८ बैशाख २०८१, शनिबार

लगानीकर्ताहरु हतोत्साहित हुने अवस्था छैन् : धितोपत्र बोर्ड


securities board of nepal

धितोपत्र बोर्डले लगानीकर्तालाई हतोत्साहित हुने अवस्था नरहेको स्पष्ट्र पारेको छ । सोमबार शेयर बजार पाँच प्रतिशतले झरेर कारोबार समय भन्दा डेढ घण्टा अगावै बजार बन्द भए लगत्तै बोर्डले लगनाीकर्तालाइ हतोत्साहित नहुन भनेको छ । धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै संगठित संस्थाहरुको वित्तिय अवस्था ती संस्थाहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरी हतोत्साहित नभई तथा हल्लाको पछि नलागी सुझवुझ तवरले लगानी गर्न समेत आग्रह गरेको छ ।

सोमबार नेप्से एकैदिन ८८ अंक भन्दा धेरैले घटेर १६७५ मा बन्द भएको थियो । पाँच प्रतिशतले बजार झरेपछि नियमित काराबोर बन्द हुनु डेढ घण्टा अगाडि सोमबार बजार बन्द भएको थियो । त्यसपश्चात धितोपत्रबोर्डले विज्ञप्ति जारी गर्दे बोर्डले बजार सुधारको काम गरिरहेका अवस्थामा हल्लाको पछि नलागि संचेत भएर लगानी गर्न समेत आग्रह गरेको छ । साथै बोर्डले बोर्ड र यस्का पदाधिकारीहरु प्रतिलक्षित गरी बोर्डले लगानीकर्ताहरुलाई हतोत्साहित वनाई वजार घटाउन लागि परेको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको समेत जनाएको छ ।

बिज्ञप्ती हेर्नुहोस्

‘हालको दिनहरुमा विभिन्न सञ्चारमाध्यमहरुमा नेपालधितोपत्रबोर्ड र यस्का पदाधिकारीहरु प्रतिलक्षित गरी बोर्डले लगानीकर्ताहरुलाई हतोत्साहितवनाई वजार घटाउन लागि परेको भन्ने समाचार प्रतिबोर्डको ध्यानाकर्षण भएको छ ।

लगानीकर्ताको हकहित संरक्षण गर्ने, वजार विकासको लागि आवश्यक कार्य गर्ने जस्ता उद्देश्यले पुँजीवजारको नियमन निकायको रुपमा स्थापित बोर्डले धितोपत्र वजारलाई, वजारको सिद्धान्त अनुरुपनै चल्नदिनु पर्छ भन्ने मान्यता राखी आफ्नो कार्य अगाडि वढाउदै आईरहेको छ । यसै क्रममा वोर्डले वजार सुधारको कार्यक्रम अन्र्तगत पूर्ण अभौतिकिकरण गरी पूर्ण स्वचालित, वजारको गहिराई हेर्न सक्ने, धितोपत्र दलाल व्यवसायीको शुल्कको पुनरावलोकन, हकप्रद तथा वोनश सेयर सिधै आफ्नो डिम्याट खातामा जम्माहुने जस्ता व्यवस्थाहरु गरी लगानीकर्ताहरुलाई कारोवार गर्न सहजीकरण गर्दै आइरहेको व्यहोरा बोर्ड सवैलाई स्मरण गराउन चाहन्छ ।

धितोपत्र वजारको नियमन निकायको रुपमा लगानीकर्ताहरुलाई वजारको विविध पक्षहरु वारे समय समयमा सुसुचितगर्नु वोर्डको प्रमुख दायित्वको रुपमा रहेकोले बोर्डले लगानीकर्ताहरुलाई वजारको विविधपक्षहरु वारे प्रेस विज्ञप्ती, वोर्डको वेभसाइट तथा विभिन्न सञ्चार माध्यममाफ्र्mत जानकारी गराउँदै आईरहेको छ । यस्मा धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्वन्धित क्षेत्र, उद्याोग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्रवजारको अवस्था तथा वजार सुधारका काम कारवाहीहरुको अध्ययन गरेर मात्र सुझवुझ तवरले लगानी सम्वन्धी निर्णय लिन अनुरोध गर्दै आइरहेको व्यहोरा सर्वविदितै छ ।

हालका दिनहरुमा सुचिकृत संगठित संस्थाहरुले आफ्नो पछिल्लो वित्तीयविवरण प्रकाशनगर्न शुरु गरेका र वाहिर आएका विवरण अनुसार संस्थाहरुको मुनाफ्mाको स्थिति सकरात्मक रहेको देखिएको परिप्रेक्ष्यमावोर्ड लगानीकर्ताहरुलाई संगठित संस्थाहरुको वित्तिय अवस्था तथा ती संस्थाहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरी हतोत्साहित नभई तथा हल्लाको पछि नलागी सुझवुझ तवरले लगानी सम्वन्धी निर्णय लिन अनुरोध गर्दछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !