११ बैशाख २०८१, मंगलबार

भर्ने होइन आइपिओमा आवेदन ? आरम्भ माइक्रोको आइपिओ खुल्यो !!


IPO

१६ फागुन, काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था (AMFBSL) ) को फागुन १५ गतेदेखि आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
उक्त आइपिओमा यही फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । तर १० कित्ता सेयर नै गोलाप्रथाबाट वितरण हुने भएकाले ५० कित्ताभन्दा बढी आवेदन गर्नुपर्ने औचित्य देखिन्न ।
लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ४९ प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो ।

आइपिओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !