११ बैशाख २०८१, मंगलबार

विद्युत महसुल घटाइने, इन्डक्सन चुह्लो सस्तो बनाइने


कोरोना समिति

१२ चैत, काठमाडौं । नेपाल सरकारले विद्युत महसुल घटाउने निर्णय लिएको छ । बुधबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय लिएको हो । कति घटाउने भन्ने सवालमा यथाशीघ्र ३ मन्त्रालयको समन्वयमा निर्णय लिइने जनाइएको छ ।

`इन्डक्सन चुह्लो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयले समन्वय गरी विद्युत महसुल र भन्सार महसुल छुट दिने व्यवस्था मिलाउने´ समितिको निर्णयमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !