१२ बैशाख २०८१, बुधबार

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि


Bank

२० माघ, बैतडी । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो । ग्रामीण क्षेत्रमा विभिन्न बैंकका शाखा स्थापनासँगै स्थानीय तहबाटै बैंकिङ कारोबार गर्न सजिलो भएको छ ।

सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भन्नुभयो,“बैंक स्थापना भएसँगै बैंकिङ कारोवार गर्न सजिलो हुनुका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।” गाउँपालिकाभरिको ८० प्रतिशत काम बैंकबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका विद्यालय तथा अन्य सङ्घसंस्थालाई पनि स्थानीय बैंकबाट गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाको भनाइ छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पु¥याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो ।

बैतडीका अधिकांश स्थानीय तहमा बैंकको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ ।
स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ ।

जिल्लाको सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक र मेलौलीमा एनसिसी बैंकका शाखा स्थापना भइसकेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंकलगायत अन्य बैंकका शाखा रहेका छन् भने पाटन नगरपालिकाका कृषि विकास बैंकलगायतका शाखा छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !