१३ बैशाख २०८१, बिहिबार

हटेन वित्तीय असन्तुलत


Nepal rastra Bank

१० कात्तिक, काठमाडौं । बैंकिङ क्षेत्रमा वित्तीय असन्तुलन कायमै रहेको राष्ट्र बैंककै एक प्रतिवेदनले औंल्याएको छ । कर्जाको माग बढीरहे पनि सोही अनुपातमा निक्षेप बढ्न नसक्दा वित्तीय असन्तुलन कायम रहेको प्रतिवेदनको निष्कर्ष छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

वित्तीय असन्तुलनको सामान्य अर्थ निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुनु हो । खासगरी पछिल्ला तीन वर्ष यता बैंक तथा वित्तीय संस्थामा वित्तीय असन्तुलन देखिँदै आएको छ । गत भदौसम्म बैंक ताथ वित्तीय संस्थाको निक्षेप ०.४ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ,‘ सोही अवधिमा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !