८ बैशाख २०८१, शनिबार

सरकारको निर्णय : विद्युत महसुलमा २५ प्रतिशत छुट दिने


NEA

चैत १६, काठमाडौँ । नेपाल सरकारले विद्युत महसुल २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको सिफारिसमा यस्तो निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले यो निर्णय गरेको छ । मन्त्रिपरिषद्ले लकडाउनको कारण उद्योग तथा कलकारखाना बन्द हुँदा विद्युत् उपभोग र विद्युत् खपत् घटेको अवस्थामा बढी बिद्युत खपत गर्ने उद्योग तथा प्रतिष्ठानलाई तिनीहरुको प्रकृति हेरेर ३० देखि ५० प्रतिशतसम्म विद्युत् महसुल छुट दिेने अधकिार प्राधिकरणलाई दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !