७ बैशाख २०८१, शुक्रबार

नयाँ गभर्नर सिफारिस गर्न ३ सदस्यीय समिति गठन


नेपाल राष्ट्र बैंक

१७ चैत, काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर सिफारिस गर्न ३ सदस्यीय समिति गठन गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समिति सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । उक्त समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ र तीमध्ये १ जनालाई मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्त गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !