पोट नेगेटिभ आएपछि हिजो अवेर राती डिस्चार्ज गरिएको हो । उनीहरुलाई हिजो राति अस्पतालवाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने […]

  • योगाभ्यास

    झापाको क्वारेन्टिनमा योगाभ्यास

    कनकाई, १४ जेठ । झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ । नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो । कोरोनाको कहरसँगै लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक […]

  • कोरोना संक्रमण

    एकैपटक ९० जनामा कोरोना संक्रमण, ७७२ पुगे

    काठमाडौँ, १३ जेठ । कोभिड-१९ को संक्रमण आज एकै दिन ९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज एकै दिन १५ जिल्लामा ९० जनामा पुगेसँगै सङ्क्रमितको सङ्ख्या ७७२ पुगेको बताउनुभयो । यो अहिलेसम्मकै सबभन्दा ठूलो सङ्ख्या हो । हिजो मात्र ७९ […]