८ बैशाख २०८१, शनिबार

एनआईसी बैंकको नयाँ शाखा सुनसरीमा


bank nic

९ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले सुनसरीस्थित इटहरी उप-महानगरपालिका-५ पचरुखीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार उद्घाटन गरे ।

यससँगै मुलुकभर बैंकको शाखा संख्या २ सय ७० पुगेको छ । यस्तै २८७ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !