८ बैशाख २०८१, शनिबार

क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग


DofUbLsf] /3’u+uf ufpFkflnsf– ^ kfvfkfgLsf :yfgLoaf;L wgdfg k’hf{sf] 3fF6Lsf] SofG;/af6 d[To’ ePkl5 pgsf >LdtL bfnz’ef k’hf{nfO{ j]nfotdf ;+sng ePsf] # nfv $! Xhf/ ?k}ofF x:tfGt/0f ub}{ o’s]–kfvfkfgL ;dfhsf ;b:o lhtjxfb’/ z]/k’~hf /

७ पुस, गलेश्वर । घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ ।

घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट रु दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो ।

सो रकम शुक्रबार युके–पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले स्व पुर्जाकी श्रीमती दालशुभा पुर्जालाई हस्तान्तरण गर्नुभएको हो ।

स्व पुर्जाका श्रीमती, तीन छोरा र एक छोरी छन् । बाह्र वर्षका जेठा छोरा अपाङ्ग छन् भने अरु सानै छन् । उनीहरुको शिक्षाका लागि आर्थिक अभाव नहोस् भनेर सहयोग गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थीद्वारा आगलागी पीडितलाई सहयोग

म्याग्दीको विमस्थित किसानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आगलागी पीडितलाई रु १२ हजार बराबरको राहत सामग्री प्रदान गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामस्थित आगलागीपीडित कूलबहादुर भण्डारीलाई स्थानीय किसानी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सङ्कलन गरेका रकमबाट राहत उपलब्ध गराइएको हो । सहयोगी संस्था युरेसका पदाधिकारी र शिक्षक पीडित भण्डारीको घरमै पुगेर वडा सदस्य कर्णबहादुर रोकाको उपस्थितिमा राहत सामग्री प्रदान गरिएको शिक्षक लक्ष्मीकान्त जैसीले जानकारी दिनुभयो ।

विद्यार्थी र शिक्षकहरुले आफूले खाने एक दिनको खाजा खर्च कटाउनाका साथै आ–आफ्ना अभिभावकबाट थप रकमसमेत सङ्कलन गरी सहयोग गरिएको बताइएको छ । दिच्यामका भण्डारीको बुधबार बिहान अचानक घरमा आगलागी भएको थियो । आगलागीबाट दुईतले घर र घरभित्र रहेका अन्नपात तथा खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको थियो । अहिले पीडित भण्डारीको परिवार छिमेकीको घरमा बसेका छन् ।

विपद्विरुद्ध अखण्ड हरिकीर्तन र पूजापाठ

प्राकृतिक विपत्तिबाट मुक्ति र शान्ति, समृद्धिको कामना गर्दै म्याग्दीको बेनी नगरपालिका–५ गाजनेस्थित जगन्नाथ मन्दिरमा अखण्ड हरिकीर्तन र पूजापाठ गरिएको छ ।

विसं २०१८ देखि नियमित रूपमा धान्य पूर्णिमामा आयोजना गर्दै आएको अखण्ड हरिकीर्तन र पूजापाठ यस वर्ष पनि पुस ६ गते धान्य पूर्णिमाको अघिल्लो दिनदेखि आयोजना गरिएको हो । देशमा कुनै पनि प्रकारको प्राकृतिक विपद् नहोस्, सबै नेपाली सुखी र समृद्ध होउन् भन्ने कामना गर्दै उक्त मन्दिरमा अखण्ड हरिकीर्तनका साथै सामूहिक रुद्री पाठ , विष्णुसहस्रनाम र ग्रह पूजा गरिएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो ।
कीर्तन र पूजापाठका लागि गाजनेलगायत वरपरका गाउँका मानिसको बाक्लो उपस्थिति रहेको छ । उक्त मन्दिर रहेको गाजने गाउँमा मासु, मदिरा र खसी, कुखुरापालन निषेध गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !