७ बैशाख २०८१, शुक्रबार

महायज्ञबाट डेढ करोड सङकलन


तीन करोड

२८ माघ, घोराही । विद्यालय सुधारका लागि गत माघ ३ देखि ११ गतेसम्म घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले सबै खर्च कटाइ रु डेढ करोड बचत भएको छ ।

महायज्ञ मूल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । विद्यालयको भौतिक सुधार र प्राविधिक कक्षा सञ्चालनका लागि बराह क्षेत्र माध्यामिक विद्यालयले आयोजना गरेको महायज्ञमा रु एक करोड ५० लाख बचत भएको समितिका निर्देशक अर्जुन बुढाथोकीले जानकारी दिनुभयो ।

आयोजकले सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने भन्दै श्रीमद्भागवत धनधान्याचल विराट ज्ञान महायज्ञ सञ्चालन गरेको थियो । जसमा विभिन्न व्यक्तिको दान, चौरासी पूजा, रुद्रीपूजा, लाखबत्ती, दैनिक पूजा, आरती, कलश बिक्री, तुलादान, भूमिदानलगायतबाट रु एक करोड ९१ लाख २७ हजार ६ ५३ सङ्कलन भएको हो ।

त्यस्तै कलाकार, ब्राम्हण, बाचक, सूचना, खानालगायतमा रु ४० लाख ७२ हजार खर्च भएको आयोजकले जनाएको छ । महायज्ञकी संयोजक विमला योगीले सामुदायिक विद्यालयको भौतिक सुधार र प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरेको महायज्ञ सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्नुभयो । साथै उहाँले आफूहरुले अब छिट्टै विद्यालय सुधारको काम थाल्ने जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !