१२ बैशाख २०८१, बुधबार

अब आधा सिलिन्डर भरेको ग्यास मात्र पाइने


gas cylinder

१३ चैत, काठमाडौं । आम उपभोक्ताहरुले अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाउने भएका छन् । नेपाल आयल निगमले बुधबार राति नै सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । हाल १ सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ भने आधा मात्र भरेको सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।

निगमका अनुसार माग अनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । २०७२ मा भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च छ ।

तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोक्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ । सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारको तर्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !