७ बैशाख २०८१, शुक्रबार

सुनको मूल्यमा आज सामान्य गिरावट


सुन

काठमाडौँ, ८ माघ । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !