, यस्तो छ आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्ण पाठसहित)

यस्तो छ आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्ण पाठ)

यस्तो छ आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्ण पाठसहित)

काठमाडौँ, जेठ १ । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । आज बिहिबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका छन् । बिहीबार ४ बजे बसेको संयुक्त बैठकमा मन्त्री खतिवडाले २ घण्टा लगाएर बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा परेको छ । कोरोना भाइरस (कोभिड-१९) को प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गत वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो ।

आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ ।

साथै खर्चको स्रोत व्यवस्थापन तर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

हेर्नुहोस् आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्णपाठ)