८ बैशाख २०८१, शनिबार

एनआईसी बैंकको नयाँ शाखा पोखरा र झापामा


nic

१४ माघ, काठमाडौं । एनआईसी एशिया बैंकले पोखरा स्थित बगर र झापाको दमकमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

पोखरा महानगरपालिका बगर शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बैंकले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको बताए । उनले बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको बताए ।

त्यसैगरी, दमक नगरपालिका दमक चोक शाखाको उद्घाटन गर्दै नगरपालिकाका मेयर रोम नाथ ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।
यी सँगै बैंकको शाखा संख्या २ सय ७५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !