१३ बैशाख २०८१, बिहिबार

शेयर बजार : छ अङ्कले घट्यो


dhitoboard

१० मङ्सिर, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक छ दशमलव ३५ विन्दुले घटेर एक हजार १६० दशमलव २८ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलव तीन विन्दुले घटेर २४६ दशमलव ७२ विन्दुमा झरेको छ । घटेको बजारमा आज कारोवार रकममा भने सामान्य सुधार भएको छ । कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ । यस्तै बैंकिङ चार दशमलव ८३, होटल १३ दशमलव ३०, विकास बैंक पाँच दशमलव ७६, जलविद्युत् पाँच दशमलव ४२, निर्जीवन बीमा ८९ दशमलव तीन, उत्पादन तीन दशमलव ७६, माइक्रोफाइनान्स १५ दशमलव १६ र जीवन बीमा ६७ दशमलव ०५ विन्दुले घटेको छ ।

घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, प्रोगे्रसिभ फाइनान्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !