१६ असोज, काठमाडौं । फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । मंसिर ७ गतेबाट रिलिज हुने फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, […]
‘दशैं खर्च’ सार्वजनिक (भिडियोसहित)
१५ असोज, काठमाडौँ । सर्जक प्रेम सापकोटाको नयाँ एल्वम ‘दशैं खर्च’ बजारमा आएको हो । दशैंमा प्रदेशमा रहँदाको पीडा र घर परिवारलाई खर्च पठाउन नसकेको समस्यालाई उजार गर्दै सापकोटाको गीत बजारमा आएको हो । आफ्नै शब्द संगीतमा सापकोटाले तयार पारेको गीतमा देवी घर्तीले स्वरका लागि साथ दिएकी छन् । युट्युव च्यानलमार्फत् बजारमा आएको गीतको म्युजिक […]
गीतकार राईको ‘खुसि लुट्नेहरु’ भिडियो सार्वजनिक
४ असोज, काठमाडौं । गीतकार एलिशा सुच्चा राईको शब्दमा रहेको ‘खुसि लुट्नेहरु’ गीतको भिडियो सार्वजनिक भएको छ । यादु राईको संगीत र रबिना बादीको स्वर रहेको यस गीतमा रबिना आफैले अभिनय गरिकी छिन् । दिपक चाम्लिङ्को निर्देशन तथा सम्पादनमा रहेको यस गीतमा क्यामेरा भने यादु आफ्नै रहेको छ । गीतकार राई बेलायतमा कार्यरत छिन् । […]
दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’
४ असोज, काठमाडौँ । ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ । छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो । ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले पनि यो कार्यक्रमप्रतिको आकर्षणलाई देखाउँछ । मेचीदेखि महाकालीसम्म करीब दुई हजार […]
‘प्रसाद’को लिरिकल गीत ‘लै लै’ सार्वजनिक (भिडियोसहित)
३ असोज, काठमाडौं । विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत अभिनित चलचित्र ‘प्रसाद’को लिरिकल भिडियो सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत फिल्ममा समावेश ‘लै लै’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा गणेश शाहीको शब्द, सुवास भुषालको संगीत तथा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई दिनेश […]
हरिवंशको ‘जे भने नि हुन्छ मलाई, पैसा लाग्दैन’ सार्वजनिक (भिडियोसहित)
१ असोज, काठमाडौं । वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यले ‘जे भने नि हुन्छ मलाई’ नामक एल्बम बजारमा ल्याएका छन् । समाजका निर्धा नागरिकलाई जसले भने पनि हुने, जे गरे पनि हुने, सक्दो सराप्दा पनि धन खर्च नहुने भन्दै अरूबाट हेपिएकाहरूको भावना गीतमा उठाइएको छ । गीतमा शब्द, लय र आवाज आचार्यको नै रहेको छ । […]
‘कथा काठमाडौं’लाई चलचित्र विकास बोर्डले कारबाही गर्न निर्देशन
२९ भदौ, काठमाडौं । गीत रिलिज देखिनै चर्को आलोचना खेपिरहेको फिल्म ‘कथा काठमाडौं’लाई चलचित्र विकास बोर्डले कारबाही गर्ने निर्देशन सहितको पत्र काटेको छ । फिल्ममा समावेश गीत ‘रातको कुरा’ यूट्युबमा रिलिज भएसँगै उक्त गीतमा भएको इन्टिमेट सिनको चर्को आलोचना भइरहेको थियो। उक्त कुरा फिल्मको ट्रेलरमा पनि देखियो । उनीहरुको विवाद निकै माथिसम्म पुगेको छ । […]
मेलिना र टम्पशेरको ‘सुखमा होस्’ सार्वजनिक(भिडियोसहित)
२० भदौ, काठमाडौं । मेलिना राई र गायक तथा संगीतकार टम्पशेर राईको आवाजमा रहेको ‘सुखमा होस्’ गीतको भिडियो सार्वजनिक भएको छ । टम्पशेर र गोपीकृष्ण राईको शब्द रहेको यस गीतमा संगीत पनि टम्पशेरको आफ्नै रहेको छ । अस्मिता राई र गोपीकृष्णको आफ्नै अभिनय रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् । आमोस तामाङको एरेन्जमा रहेको […]
ह्रस्व, दीर्घका नियम सिकाउने गीत सार्वजनिक (भिडियोसहित)
२० भदौ, काठमाडौं । नेपाली ब्याकरण सिकाउने गीत बजारमा आएको छ । काठमाडौंको शंकमुलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका छन् । ‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् । एआइए स्कुल शंखमुलका […]
तिम्बुङ पोखरी महोत्सव हुँदै
१९ भदौ, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो । जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न यही भदौ २२ देखि २४ गतेसम्म महोत्सव हुने सो गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । […]
बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा नोरा फतेहीसँग डेटिङमा
१८ भदौ, काठमाडौं । एक समयमा अभिनेता सिद्धार्थ मल्होत्रा र आलिया भट्ट एकअर्काको प्रेममा थिए । तर आलियाले अर्का अभिनेता रणवीर कपूरलाई पाउनका लागि सिद्धार्थसँगको सम्बन्ध तोडिदिइन् । एक वर्षअघि रणवीरका लागि आलियाले बीचैमा छोडेर गएपछि एक्ला भएका सिद्धार्थ मल्होत्राको नाम त्यस यता कहिले अभिनेत्री ज्याकलिन फर्नान्डिजका साथ जोडियो त कहिले कियरा अड्वाणीका साथ जोडियो […]
‘कथा काठमाडौं’को ट्रेलर सार्वजनिक
१८ भदौ, काठमाडौं । असोज १२ बाट प्रदशर्नमा आउने फिल्म ‘कथा काठमाडौं’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं भित्रका तीन भिन्न भिन्न कथालाई प्रस्तुत गरिएको बताइएको छ । केही समय अगाडि सार्वजनिक भएको फिल्मको गीत निकै विवादित बनेको थियो । भिडियोमा प्रियंका […]
गायक राईलाई अस्मिता राई मन परेपछि यसो गरे (भिडियो सहित)
१४ भदौ, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘मनपरो मलाई’ गीतको भिडियोको सार्वजनिक भएको छ । गायिका पुष्पा थापाको आवाजमा रहेको यस गीतमा एरेन्ज अमोस तामाङको रहेको छ । मायापिरतीसँग आधारित रहेको यस गीतमा अभिनय अस्मीता राई र गायक टम्पशेर राईको आफ्नै रहको छ । रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा […]
सञ्चारकर्मी गौतमको ‘माइतीको देश’ सार्वजनिक (भिडियोसहित)
१२ भदौ, काठमाडौं । पुर्वकी चर्चित सञ्चारकर्मी तथा गायिका गंगा गौतम आचार्यको ‘माइतीको देश’ बोलको नयाँ तीज गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आचार्यले आफ्नो सांगीतिक एल्बम ‘झल्को’ बजारमा ल्याएकी छिन् । यस एल्बममा ३ वटा तीज गीत समावेश गरिएको छ । राजकुमार बगरको शब्द/संगीत रहेको […]
‘रोज’को ट्रेलर सार्वजनिक
८ भदौ, काठमाडौं । प्रदीप खड्का अभिनित फिल्म ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोदन, द्वन्द्व, थ्रिलर जस्ता सबै पक्षलाई समेटिएको छ । ‘गोपीकृष्ण मुभिज’ र ‘आरोही इन्टरटेन्मेन्ट’को संयुक्त ब्यानरमा निर्मित फिल्म ‘रोज’मा प्रदीपसँगै परमिता आरएल राणा र मिरुना मगरको मुख्य […]
‘आए म तिम्रो छेउ’ बोलको गीतको भिडियो सार्वजनिक
८ भदौ, काठमाडौं । भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’को गीत रिलिज भएको छ । बिहीबार युट्युबमार्फत फिल्ममा समावेश ‘आए म तिम्रो छेउ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुन कै शब्द समावेश उक्त गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ। थ्रिलर लभ […]
‘जानी नजानी लाएको माया’ गीतको भिडियो सार्वजनिक
७ भदौ, काठमाडौं । गायक सुनिल सिंह ठकुरीको ‘जानी नजानी लाएको माया’ गीतको भिडियो सार्वजनिक भएको छ । ठकुरीकै शब्द संगीतमा रहेको यस गीतको एरेन्ज बाबु प्रधानले गरेका छन् । गीतलाई प्रदिप थापा र रजिन मगरले सम्पादन गरेका छन् । सतिज थापाको निर्देशन रहेको गीतको भिडियोमा रुद्रसिंह थापा, रुबी शर्मा र रबिन केसीको अभिनय रहेको छ । […]
गायक तथा संगीतकार राईको ‘सकिन बन्न’ गीतको भिडियो सार्वजनिक
६ भदौ, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको स्वरमा रहेको ‘सकिन बन्न’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गोपीकृष्ण राईको शब्द रहेको यस गीतमा टम्पशेर राईको आफ्नै संगीत रहेको छ भने एरेन्ज आमोस तामाङको रहेको छ । एकदमै आधुनिक खालको र समय सापिक्षे अनुसारको रहेको यस गीतमा क्रिष्टिना थापा र गोपीकृष्ण राईको अभिनय […]
गीतकार राईको ‘बादल पारी तिम्रो सहर’ गीतको भिडियो सार्वजनिक
५ भदौ, काठमाडौं । गीतकार एलिशा सुच्चा राईको शब्दमा रहेको ‘बादल पारी तिम्रो सहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जीतेन बान्तवा राई र सुस्मिता राईको आवाजमा रहेको गीतमा कम्पोज पनि बान्तवाकै रहेको छ । यस गीतको एरेन्ज पुष्कर सुनुवारको रहेको छ । गीतकार राई बेलायतमा कार्यरत हुनुहुन्छ । आफ्नो जन्म भुमि भन्दा टाढा भएर पनि सांगीतिक क्षेत्रलाई […]
सञ्चारकर्मी खड्काको ‘घिनघिन मादल’ सार्वजनिक (भिडियोसहित)
३ भदौ, काठमाडौं । पुर्वकी चर्चित सञ्चारकर्मी चन्दा खड्काको घिनघिन मादल बोलको नयाँ तीज गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पूर्वकी सञ्चारकर्मी तथा गायिका खड्काले आफ्नो चौथो सांगीतिक एल्बम संगी बजारमा ल्याएकी छिन् । राजकुमार बगरको शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वाट […]
‘मेरी मामु’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
१ भदौ, काठमाडौं । फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ललितपुरमा रहेको डिएभी विद्यालयमा त्यहाँका विद्यर्थीबीच फिल्मको ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका प्राय: सम्पूर्ण कलाकारहरूलाई फिचर गरिएको छ । जहाँ फिल्मका बाल कलाकार आयुव सेन केन्द्रीय पात्र बनेका छन् । फिल्म नै बालमनोविज्ञानमा आधारित भएका कारण ट्रेलर विद्यालयमा रिलिज […]
गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन
१ भदौ, न्यूयोर्क । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । उनको […]
‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक
३१ साउन, काठमाडौं । फिल्म ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको गीत रिलिज गरिएको हो । सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आर्यन […]
गीतकार दिलिप योन्जन तामाङको “आफ्नै छायाँले” गीतको भिडियो लोकप्रिय हुदै
२६ साउन, काठमाडौँ । गीतकार दिलिप योन्जन तामाङको “आफ्नै छायाँले” गीतको भिडियो लोकप्रिय हुदै गएको छ । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वर रहेको यो म्युजिक भिडियो धेरै दर्शकको मन जितेको छ । उक्त गीतमा दिलिप योन्जन तामाङको शब्द, रामकृष्ण ढकालको स्वर र राजेश थापाको संगीत रहेको छ । उक्त गीतमा कजिश श्रेष्ठको निर्देशन रहेको छ भने पुष्प खडका, […]
भाउजु
पिडादायी अतितको अगेनुमा बसेर रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा तर कहिले उड्न सक्दैन आकासमा नदि किनारका भक्तिनिहरुले जस्तै लाखौपल्ट नुहाएका छन् भान्साका भाडाहरुले तर कहिल्य मुक्त हुन सकेका छैनन् प्लेटहरु चम्चाहरु अनि ग्लासहरु गोलचक्कर पटरिमा दौडने रेल जस्तै भाउजु निरन्तर दौडिरहेकै छिन् भान्सा, पधेरो, जुठेल्नो र आगनमा तरकारि बनेर भाउजु रेटिएकि छन् हजारौ […]
भरत लिमेलको अर्को गीत ‘साहराको बढाएउ हात’ को भिडियो सार्वजनिक
२५ साउन, काठमाडौं । गायक भरत लिमेल मगर र गायिका श्रीजना भट्टराईको आवाजमा सजिएको ‘साहराको बढाएउ हात’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार दिनेश सुबेदीको शब्द र मिलन तिमिल्सिनाको संगीत रहेको गीतको भिडियो हाइलाइटस नेपाल YouTube मार्फत सार्वजनिक भएको छ । गायक मगरको दोस्रो एल्बम ‘मनको कुरा’ मा समाबेश भएको यस गीतको […]
पल र सृष्टिको ‘तिम्रो महल ‘सार्वजनिक (भिडियोसहित)
२३ साउन, काठमाडौं । नायक पल शाह र सृष्टि खड्का अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ । सार्वजनिक ‘तिम्रो महल’ बोलको गीतमा हरि लम्सालको संगीत, अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ। निशान घिमिरेले निर्देशन गरेको भिडियोमा पल र सृष्टीको जोडी सुहाएको देखिन्छ । निशान भिडियो सम्पादक हुन् । तर उनी पछिल्लो […]
सञ्चारकर्मी भण्डारीको ‘ऐलेको तीजैमा’ सार्वजनिक
२१ साउन, काठमाडाैं । सञ्चारकर्मी कल्पना भण्डारीको नयाँ तीज गीत ‘ऐलेको तीजैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतका शब्दहरुमा तीजको नाचगान र रमाइलोबाहेक छोरीले पनि मौका पाउँदा देशका लागि योगदान दिन सक्छन् भन्ने सन्देश पनि समावेश छ । विपिन किरणको शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लले संगीत दिएका छन् । राज महर्जनको कोरियोग्राफी […]
२१ साउन, काठमाडौं । रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निकैनै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेर राईले ‘बाबाले रोजेको’ बोलको गीतमार्फत कलाकारितामा डेब्यु गरेका छन् । सञ्चारकर्मी राईको आफ्नै शब्द संगीतमा रहेको ‘बाबाले रोजेको’ गीतमा प्रथम नेपाली तारा दीपक लिम्बू र नव गायीका अल्का कार्कीढोलीको आवाज रहेको छ । राईको संगीतमा रहेको गीत […]
‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
१४ साउन, काठमाडौं । भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा तीन भर्जिन पात्रहरूले आफ्नो भर्जिनिटी तोड्नका लागि गरेको संघर्ष देखाइएको छ । ‘वर्ल्ड वाइड फिल्म ड्रिस्टिब्युसन’ को व्यानरमा निर्माण भएको यस फिल्मलाई विशारद बस्नेतले निर्देशन […]
फक्स खरिद गर्न डिस्नेद्वारा ७१ अर्ब डलर प्रस्ताव
१३ साउन, न्यूयोर्क । ट्वन्टी–फस्ट सेन्चुरी फक्स इन्टरटेनमेन्ट अधिग्रहण गर्न डिस्नेको ७१ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई सेयरधनीहरुले मन्जुरी दिएका छन् । यो मन्जुरीसँगै डिस्नेले फक्स खरिद गर्ने प्रक्रिया एक कदम अघि बढेको छ । यो खरिदबाट मार्भेलको एक्स–मीन र एभेन्जर्सको मताधिकार हासिल हुनेछ र डिजिटल स्ट्रिमिङमा मनोरञ्जनको विशाल भण्डार उपलब्ध हुनेछ । सेयरधनीहरुले […]
मोनिका बनिन् ‘मिस क्विन लमजुङ’
१३ साउन,बेसीशहर, लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै […]
हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो
११ साउन, लमजुङ । “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो । राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो […]
६ साउन, काठमाडौँ । गीतकार दिलिप योन्जन तामाङको “हावा बनी छुए तिमीलाई” गीतको भिडियो सार्बजानिक भएको छ । गायक युवराज चौलागाईको स्वर रहेको यो म्युजिक भिडियोले धेरै दर्शकको मन जित्ने देखिन्छ । युवा युवतीमा उत्पन्न प्रेमका भावहरु समेटिएको नयाँ आधुनिक गीतको म्युजिक भिडियोमा गीतकार दिलिप योञ्जन तामाङको शब्द रचनामा रहेको गीतमा राजेश थापाको सुमधुर संगीत रहेको छ भने गीतमा […]
६ साउन, काठमाडौँ । गीतकार दिलिप योन्जन तामाङको “आफ्नै छायाँले” गीतको भिडियो बजारमा दुई हप्ताअघि सार्बजानिक भएको छ । मेलिना राईको सुमधुर स्वर रहेको यो म्युजिक भिडियो धेरै दर्शकको मन जित्ने देखिन्छ । उक्त गीतमा दिलिप योन्जन तामाङको शब्द, मेलिना राईको स्वर र राजेश थापाको संगीत रहेको छ । उक्त गीतमा बिरेन्द्र नौभागयको निर्देशन रहेको छ […]
चलचित्र नगरीका लागि गोरखा र धादिङमा अध्ययन
६ साउन, काठमाडौँ । चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ । भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको […]
गायक अरुणको संझना
६ साउन, काठमाडौँ । ‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल……’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ । नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उहाँहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको […]
मौलिकताको खोजीमा लोकगायिका
१ साउन, काठमाडौँ । नौ डाँडा काटेर पारि छोडी आयाँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट सररर…..हावा चल्यो लाँकुरीको बोट । असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिनुहुन्न । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फुल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई […]
उत्कृष्ट दश गीत छनोट
२४ असार, काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् । गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो । उत्कृष्ट १० मा परेका गीतकारहरुमा […]
चलचित्र म्हेन्दूको फर्स्ट लुक सार्बजानिक
२२ असार, काठमाडौं । हिमाली कथाबस्तुमा बनेको चलचित्र म्हेन्दूको फस्टलुक पोस्टर सार्बजानिक भएको छ । चलचित्रका निर्माता अर्जुन डोटेलले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टर सार्बजानिक गरेका हुन् । सार्बजानिक पोस्टरले हिमाली जनजीविका र प्राकृतिक सौन्दर्यलाइ उठान गरेको छ । डोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले डोल्पाका स्थानिय बासिन्दाको अवस्था र भोगाइलाई चित्रण गरेको निर्माता डोटेलले बताएका छन् […]
बेहुला–बेहुलीलाई अग्नीको अगाडि किन खुवाइन्छ कसम ?
हिन्दु धर्मको १६ संस्कार मध्ये एक विवाह हो । विवाहमण्डपमा पुरोहितले इश्वरलाई साक्षी राखेर केटा–केटीको सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्ने चलन रहिआएको छ । वैवाहिक समारोहमा आगो वा अग्नीको अगाडि बेहुला–बेहुलीलाई सात पटक घुमाएर वाचाकसम खुवाउने गरिन्छ । आगो वा अग्नीको अगाडि घुमाएर वाचाकसम खुवाउनुको पछाडिका कारण निम्न छन् : १. अग्नीको वेद र शास्त्रमा […]
श्रीदेवीकी छाेरी जान्हवीकाे डेब्यू फिल्म ‘धडक’ को ट्रेलर सार्वजनिक
१२ असार, काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म प्रेम कहानीमा आधारित छ । जान्ह्वी कपूरको जोडीको रुपमा ईशान खट्टर रहेका छन । ईशान खट्टर अभिनेता साहिद कपूरका सौतेनी भाई हुन् । यो फिल्ममा राजस्थानका एक जोडीको प्रेमलाई देखाइएको छ । दुवैले […]
‘भैरे’ को ट्रेलर यस्तो छ (भिडियोसहित)
११ असार, काठमाडौं । साउन ४ गते रिलिज हुने नेपाली चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ्ग राईको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर रिलिज भएको हो । चलचित्रका कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत लगायत र निर्माण टिमको उपस्थिति थियो । ट्रेलर प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको छ […]
‘मनको कुरा’ गीतको भिडियो सार्वजनिक
१० असार, काठमाण्डौ । गायक भरत लिमेल मगर र रीना बोगटीको आवाजमा रहेर्को ‘मनको कुरा’ गीतको भिडियो सार्वजनिक भएको छ । ब्याकुल माइलाको शब्द र मिलन तिमिल्सिनाको संगीत रहेको छ । उक्त गीत विशन मानन्धरको एरेन्जमा रहेको छ भने, बन्दना लामा र भीम आले मगरको अभिनय रहेको छ । खोटाङ जिल्ला बाराहपोखरी गापा पिप्लेमा जन्मिएका […]
गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा
२९ जेठ, काठमाडौँ । भारतीय सेनामा कार्यरत गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा आएको छ । पन्ध्र वर्षदेखि गीत सिर्जनामा रमाउँदै आउनुभएका थापाको उक्त एल्बममा ‘यो साल पनि’, ‘कुवाको पानी’, ‘तिम्रो बिहे’, सधैँ हतार’, ‘अैले त अल्लारे’, ‘आमा’, ‘नटाढिनु है’, ‘सुख दिन नसकेनी’, ‘हैरान पार्ने’, ‘धनको गरीब भए पनि’ जस्ता १० वटा गीत समावेश […]
रिजुले जितिन् ‘मिस नेवा’ उपाधि
१४ जेठ, काठमाण्डौ । १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि रिजु मानन्धरले जितेकी छन् । आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताजसहित २० हजार रुपैया साथै विभिन्न उपहार पाइन् । नेप्लिज फेसन होमले नेवार समुदायका युवतीको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्न आयोजना गरेको प्रतियोगितामा विजेता रिजुले विधागततर्फको ‘पब्लिक च्वाइस अवार्ड’ पनि सुरक्षित गरिन् । प्रतियोगितामा […]
‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक(भिडियोसहित)
१४ जेठ, काठमाण्डौ । फिल्म ‘चि मुसी चि’को फिल्ममा समावेश ‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा आइतबार कार्यक्रम गरी सार्वजनिक गरिएको हो । गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर छ भने सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ । कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर गरिएका छन् । दुवैले […]
विश्वकप फुटबल २०१८को थिम ‘कलर्स’ सार्वजनिक (भिडियोसहित)
१ जेठ, काठमाण्डौ । फिफा विश्वकप फुटबल २०१८ का लागि कोकाकोलाले आफ्नो प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । कोकाकोला एन्थम नाम दिइएको यो गीतमा लेखन तथा गायन अमेरिकी पप स्टार जेसन डेरुलोको छ । बोटलर्स नेपालले आइतबार निकालेको विज्ञप्तिका अनुसार गायक जेसन डेरुलोले यो भिडियो आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् […]
धमलाको पहिलो गीत ‘हाँसिरहनु सधैँ तिमी’ सार्वजनिक(भिडियोसहित)
३१ वैशाख, काठमाण्डौ । विजयकान्त धमलाको पहिलो गीत ‘हाँसिरहनु सधैँ तिमी’ सार्वजनिक भएको छ । यस गीतमा नवीन कार्कीले स्वर दिएका छन् भने लीला श्रद्धाको संगीत र सुदीप सागरको संगीत रहेको छ । सन्नी रसाइलीलगायत टिमले अभिनय गरेको छ । हेर्नुहोस् भिडियो:
नेता खोक्रो भाषण गर्छ स्रिफ भोटका लागि
नेता खोक्रो भाषण गर्छ स्रिफ भोटका लागि ! गुन्डागर्दी बड्दै गाछ कालो नोटका लागि !! खुलेआम लड्दै गाछन आजकालका केटाहरु ! स्रिफ तिनै तरुणीका आँखा र ओठका लागि !!
अशोक दर्जीको ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ सार्वजनिक(भिडियोसहित)
२७ वैशाख, काठमाण्डौ । बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएको छ । बिराज नेपालको शब्द रहेको यो गीतमा सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफै देखिएका छन्।
बलिउड अभिनेत्री करिश्मा काठमाण्डौमा
२४ वैशाख, काठमाण्डौ । बलिउड अभिनेत्री करिश्मा कपुर १५ वर्षपछि नेपाल भ्रमणमा काठमाण्डौ आएकी छिन् । सोमबार विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी करिश्माले आजै मेरिगोल्ड ज्वेलर्सको दरबारमार्गमा खुलेको शाखाको रिबन काटेर उद्घाटन गरेकी छिन् । मेरिगोल्ड ज्वेलर्सकी संचालिका ज्योत्सना श्रेष्ठका अनुसार करिश्मा ज्वेलरी उद्घाटनकै लागि काठमाण्डौ आएकी हुन् । करिश्माले आफू १५ बर्ष […]
चलचित्र ‘हैरान’को ट्रेलर रिलिज
२४ वैशाख, काठमाण्डौ । फिल्म ‘हैरान’को ट्रेलर रिलिज भएको छ । जेठ ४ गतेवाट प्रदर्शनमा आउने कमेडी संबाद र दृश्यलाई बढी प्राथमिकता दिइएको यस ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई समेटिएको छ । कमेडी जनरामा निर्माण भएको फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । डेब्यु फिल्म ‘लभ यु बाबा’मार्फत नै सौगात विश्वका कान्छा निर्देशक […]
रेखा थापाको निर्देशनमा ‘मालिका’
२४ वैशाख, काठमाण्डौ । रेखा थापाको फिल्म निर्माण कम्पनी ‘रेखा फिल्मस’को ब्यानरमा निर्माण हुने फिल्म ‘मालिका’को सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै छायांकन सुरु भएको छ । बालुवाटारवाट छायांकन सुरु गरिएको यस फिल्मलाई रेखा आफैँले निर्देशन गर्दैछिन् । ‘मालिका’मा रेखा र नरबहादुर कार्कीसँगै जाजरकोटकी १४वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । रेखाको आफ्नै कथा रहेको […]
फिल्म ‘लम्फू’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)
२१ वैशाख, काठमाण्डौ । फिल्म ‘लम्फू’को नयाँ गीत सार्वजनिक भएको छ । रिलिज भएको ‘तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । युवराज सापकोटाको शब्द रहेको गीतमा प्रमोद खरेलको स्वर सुन्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ छन् । गीतमा नायक-नायिकालाई पीडामा […]
‘हिरो रिटर्न्स’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
२१ वैशाख, काठमाण्डौ । फिल्म ‘हिरो रिटर्न्स’को शीर्ष गीत सार्वजनिक भएको छ। प्रचार प्रसारलाई अघि बढाउने उद्देश्यसहित निर्माण युनिटले फिल्मको शीर्ष गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। टंककै शब्द समावेश यस गीतमा टंक र मनिशा पोखरेलको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको यस भिडियोमा सविन श्रेष्ठ […]
चलचित्र ‘नाइ नभन्नू ल ५’ मार्फत पुनःफर्किइन निरुता
१९ वैशाख, काठमाण्डौ । कुनै बेलाकी चर्चित नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा देखा पर्ने भएकी छिन् । उनी नाइ ‘नभन्नू ल ५’ मा पाँच वर्षपछि देखापर्न लागेकी हुन् । सामिप्यराज तिमल्सीना र विकास आचार्यको लेखन रहेको चलचित्रमा आचार्यको नै निर्देशन रहेको छ । चलचित्र भदौ ८ गते रिलिज हुने भएको छ । चलचित्रमा उनले […]
‘हैरान’को ‘तिम्रो हिरो’ सार्वजनिक(भिडियोसहित)
१९ वैशाख, काठमाण्डौ । जेष्ठ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हैरान’को दोश्रो गीत रिलिज गरिएको छ। आइतबार युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘तिम्रो हिरो’ बोलको गीतमा राजन इशानको स्वर तथा संगीत रहेको छ। गजित बिष्टको शब्द रहेको उक्त गीतलाई राजनले नै एरेन्ज गरेका हुन् । गम्भिर बिष्टको करियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार […]
फिल्मी उद्योगमा कसैले बलात्कार गर्दैन सबै सहमतीमा हुन्छ : नायिका राखी सावन्त
एजेन्सी, १९ वैशाख । बलिउडकी चर्चित कोरियाग्राफर सरोज खानले कास्टिङ काउचमाथि दिएको विवावदास्पद बयान सेलाउन नपाउँदै अर्की नायिका राखी सावन्तले यसमाथि आफ्नो धारणा राखेकी छिन् । राखी सावन्तले सरोज खानको बयानलाई सही ठहराउँदै फिल्मी क्षेत्रमा कसैले बलात्कार नगर्ने बताइन् । उनले भनिन्, ‘कसैले कसैको बलात्कार गर्दैन, सबैकुरा सहमतीमा नै हुन्छ ।’ एक समाचार एजेन्सीलाई दिएको […]
बिहेपछि चलचित्र खेल्दिनँ : नायिका शर्मा
१८ वैशाख, काठमाण्डौ । नायिका पूजा शर्माले सोमबार आफ्नो २६ औं जन्मदिन मनाइन् । जन्मदिन मनाउँदै गर्दा उनले, आफ्ना साथीभाई, मिडियाकर्मी र पत्रकारसँग केक काटिन् । पूजाले मिडियासँग कुरा गर्दै आफ्नो बिहे योजनाको बारेमा समेत बताउन भ्याइन् । पूजाले भनिन् ‘म के चलचित्रमा काम नै नगरौ त ? अहिले नै बिहे गरेर के गर्नु ?’ […]
‘रामकहानी’को ‘तिम्रो लागि म छु’ सार्वजनिक
१८ वैशाख, काठमाण्डौ । भदौ २२ गतेबाट प्रदशर्नमा आउने प्रतिक्षित फिल्म ‘रामकहानी’को गीत रिलिज भएको छ । सोमबार फिल्मको नायिका तथा निमात्री पूजा शर्माको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमबीच गीत रिलिज गरिएको हो । सार्वजनिक ‘तिम्रो लागि म छु’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुनकै शब्द रहेको गीतमा सुगम पोखरेल र अन्जु […]
‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
१७ वैशाख, काठमाण्डौ । फिल्म ‘काले दाइ’को पहिलो गीत सार्वजनिक भएको छ । सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकार इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ छन् । फिल्ममा इन्द्र,बिनु, रामचन्द्रसँगै […]
अन्जुको ‘धर्तीमा आएँ एक्लै’ सार्वजनिक (भिडियोसहित)
१७ वैशाख, काठमाण्डौ । गायिका अन्जु पन्तको स्वरमा ‘धर्तीमा आाएँ एक्लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त लम्सालको शब्द तथा संगीत रहेको गीतमा कलाकार बिनु शाक्य र सनम कठायत फिचर्ड छन् । विकास घले गुरूङको निर्देशनमा तयार भएको गीतमा टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंको छायाँकन रहेको छ ।
जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव
१४ वैशाख, सुर्खेत । जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको सहआयोजनामा बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला शुरु गरिएको हो । कर्णाली प्रदेशको कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ १० […]
‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक
१३ वैशाख, काठमाण्डौ । गायिका सरु गौतमको नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। ‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक भएको हो । तारा पराजुलीले लेखेको गीतमा भिम विसीले संगीत भरेका छन् । म्यूजिक एरेन्ज महाराज थापाको छ । गीतको भिडियोमा अभिनेत्री सञ्चिता लुईटेल र मोडल नयन डिसी फिचरिङ छन् । भिडियो निर्देशन पनि नयनकै छ […]
‘सञ्जु’मा रणवीर कपूरको पाँच अवतार
१३ वैशाख, काठमाण्डौ । बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’को टीजर सार्वजनिक भएको छ । टीजर सार्वजनिक हुनुभन्दा अगाडि यस फिल्मको नाम सार्वजनिक भएको थिएन । निर्देशक राजकुमार हिरानीको र अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित यस फिल्मको टीजर सार्वजनिक भएसँगै चौतर्फी चर्चा हुन थालेको छ । टीजरले दर्शकलाई फिल्म हेर्नका लागि अझै उत्सुकता […]
‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक
९ वैशाख, काठमाण्डौ । कार्टुञ्ज क्रुको नृत्य रहेको फिल्म ‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक गरिएको छ । अगामी जेठ १८ गते देखि प्रदर्शनमा आउने फिल्ममा नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड देखाईएको छ । जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज […]
बुद्ध जयन्ती नववर्ष संगीत उत्सव–२०७५ हुने
६ वैशाख, काठमाण्डौ । नेपाल हिमालयन वोन रिसर्च सेन्टरको आयोजनामा यही बैशाख १७ गते दोलखाको कालिञ्चोक गाउँपालिका १ कुरी बजारमा बुद्ध जयन्ती नव–वर्ष संगीत उत्सव २०७५ सम्पन्न हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल हिमालयन वन रिसर्चले बिहीबार पत्रकार सम्मेलन गरेर बुद्ध नेपालमै जन्मिएका हुने भन्ने अभियानलाई जिल्लामा लैजानको लागि उक्त संगीत उत्सवको आयोजना […]
गायक युगेशको ‘सधैँ याद आउँछ’ गीत सार्वजनिक (भिडियोसहित)
६ वैशाख, काठमाण्डौ । गायक युगेश लिम्बूको ‘सधैँ याद आउँछ’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक सार्वजनिक भएको छ । बुधबार गायक युगेशको आफ्नै युट्युब च्यानलवाट भिडियो सार्वजनिक गरिएको हो । युगेशकै संगीत रहेको गीतमा युगेश र सन्नीबोइ गुरुङको शब्द रहेको छ । युगेशकै निर्देशनमा तयार भएको भिडियोमा गायक लिम्बू र रेखा लिम्बू फिचरिङ छन् । […]
चङ्गाको ‘कम्पनी माला’ गीत सार्वजनिक (भिडियोसहित)
५ वैशाख, काठमाण्डौ । फिल्म ‘चङ्गा’को पहिलो गीत रिलिज भएको छ। जेठ २५ लाई प्रदर्शन मिति तय गरेको फिल्मले प्रचारको सुरुवात भन्दै फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो। सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। राजेन्द्र थापाको शब्द समावेश गीतमा राजनराज र अन्जु पन्तले स्वर दिएका छन्। कविराज गहतराजको नृत्य निर्देशनमा […]
सलमान खानलाई विदेश भ्रमण गर्ने अनुमति प्रदान
एजेन्सी, ५ वैशाख । बलिउड अभिनेता सलमान खानलाई सेसन्स कोर्टले विदेश जान अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रमका लागि खान आगामी जेठमा नेपाल आउने तयारी छ । यसअघि उनी आउने अन्तिम तयारी भएपछि विप्लव नेतृत्वको माओवादीले विरोध जनाएपछि स्थगित भएको थियो । अदालतको आदेश अनुसार अब सलमान आगामी फिल्महरुको छायांकनका लागि पनि विदेश […]
सलमान खान अभिनित ‘भारत’ को सुटिङ सुरु
एजेन्सी, ४ वैशाख । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘भारत’ को सुटिङ सुरु भएको छ । साथै उनीसँग चलचित्रको पर्दामा देखिने नायिकाको नाम पनि सार्वजनिक भएको छ । झण्डै दुई वर्ष बलिउडबाट टाडा रहेकी नायिका प्रियंका चोपडा ‘भारत’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । अमेरिकन टीभी सिरिज ‘क्वान्टिको’ का लागि न्यूयोर्कमा बरिरहेकी ३५ वर्षीया बलिउड […]
शिरीष र रिताको स्वरमा ‘चाँचर’ युट्यूबमा सार्वजनिक (भिडियोसहित)
४ वैशाख, काठमाण्डौ । लोकदोहोरी गायक शिरीष देवकोटा र रिता थापा मगरको स्वरमा सजिएको मौलिक लोकभाका ‘चाँचर’ युट्यूबमा सार्वजनिक भएको छ । रमेश बीजीको शब्द संकलन रहेको यस गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र सरिष्मा मगरको अभिनय रहेको छ । प्रायः लोपोन्मुख लोकभाकालाई प्रस्तुत गर्ने देवकोटाले यस गीतमा पनि मौलिक लय संकलन गरेका छन् […]
चलचित्र ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियोसहित)
३ वैशाख, काठमाण्डौ । वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नव नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी दिवाना भएका छन् । सार्वजनिक ट्रेलर कलरफूल बनेको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान […]
इन्दिरा जोशीको गर्लफ्रेन्ड सार्वजनिक (भिडियोसहित )
३ बैशाख, काठमाण्डौ । गायिका इन्दिरा जोशीको नै शब्द र संगीत रहेको गर्लफ्रेन्ड गीत सार्बजनिक भएको छ । अस्ट्रेलीयावाट रिलिज गरिएको जोशीको गर्लफ्रेन्ड गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन् । भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र,एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय रहेको छ । अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन […]
गायिका खरेलको ‘भेटेरै भन्नु छ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
२ बैशाख, काठमाण्डौ । गायिका दर्गा खरेलको स्वरमा रहेको ‘भेटेरै भन्नु छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अर्जुन पोखरेलको संगीत र अमृत रेग्मीको शब्द रहेको गीतमा दुर्गासँगै फिरोज बस्नेतको स्वर सुन्न सकिन्छ । निशान घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की र पवन शर्माको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको […]
राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक
२ बैशाख, काठमाण्डौ । गायक राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । राजनको आफ्नै संगीतमा तयार भएको यस गीतमा राजनसँगै बेपिका बस्नेतको स्वर रहेको छ । गीतलाई यमन सुवेदीले लेखेका हुन् । मिलन शंकर र कृपा राजभण्डारीको अभिनय रहेको रहेको […]
आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक
२ बैशाख, काठमाण्डौ । आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त निरैलाको निर्देशनमा तयार भएको भिडियोमा आकाश र पवित्रा आचार्य फिचरिङ छन् । सागर आचर्यको लगानीमा तयार भएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। हेर्नुहोस् भिडियो :
चलचित्र ‘कारखाना’ को युट्युब रिलिज (भिडियोसहित)
१ बैशाख , काठमाण्डौ । नेपाली कथानक चलचित्र ‘कारखाना’ को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७५ सालको अवसर पारेर ‘कारखाना’ को युट्युब रिलिज गरिएको हो । वर्षा शिवाकोटी र सुशील श्रेष्ठ स्टारर चलचित्रलाई अमरदीप सापकोटाले निर्देशन गरेका छन् ।
रमि श्रेष्ठको ‘किन हुन्छ’ बोलको गित सार्वजनिक (भिडियोसहित)
२९ चैत, काठमाण्डौ । गितकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको […]
‘लिलिबिली’ भोलिबाट देशैभर प्रदर्शन हुँदै (ट्रेलर भिडियोसहित)
२९ चैत, काठमाण्डौ । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ भोलि चैत ३० गतेबाट देशैभर प्रदर्शन हुँदैछ । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक मिलन चाम्सले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु […]
सञ्चारकर्मी देउजाको ‘धेरै वर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ’ बोलको गीत बजारमा (भिडियोसहित)
२० चैत, काठमाण्डौ । नयाँ वर्षको अवसर छोप्दै सञ्चारकर्मी सन्तोष देउजा ‘धेरै वर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ’ बोलको म्यूजिक भिडियोसहित बजारमा आएका छन् । देउजाको आफ्नै शब्द रचना र अभिनय रहेको म्यूजिक भिडियोलाई युवराज केसरीले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा देउजासहित केसरी र मनिषा पन्तले अभिनय गरेका छन् । रोशन कार्कीको स्वर रहेको […]
गायक अमर राईको चन्चले नानी सार्वजनिक (भिडियो)
१८ चैत, काठमाण्डौ । गायक अमर राईको स्वर रहेको ‘चञ्चले नानीले’ बोलको गीतमा सार्वजनिक भएको छ । उक्त गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ भने भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन् । भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा विल्सन शिल्पाको पछि […]
‘राम सीता’ बोलको लोकगीत सार्वजनिक (भिडियोसहित)
८ चैत, काठमाण्डौ । गायक हेमन्त खड्का र गायिका शान्ती श्री परियारको आवाजमा ‘राम सीता’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको छ । प्रेम थापाले निर्देशन गरेको भिडियोमा नबिन घर्ति मगरले सम्पादन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा कृष्ण आर्चाय र रिचा थापाको अभिनय रहेको छ ।
‘चाहना एउटै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
६ चैत, काठमाण्डौ । गायक नविन के भट्टराईको ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक भएको छ । जेशिका कंडेलको शब्द रहेको गीतमा संगीत नबिन भट्टराईकै छ । यो गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् । यस गीतको भिडियोमा प्रकृति श्रेष्ठ र निर्देशकसमेत रहेका किशोर कंडेलले अभिनय गरेका छन् भने भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् […]
श्रीकृष्ण लुइँटेल (बोकेदारी)को झापा सुरुङ्गा बोलको गीत सार्वजनिक (भिडियोसहित)
५ चैत, झापा। झापा सुरुङ्गा बोलको गीत सार्वजनिक भएको छ । समाजको कुरीतिको रूपमा रहेको दाइजो प्रथाको विरोध गर्दै झापाली गीतकार दिपेश प्रसाईंले आफ्नै शब्दमा गीत तथा म्युजिक भिडियो बनाएका छन् । उक्त गीतमा कृष्ण भण्डारीले संगीत दिएका छन् भने गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी) ले स्वर भरेका छन् । झापाको सुरुङ्गाको सेरोफेरोमा छायाँकन गरिएको उक्त गीतले […]
नेपाल आइडल बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)
४ चैत, काठमाण्डौ । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पल शाह र आँचल शमाको अभिनय रहेको छ ।
‘दबगं द टूर नेपाल’ वैशाखमा हुने
१८ फागुन, काठमाण्डाै । बलिउड अभिनेता सलमान खानको सहभागितामा काठमाण्डाैकाे टुँडिखेलमा हुने भनिएकाे ‘दबगं द टूर नेपाल’ कार्यक्रम आउँदो वैशाखको पहिलो साता हुने भएको छ । उक्त कार्यक्रम स्थगित भएको समाचार सार्वजनिक भएलगत्तै शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ओडीसीले फागुन २६ गतेका लागि तय गरिएको ‘दबगं द टूर नेपाल’ आउँदो वैशाख पहिलो साताका लागि सारिएको […]
सलमान खानको ‘द ब्यांङ’ कार्यक्रम स्थगित
१८ फागुन, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। विप्लव माओवादीको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो । मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो। सो कार्यक्रमका […]
रामप्यारीमा हेर्नुस् रेखाको नयाँ लुक्स्
चैत्र १९, २०७२- नायिका रेखा थापाले निर्माण गरेकी चलचित्र ‘रामप्यारी’ आउँदो चैत २६ गतेदेखि दशैभरिका हलहरुमा लाग्ने भएको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखाको साथमा सविन श्रेष्ठ, आश्मा डीसी र नव-कलाकार आभाष अधिकारीको मुख्य भूमिका छ । रामप्यारी प्रदर्शनअघि कान्तिपुरका फोटो पत्रकार महेश प्रधानले रेखाको फोटो सुट गरेका छन् । हेर्नुस् ९ […]