१२ बैशाख २०८१, बुधबार

दसैंको अग्रिम टिकट बुकिङ आजदेखि शुरु


५ असोज, काठमाडौं । दसैँ, तिहारको टिकट बुकिङ आजदेखि खुलेको छ । राजधानीबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको हो ।

गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।

महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दसैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !