७ बैशाख २०८१, शुक्रबार

सनराइज बैंकद्वारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग सामग्री वितरण


असोज २, काठमाडौँ । सनराइज बैंकले आफ्नो दशौ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४० जना बालबालिकाहरुलाई सहयोग सामग्रीहरु वितरण गरेको छ ।

बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।

यस वर्ष पनि बैंकले विविध सामाग्रीहरुलगायत खाद्य सामाग्री, जाडो महिनाका लागि ५३ थान सिरक वितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका सन्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलगायतका सन्चालकहरुले वितरण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !