७ बैशाख २०८१, शुक्रबार

अक्षयकोषलाई पाँच लाख सहयोग


moneyy

९ पुस, विराटनगर । समाजसेवी रेखबहादुर भट्टराई र गङ्गादेवी भट्टराईले रु पाँच लाखको चेक विराटनगर महानगरपालिका–३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिलाई आज हस्तान्तरण गर्नुभएको छ ।

सो रकम अक्षयकोषमा राखी आर्जित ब्याजबाट विभिन्न विधाका बहुआयामिक प्रतिभालाई सम्मान गरिने उद्देश्य छ । समितिका संस्थापक अध्यक्ष भट्टराईले समितिका लागि जग्गा खरीद, भवन निर्माण र अन्य कार्यहरु गरिसक्नुभएको र अहिले समितिको अक्षयकोषमा सो रकम जम्मापछि संस्थाले अझ रचनात्मक काम गर्ने समितिका अध्यक्ष मीना जोशीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !