७ बैशाख २०८१, शुक्रबार

बलम्बु च्याउको मुनाफा ६१ लाख


chyau

२८ पुस, काठमाण्डौ । बलम्बु च्याउ सहकारी संस्था लिमिटेडले गत आवमा कूल रु ६१ लाख २२ हजार ५९६ खुद नाफा आर्जन गरेको छ ।

आव २०७४÷०७५ मा रु दुई करोड एक लाख ६१ हजार ७४० निक्षेप सङ्कलन र रु तीन करोड ३० लाख ८२ हजार ९०१ कर्जा प्रवाह गरेको आज सम्पन्न १० औँ साधारणसभामा सहकारीका कोषाध्यक्ष बुद्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारीले गतवर्षको तुलनामा शेयर पूँजी १८.२६ प्रतिशतले वृद्धि गरी रु दुई करोड ३३ लाख ४१ हजार ३०० पु¥याएको छ । च्याउ खेतीको विकास र प्रवद्र्धनमा कृषकलाई सहयोग पु¥याउँदै आएको उक्त सहकारीले आगामी दिनमा च्याउ आयातमा न्यूनीकरण गर्न नेपालमै च्याउ उत्पादन वृद्धि गर्न नयाँ प्रविधि भित्र्याउने, किसानलाई आधुनिक प्रविधिसम्बन्धी तालीम दिने, च्याउको बजार व्यवस्थापन र च्याउ भण्डारणका तथा ‘पोस्ट हार्भेष्ट’ सम्बन्धी कामलाई निरन्तरता दिइने अध्यक्ष धर्मेन्द्र महर्जनले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !