६ बैशाख २०८१, बिहिबार

बजेटमा अनुदान दिने भनेपछि उखु किसान खुशी


उखु खेती

हेटौँडा, १५ जेठ । नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन रु ९५ करोड बजेट विनियोजना गरेकामा उखु किसानले खुशी व्यक्ति गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आज २०७७/७८ का लागि प्रस्तुत गर्नुभएको बजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका छन् ।

बाराका उखु किसान रामबालक यादवले नगदे बालिका रुपमा उखु विकासका लागि सरकारले ध्यान दिएकामा खुशी व्यक्त गर्दै कार्यान्यनमा जोड दिन आग्रह गर्नुभयो । त्यस्तै सर्लाहीका किसान एवं प्राध्यापक विद्यानाथ झाले बेरोजगारी समस्या समाधान गर्न त्यसमा चिनीको समस्या समाधान गर्न उखुको खेती विकास आवश्यक रहेको बताउनुभयो । उहाँले उखु मिलको क्षमता विस्तार तथा प्राविधिक युक्त खेती आवश्यक रहेको बताउनुभयो ।

हेटौँडाका प्राध्यापक एवं समाजसेवी दामोदर गैरेले कृषि तथा उद्योगका विकासमा सरकारले आज दिएको वक्तव्य समग्रमा व्यवहारिक रहेकाले त्यसको कार्यान्वयन गनुपर्नेमा जोड दिनुभयो । नेपालमा ८१ हजार हेक्टर जमीनमा उखु खेती हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !