११ बैशाख २०८१, मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार


९ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नँया दाचुला शाखा महाकाली नगरपालिका वडा न. ४, खलंगामा विस्तार भएको छ ।

उक्त शाखाको उद्घाटन महाकाली नगरपालिका नगर प्रमुख श्री हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष श्री मंगल सिंह ठगुनाले गरेका हुन् ।

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट श्री भाष्कर सिह लालाज्यूको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखज्यूहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।

हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !