८ बैशाख २०८१, शनिबार

राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ प्रशोचन गर्दै


असोज २१, काठमाडौँ । बैंक तथा बित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन (उठाउने) गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा बढी भएको रकम बोलकबोलबाट उठाउन लागेको हो ।

३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाइएको उक्त रकमको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । निक्षेपको साँवा ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो । बजारमा अहिले कसिरब एक खर्ब रुपैयाँ अधिक तरलता छ । बैंक तथा बित्तीय संस्थामा अधिक तरलता देखिए पनि अधिक ब्याजदरका कारण निजी क्षेत्रले कर्जा लिन मानिरहेको छैन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !